Monday 31 May 2010

माओवादी)को स्थायी समितिको प्रेस-वक्तव्य

प्रेस-वक्तव्य
हाम्रो पार्टी एकीकृत नेकपा(माओवादी)को स्थायी समितिको आज मिति २०६७ जेष्ठ १७ गते बिहान बसेको वैठकले गरेका निम्न निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ :-
१. तीन राजनीतिक दलबीच जेष्ठ १४ गते सहमतीय प्रणाली, संविधानसभाको म्याद थप र प्रधानमन्त्रीको राजिनामाबारे भएको सहमति महत्त्वपूर्ण घडीमा गरिएको महत्त्वपूर्ण निर्णय भएको निष्कर्ष वैठकले निकालेको छ ।

२. उपर्युक्त सहमतिमा प्रधानमन्त्रीले पाँच दिनभित्र राजिनामा दिएर सहमतिको वातावरण सुनिश्चित गर्ने र बाँकी विषयहरू छलफल गर्दै समाधान गर्ने भन्ने आन्तरिक सहमति भएको थियो । तर, तीनबुँदे सहमतिको मसी सुक्न नपाउँदै नेपाली कांग्रेस, एमालेलगायतका सत्तारूढ दलले उक्त सहमति तोडेको सन्देश दिने खालका आपत्तिजनक सार्वजनिक अभिव्यक्ति दिएकोले हाम्रो पार्टी गम्भीर र चिन्तित भएको छ । सहमतिको वातावरणमा खलल पार्ने खालका आपत्तिजनक वक्तव्यबाजी गरेर असहमति र अविश्वास पैदा नगर्न साथै सहमतिप्रति इमानदार बन्न प्रधानमन्त्रीसमेत सम्बन्धित दलहरूलाई अनुरोध गर्ने निर्णय पनि वैठकले गरेको छ ।
१७ जेष्ठ, २०६७
दीनानाथ शर्मा
प्रवक्ता

चरेश सहित भारतीय प्रहरी पक्राउ

कपिलवस्तु, जेष्ठ १७ - दुई भारतीय प्रहरीलाई लागु औषध चरेश सहित कपिलबस्तुको कृष्णनगरमा नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगरबाट आधा किलो चरेश लिएर भारत तर्फ जादैं गरेका बेला बस पार्क नजिकैबाट भारतीय प्रहरी ईन्द्रमान राय र उमेश गुप्तालाई पक्राउ गरिएको हो । उनीहरु सीमा क्षेत्रको भारत सिद्धार्थनगर जिल्लाको बढनी प्रहरी चौकीका कंस्टेबल हुन् । उनीहरु युपी ५५ एफ ६३२८ नंबरको मोटरसाईकलमा जादै गर्दा पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । दुबै भारतीय प्रहरीलाई ईलाका प्रहरी कार्यालय, कृष्णनगरमा हिरासतमा राखिएको छ ।

भारतीय प्रहरी पक्राउ परे पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता बढाएको छ । त्यसै गरी अहिले ईलाका प्रहरी कार्यालय कृष्णनगरमा थप सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षक चन्द खत्रीको कमाण्डमा सशस्त्रको टोली पनि पुगेको छ ।

Sunday 30 May 2010

माकुनेले अझै नछोड्ने रे


प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलले गर्ने निर्णय आफूलाई मान्य हुने भन्दै माओवादीले भनेजस्तो पाँच दिनभित्र राजीनामा दिने सहमति भएको बारे आफूलाई जानकारी नभएको बताएका छन् ।

आइतबार विहान सरकारलाई समर्थन गर्दै आएका १० दलसँगको छलफलमा उनले त्यस्तो बताएको नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिए ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता मैनालीले भने, 'तीन दलीय सहमतिमा गरिने कुनै पनि निर्णय मलाइ मान्य हुन्छ । तर माओवादीले भनेजस्तो पाँच दिनभित्र राजीनामा दिने सहमति भएको बारे मलाइ थाहा छैन । माओवादीले त्यसको अपब्याख्या गर्‍यो ।'

दश दलले पनि प्याकेजमा सहमति बनेपछि मात्र राष्ट्रिय सरकार निर्माणको लागि बाटो खोल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ति दलले शान्ति प्रकृया र संविधान निर्माणको स्पष्ट कार्ययोजना सहित राष्ट्रिय सहमति बनेपछि मात्र राजीनामा दिन सुझाव दिएका थिए ।

बैठकमा साना दलका नेताहरुले माओवादी लडाकुको समायोजन, व्यवस्थापन, कब्जा सम्पत्ती फिर्ता लगायत माओवादी प्रतिबद्धताको ब्यवहारीक कार्यान्वयन भएपछि मात्र सरकारबारे निर्णय लिन कांग्रेस र एमालेका नेताहरुलाई आग्रह गरेका थिए ।

Saturday 29 May 2010

माओवादीद्वारा १२ प्रदेशसहितको नयाँ संविधानको मस्यौदा सार्वजनिक


काठमाडौ, जेष्ठ १५ - माओवादीले १२ प्रदेशको संघीय राज्य संरचनासहित नयाँ संविधानको मस्यौदा सार्वजनिक गरेको छ । अन्तरिम संविधानले तोके अनुसार शुक्रबार नयाँ संविधान जारी हुन नसकेपछि आफ्नो मस्यौदा सार्वजनिक गरेको हो ।

माओवादीको मस्यौदा संविधानको नाम 'जनताको संघीय गणतन्त्र नेपालको संविधान, २०६७' राखिएको छ । यसअघि माओवादीले अहिले सार्वजनिक गरेको संघीय राज्य संरचना विगतमा संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पारित गरेको भन्द दुई प्रदेश कम छ ।

समितिले पारित गरेको संरचनामा १४ प्रदेश छभने माओवादी सार्वजनिक गरेकोमा १२ प्रदेश रहेका छन् । माओवादी प्रस्तावमा मस्यौदामा सुनकोशी र नारायणी छैनन् । यद्यपी माओवादीले जाति, भाषा र क्षेत्रकै आधारमा प्रदेशहरु निर्माण गरेको छ । माओवादी प्रस्तावमा लिम्बुवान, किरात, शेर्पा, मिथिला-भोजपुर-कोच-मधेस, ताम्सालिङ, नेवा, तमुवान, मगरात, कणर्ाली, लुम्बिनी-अवध-थारुवान, जडान र खप्तड प्रदशेहरु रहेका छन् ।

जाति वा भाषाको आधारमा बिभाजन गरिएको प्रदेशहरुको त्यस प्रदेशमा बाहुल्यता रहेका जाति र भाषिक समुहलाई दुई कार्यकालका लागि प्रादेशिक सरकारको प्रमुखमा अग्राधिकार रहने उल्लेख छ । यही व्यवस्था स्थानीय तह र बिशेष व्यवस्थामा पनि लागु हुनेछ ।

माओवादीले संघ, प्रदेश र स्थानीय तह गरी तीन प्रकारको संरचना तयार पारेका छन् । प्रदशेभित्र स्वायत्त क्षेत्र, बिशेष क्षेत्र र संरक्षित क्षेत्रहरुको व्यवस्था पनि गरेको छ । स्वायत्त, बिशेष र संरक्षित क्षेत्र आदिवासी जनजाति तथा अन्य अल्पसंख्यकहरुको सघन बसोबासको क्षेत्रको बिशेष व्यवस्था हो ।

माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनको व्यवस्था गरेको छ । राष्ट्रपतिले नै मन्त्रिपरिषद्को गठन गर्ने कार्यपालिकामा प्रधानमन्त्रीको व्यवस्था छैन । तर, राष्ट्रपतिलाई कायम रहेको १० प्रतिशत मतदाताहरुले प्रत्याह्वानका लागि प्रकृया सुरु गर्न सकिने व्यवस्था गरेको छ ।

अभिब्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रुपमा राखिएको छ, त्यसैगरी संघ संस्था खोल्ने र राजनीतिक दलहरुको खाल्ने अधिकार पनि मौलिक हक भित्रै छन् । तर, त्यस्ता संघ संगठन र दलहरुलाई सामन्तवाद साम्राज्यवादको पक्षपोषण गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानुन बनाउन सकिने व्यवस्थासमेत गरेको छ । यो व्यवस्थाको काँग्रेस र एमालेको विरोध गर्दै आएका छन् ।

माओवादीको मस्यौदा संविधानमा सम्पतिको अधिकार रहेको र त्यसमा प्रगतिशील कर लगाउने पाउने व्यवस्थान गरेको छ । तर, क्रान्तिकारी भूमिसुधारको प्रयोजनको लागि भूमिहीन किसान तथा सुकुम्बासीहरूलाई वितरण गर्न जमीन अधिग्रहण गर्दा क्षतिपूर्ति दिन राज्य वाध्य नहुने उल्लेख गरिएको छ ।

त्यसैगरी सामाजिक रूपले पछाडि पारिएका महिला, दलित, मधेशी, आदिवासी, जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत, मुस्लिम, लैङ्गकि तथा यौनिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति, युवा, पछाडि पारिएका वर्ग, किसान र मजदूर वर्ग तथा उत्पीडित क्षेत्रलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हकलाई पनि मौलिक हकको रुपमा उल्लेख गरिएको छ ।

त्यसैगरी आदिबासी, जनजातिलाई आफ्नो पहिचानसहित भाषा तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकास गर्ने तथा सशक्तिकरण र विकासको लागि प्राथमिकताका साथ विशेष अवसर तथा लाभ प्राप्त गर्ने हक हुने उल्लेख छ । आदिवासी, जनजाति समुदायलाई आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित स्वशासन र स्वायत्तताको अधिकार तथा स्वतन्त्र, पूर्ण र सुसूचित सहमतिको हकलाई मौलिक हकको रुपमा उल्लेख गरिएको छ ।

त्यस्तै विशेषाधिकार तथा अग्राधिकारहरूको प्रभावकारी कार्यान्वयनका निमित्त मानव विकास सूचकांकको आधारमा प्रत्येक पाँच वर्षमा आवश्यक समीक्षा तथा पुनरावलोकन गरी सोही अनुसार थप कार्ययोजना तर्जुमा गरिने उल्लेख छ ।

आदिवासी-जनजाती र मधेसीलगायतका उत्पीडित जाति र क्षेत्रहरुलाई उत्पीडनका विरुद्ध कदम चाल्न राजनीतिक आत्मनिर्णयको अधिकार हुनेछ । यस अतिरिक्त संस्कृति, धर्म, भाषा, शिक्षा, सूचना, संचार, स्वास्थ्य, बसोबास, रोजगार, सामाजिक सुरक्षा, आर्थिक क्रियाकलाप, वाणिज्य, भूमि, स्रोतसाधनको परिचालन तथा वातावरण सम्बन्धी अधिकारका रूपमा आत्मनिर्णयको अधिकार रहने उल्लेख गरिएको छ । तर, आत्मनिर्णयको अधिकारको प्रयोग गर्दा देशको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डतामा खलल नपर्ने गरी गरिने उल्लेख छ ।

माओवादीको प्रस्तावमा एक सदनात्मक व्यवस्थापिका संसदको व्यवस्था गरिएको छ र त्यसमा पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीलाई अंगिकार गरिएको छ । उक्त व्यवस्थापिकाको नाम संघीय जनप्रतिनिधिसभा राखिएको छभने कूल संख्या २ सय ४५ रहने छन् ।

माओवादीले संघीय सर्वोच्च अदालत, प्रादेशिक उच्च अदालत र स्थानीय अदालत गरी तीन तहको अदालतको व्यवस्था गरेको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिस र न्यायधिसहरुको नियुक्ती, बर्खास्तगी र कारवाहीको लागि संघीय व्यवस्थापिका विशेष न्यायिक समिति गठन गरिने उल्लेख छ । यसलाई पनि शक्ति पृथकीकरणको सिद्धान्तबिरोधी भएको भन्दै अलोचना भइरहेको छ । साथै यसले न्यायलयको स्वतन्त्रतामाथि हस्तक्षेप हुने आरोप लगाउदै आएको छ ।

माओवादी संविधानले लोकसेवा आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग, महिला आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, माुस्लिम आयोग, आपंगता भएका व्यक्तिहरुको अधिकार संरक्षण आयोगको व्यवस्था गरेको छ ।

संविधानमा अन्यत्र व्यवस्था भएकोमा वाहेक राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक रहेको संघीय जनप्रतिनिधिसभाले तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको दुइ तिहाइ सदस्यको वहुमतबाट निर्णय गरेमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिने व्यवस्था गरिएकेा छ ।

मारौँ जुत्ता


जेठ १५ गतेको दिन नेपालको लागि ऐतिहासिक हो, एक्काइसौं शताव्दीको पछिल्लो गणतन्त्र मात्र होइन, जुत्तातन्त्रको पनि आजको दिन नेपालबाटै उदय भएको थियो, आफ्ना पतिको हत्यारा यहि छ भन्दै नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद कमला शर्माले पहिलो बैठककै दिन कांग्रेस नेता पूर्णवहादुर खड्कामाथि यसरी जुत्ता प्रहार गरेकी थिइन्, पछि उनको सिको गर्दै इराकका पत्रकारले जर्ज बुसमाथि जुत्ता प्रहार गरेका थिए.....(Prakah Dahal via Facebook)
जनभावनाको हत्या गर्ने ६०१ सभासदहरुलाईचाहीं कसले जुत्ता हान्ने होला? साचिँकै रास्ट्रप्रेमी हुनुहुन्छ भन्ने जनताका गद्दारहरुलाई हानौं जुत्ता।

Friday 28 May 2010

अविलम्ब राजीनामा गर्न तत्पर (यस्तो छ, सहमति पत्र)

काठमाडौ, जेष्ठ १४ - दलहरुबीच सहमति भएको छ ।

सहमति पत्रको व्यहोरा

ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिक संविधान २०६३, लोकतन्त्र दिगो शान्ति तथा बिस्तृत शान्ति सम्झौता अनुरुप हामीहरु निम्नलिखित प्रतिवद्धता गदैर्छा ।

१. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ ।

२ नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनिय काम भएपनि सबै कार्य पुरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौ ।

३. उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौ । यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहनेकुरा स्पष्ट गर्दछौ ।


पुष्पकमल दाहाल, शुशील कोइराला, झलनाथ खनाल

अपराधी एसएस बी

R 38 B ००३६ नको मोटरसाइकलमा आएको रक्सीले मातिएको एक कथित भारतिय ईन्स्पेक्टरले अमाही बरियाती मोरङमा नेपालीको हत्या गरि फरार भएको छ। नेपाली हबल्दार सम्भुमाथी लक्ष्य गरिएको गोली उनले सुतेर छलेपछी स्थानिय बासिन्दा ५५ बर्सिय बासु देव शाहको पेट्मा लागि मृत्‍यु भएको हो। फरार अभियुग्तहरुको नाम ईन्स्पेक्टर हितेन्द्र सिंह र जबान मदनसिङ्ह सोदा हो। हरेक साँझ जस्तै उनीहरु रक्सी पिएर मातिन्छन्, र ९५% एस एस बीहरु बिराटनगर केटी भएका रेस्टुरन्टमा सिविल ड्रेस्समा नै आउनेगरेको स्थानिय जनता बताउँछन्।नेपालको सार्भसौमसत्तामाथी बारम्बार हस्तछेप गर्ने भारतका सिमा सुरक्ष्ह्या बलले सधैं नेपालसँगका नाकाहरुमा सिमा मिच्छन्,जनतालाई दुर्भयबार गर्छन्, घुस माग्छन, भारतिय लूटेराहरु नेपाल पठाउँछन र हुदाँहुदाँ नेपाली महिलाहरुमाथी बलत्कार र मान्छे समेत मार्न थालेका छन्।नेपाली भुमिभित्र केही दिन अगी मात्र पनि एक मन्त्री आफ्ना दुई सुरक्षाकर्मी हातहतियारसमेत छिरेकी थीईन्।भारतले सधैं नेपाललाई हेप्छ र यसको चरको मुल्य तिर्न पर्नेछ भारतलाई कालन्तरमा।

Thursday 27 May 2010

निर्मल रेग्मीको माओवादीबिरोद्धी अभियान..


Basic info Gender: Male
Birthday: 01 January
Relationship Status: Single
Interested in: Women Men
Looking for: Friendship,A relationship,Networking
Current location: London, United Kingdom
Hometown: Kathmandu, Nepal
Political Views: Bullshit .Religious views: Bullshit
Bio I never can copromise with what I think its truth!
Work and education:Employers Swansea M University, UKAssist. Incharge(Scientific experiment)
University (postgraduate) Swansea Metropolitan University
M Phil in Chemistry(Currently)
University Tribhuvan University
MSc in Chemistry
Contact info Email: regmi.nirmal@yahoo.com
Address: London, United Kingdom

हेर्दा सुन्दर मुहारका धनी र पोलिटिकल भ्यू Bullshit भन्ने यी मित्र माओवादी अध्यक्ष प्रचन्ड बिरूध खुंम्खार रुपमा प्रस्तुत हुन्छन् Facebookमा।यिनको निसाना प्राय: माओवादी समर्थक मित्रहरु पर्ने गर्दा रहेछन्। हेरौँ उनका केहीStatusहरु र मन मिल्ने भए साथी बनाउँ नमिल्ने भए सभ्य भाषामा मुख फर्काउँ।
१.निकट भबिस्यमा त्यो दिन पनि आउनेछ, जुन दिन प्रचन्ड र उनका मतियारहरुलाई जातिय राजनीति रुपी क्यान्सर रोपी देशलाई बिखन्डन गराएको अभीओगमा टुन्दिखेलमा लाखौं जनताको उपस्थितीमा फासी दिइनेछ, जति नै प्रायस्चित गर्दा पनि नेपाली जनताले उनलाई माफ गर्ने छैनन्, किनकी तयो बेला तयस जातिय राजनीति रुपी क्यान्सर को उपचार गर्न ढिला भैसकेको... हुनेछ / समग्रमा उनको नियती सद्दामको भन्दा फरक हुने छैन / ईतिहास क्रुर हुन्छ /
अन्तिम मा तिनै सोझा सिधा प्रचन्ड का सेनाहरुले आफुलाई दीइएका आश्वसन, बडिएका सपना हरु केलाउने छन् र आफ्नो वास्तविकताको मुल्;अन्कन गर्ने छन् / त्;ओ दिन तिनी हरुले बुझ्ने छन् की आफु कसरी mis-use भाइएछ र आफुलाई भर्;अङ बनएर को-कहा पुगेछन भन्ने ।।। त्;ओ दिन उनीहरु प्रचन्डका मालमी हुने छैनन् .. मात्र ताली बजाउनेछन।...ईतिहास क्रुर हुन्छ
२.जेल मा हुनु पर्ने जब संबिधान सभामा हुन्छन १४ हजार मानव भंछीहरु क्रान्तिकारी भनिन्छन स्कुलको अनुहार नदेखेकाहरु बाट कस्तो संबिधान बन्छ ? तसर्थ कुनै दाग नलागेका संबिधान का ज्ञाता बाट संबिधान बनाउन अहिलेको जम्बो सभा भंग गरि अर्को चुनाव गर्नु पर्छ
३.युद्दको समयमा रोल्पाको एक गाउँमा माओबादीको एउटा फौज घुस्यो । गाउँको सबै
तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न
थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।एउटा केटीले सोधिछन :
आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त
..बुढीले भनिछन : तिमीले देखिनौ त्यो माओबाद...ीको फौजमा एउटा बुढा पनि ...छ ।
४.सेनामा कब्जा जमाउने प्रयास विफल, नागरिक सर्वोच्चता को मुद्दा अलपत्र,
राष्ट्रिय स्वाधीनता को नारा प्रभावहीन, एमालेको अन्तरविरोधमा खेल्ने रणनीति फेल, सडकबाट सरकार परिवर्तन गर्न असफल, अविश्वास प्रस्ताव तयारीमै तुहियो, चाइना कार्ड चलेन, झलनाथ खनालदेखि रामचन्द्र पौडेल, सुशील कोइराला र शेरबहादुर देउवासम्मलाई दिइएको प्रधानमन्त...्री पदको प्रलोभन काम लागेन, देशभरका कार्यकर्ता राजधानीमा उतारे पनि जनविद्रोह असफल।  ।।।।।।।।।।।।
५.प्रचण्ड एउटा अतिवाद, उग्रवाद या सबैभन्दा चर्को अति हो। त्यसैले उनी विरोध चर्को गर्छन्, समर्थन पनि चाकरीकै शैलीमा गर्छन्। कहिले सुरुङ्ग युद्धद्वारा कुनै देशलाई ठेगान लगाउने अतिवादमा हुन्छन् त कहिले त्यही सुरुङ्ग मार्गबाट साउथ-ब्लकमा अवतरण गर्छन्। कहिले उग्रवामपन्थी अवसरवाद त कहिले उग्रदक्षिणपन्थी अवसरवादमा पुग्छन्। मानौं, प्रचण्डपथको मौलिकता नै यही हो।
६.आफूसँग नभएको सत्ता प्राप्तिका लागि प्रचण्ड कहिले रुन्छन्, कहिले हाँस्छन्। कहिले गाली गर्छन्, कहिले श्राप दिन्छन्। कहिले हत्या, आतङ्कलाई प्रश्रय दिन्छन् त कहिले शिर निहुर्‍याएर माफी माग्छन्। याक एण्ड यती होटलको नाटक यही शृङ्खलाको छोटो दृश्य मात्र हो। माया गरुँ भन्दा गर्न नपाइने, गाली गरुँ भन्दा तिनको नृशंसतालाई सम्बोधन ...गर्ने शब्द नपाइने; औंलो दिँदा डँुडुलो समेत निल्ने प्रचण्ड अभ्यासबाट मुलुक अहिले आहत छ।
७.कमरेड प्रचण्डको राजनीतिक यात्राको सारभूत लक्ष्य भनेकै सत्ता, बन्दुक र पैसा हो। जसको राजनीतिक आदर्श नै सत्ता, बन्दुक र पैसामा छ, उसले पार्टी र जनताका लागि के नै पो सोच्ला र! आज उनीसँग पैसाको अनिकाल छैन। एउटा आन्दोलनमा अर्बौं रुपैयाँ खर्चने हैसियत छ। बन्दुक, बम, ग्रिनेडलगायत साना-ठूला हतियारको पौलो नै छ, नभए खुला सिमाना ...छँदैछ। घर जलाएर विगुत घस्ने महानता छ। नभएको त केवल सत्ता मात्र हो।


उनले राखेका प्रचण्डका कार्टून तस्बिरहरु

Wednesday 26 May 2010

सूदको कर्तुत हुन सक्छ बिफल बार्ता


पार्टीहरुको बार्ता हुनु दुई घण्टा अगीनै माकूनेलाई निबाशमै कान फुक्न पुगेका सूदबारे जनचासो बड्नु स्वावविकनै थियो। नभन्दै उस्तै भयो, इयुलाइ नेपाललाई नयाँ उपनिबेश मन्जुर नभएकाले राजनैतीक हस्तक्षप नगर्न चेताबनी दिन सक्ने माधव कुमार नेपाल सूद्बाणी नै गीता सरह मान्छन र मनमोहन सिङ्ह्लाई पितासमान भन्ने कुरा घामसरह छर्लङ छ। पछिल्लो समयमा देसी बिदेशी चोउतर्फी रुपमा राजिनमाको दबाब झेलिरहेका प्रधान्मन्त्री आफ्नै पार्टीका क्रान्तिकारी नेताहरुको पनि सिकार बनेका छन्।सर्सर्ती हेर्दा यस्तो देखिन्छ माधवकुमार नेपालको ईमान सबै सिद्दिएको छ, र अब फेरी प्रध्हन्मन्त्री बन्ने कुन्नै सम्भावना पनि।फेरी केही दिन अगी म सम्बिध्हन सभाको पक्ष्ह्यमा नै थिइन भनेर सम्भ्हिधन सभाकै उपहास गरेर उनले थप अलोकप्रियता हासिल गरेका छन्।पहिला त यस्तो पनि लाग्यो माओवादीको सडक रबैय्याले गलत नजिर बन्ने डरले उनी सतर्क छन्। तर नेपाली राजनीतिको बाग्मतिमा धेरै पानी बगिसकेको छ र एैले निरन्कुशताको खतरा बड्दै छ।सहमतीको सडकमा लास बनेर उभ्हिने माकुनेले भारतसँग टाउको जोडेर सम्पुर्ण कम्युनिष्ट आन्दोलनकै धजजी उडाँएका छन्।
भारत एउटा सार्बभौम सम्पन्न मुलुक रहुन्जेल नेपालको कैहिले प्रगती हुन सक्दैन।खासगरी माधव कुमार नेपालजस्ता लल्लुहरु नेपालका साशक रहुन्जेल।हेर्दै जानेहो भने येसले माओवादीलाई मात्र होइन, एमाले भित्रका क्रान्तिकारी नेताहरुको लिस्ट पनि तयार पारेको छ र उनीहरुलाई पनि कदापी अगी बढ्न दिने छैन।आज बार्ताको सफलता अत्यन्त आबस्यक थियो तर फेरी सदाझैँ हुन सकेन।केहि कुराहरुमा ग्रिहकार्य गर्न बाँकी भनेर बैठक रद्द गरेका माकुनेले शायद उठेका बिषयहरु सूदलाई जानकारी गराएर सल्लाह माग्न हो कि?सम्विधान सभाकै पक्षमा नभएका माकुनेलाई भने सम्विधान सभाले निर्धारण गर्ने मुलुकको भबिस्यप्रती लुत्तो न कन्याइ, बरु बिचरा प्रचन्डलाई थर्काएरपो पठाएछन निरन्कुश ब्यबस्था आउँछ भनेर।

पुर्बसर्तले धरापमा देश

बुधवार काङ्रेस एमाले र माओवादीको त्रिपक्षिय बार्ताको कुनै निकाश निस्केन। बुधबारनै माधवकुमार नेपाल र दाहाल सहमति जुटाउने प्रयासमा एक्लै संवाद गर्न तयार भएपछि धेरैले सहमति जुट्ने अपेक्षा गरेका थिए । संविधानसभाको कार्यकाल सकिन दुई दिनमात्र बाँकी हुँदा भएको यो महत्त्वपूर्ण भेटवार्ता सकारात्मक हुन सकेन ।भेटमा प्रधानमन्त्रीले संविधानसभाको कार्यकाल बढाउने विषयलाई आफ्नो राजीनामासँग सौदाबाजी नगर्न भनेका थिए । दाहालले संविधानसभाको कार्यकाल बढाउन सरकारले ल्याएको संविधान संशोधन विधेयकमा मतदान गर्न प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र राष्ट्रिय सहमतिको सरकार गठनको ढोका खोल्नुपर्ने पूर्वसर्त दोहोर्‍याएका थिए ।
दाहालले बुधबारै बुद्धिजीवीहरूसँगको एक अन्तक्रिर्यामा प्रधानमन्त्रीको भनाइ सत्य भए केही दिनमै मुलुक निरंकुशतातर्फ जाने बताए । 'प्रधानमन्त्रीको भनाइ सत्य हो भने केही दिनमै देश निरंकुशतातिर जाँदैछ,' उनले भने, प्रधानमन्त्रीको कुरा सुन्दा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता सबै धरापमा परेको संकेत मिलेको छ ।'
प्रधानमन्त्रीनिकट स्रोतले भने विकल्प सीमित हुँदै गएकाले माओवादी लचिलो हुने सम्भावना प्रकट गर्‍यो । 'प्रधानमन्त्रीले संविधानसभाबाटै नयाँ संविधान जारी गर्ने प्रतिबद्धताअनुरूप संविधानसभा कार्यकाल थप्ने गरी संविधान संशोधन विधेयक ल्याएकाले त्यसलाई सफल बनाउनु माओवादीको पनि दायित्व भएको प्रस्ट बताउनुभएको छ,' स्रोतले भन्यो, 'विकल्प सीमित हुँदै गएकाले माओवादी पनि लचिला भएको छ ।'

Manushi Yami Bhattarai used to be Ashmita Singh


The first female general secretary of Kathmandu’s Tribhuvan University Students’ Union, and most reckon it will not be long before she embosses her presence on the national stage.

She’s called Manushi and she’s a new-generation Maoist. She is also the only daughter of Baburam Bhattarai and Hisila Yami, the first couple of Nepal’s revolutionary movement.

“It has often been tough being their daughter, it was a very different childhood, and now I sense I don’t make too many friends because people keep their distance because of whose daughter I am,” Manushi, 21, says, “but for all the difficulties and disadvantages that came with it, I would not be anyone else, I think my life has been a huge, huge privilege.”

The early part of that life was spent in Pedong near Kalimpong, where Manushi attended to St. George’s under the alias of Asmita Singh.

“My parents went underground very soon after I was born, and I was literally smuggled into India under a fake name, it was just a way of getting me educated away from the ferment in Nepal,” Manushi says.

“I was used to my parents’ absence since I was born probably, the constant instability and the secrecy that pervaded my aunt’s home. I remember attending torch rallies in Kathmandu as a little girl, and screaming at rallies, and I remember Prachanda coming home secretly, but it was getting difficult, there was always somebody following me thinking my movements could lead them to my parents. I had to be taken out, and I suppose north Bengal was a convenient place initially. My father used to be able to come there to see me often because it was so close to Nepal in so many ways.”

We’re in a downtown eatery, quite evidently a hangout favoured by Kathmandu’s trendy young. The young Maoist is as seamlessly at ease here as she would be leaning on political barricades. She’s in jeans and a hooded jersey, and she has a backpack full of books and journals.

“The frustration sometimes is I cannot read and write as much as I want to or should,” Manushi says, grimacing over her coffee, “there is too much else to do with the party, and with this crisis.”

Remind her she just topped her MA (political science) class and she grimaces again, as if to suggest that’s never nearly enough. Besides, she’s probably used to topping the class; she did it a couple of years ago, securing her bachelor’s degree from Delhi’s Lady Shri Ram College. The records would show top honours assigned to one Asmita Singh.

Father Baburam wanted Manushi to pursue higher studies at JNU, the Maoist ideologue’s own alma mater, but she thought she’s already spent too much time out of Nepal. “He really pressed me at one stage, and part of it had to do with his own association with JNU, but there is so much to be done here,” Manushi says, suddenly animated now that she was talking politics. “We are in such a critical and interesting time, I would not be anywhere else at the moment, it’s really challenging to be part of all this, especially party work.”

Did she ever feel pressured to follow in her parents’ ideological footsteps?

“Ah, but that’s all the life I have lived, in the cradle of the revolution, so to speak. I remember when my parents could not come to see me for long periods in Pedong, they would send letters. All of them were about the war they were engaged in and what they were aiming to do, it was like my subconscious schooling, those letters made my political orientation. I have always thought like this, since I can remember.”

No matter that the Maoists have been sliced out of Nepal’s power equation, no matter that it seems unlikely they’ll be able to make a comeback anytime soon, to Manushi it’s just the “rightness” of the struggle she is part of.

“Just look at Nepal, where we are stuck, and it is clear that we are on the right path, saying the right things,” she says.

“We will prevail, I think, it is a matter of time. We will have to fight and convince people, especially young people who say we have the right objectives but take the wrong means. They think violent tactics are wrong, I think sometimes they are scared of us, and sometimes they do not have a sense of what is happening outside Kathmandu. But eventually I think the Maoists will prevail, that looks inevitable, we just have to persist with this struggle.”

So issuing her calm optimism, she’s off into the teeming bustle of Kathmandu to find a book her father has tasked her to procure. It’s on Nepal’s current crisis and it’s called Paradise Lost.

लचकताको अपमान नगरौँ

-रमेश,ताप्लेजुङ
माओवादीले सत्य बुझेको छ, अत्यधिक लचकता देखाएको छ । तर सरकार र सत्तारुढ दलहरूले भने माओवादीलाई 'साइज'मा ल्याउने निहुँमा उसको वास्तविक उचाइ नै छोट्याइदिने अनर्थक चेष्टा गरिरहेका छन् । हच्केको विरोधीलाई सम्मानजनक स्थानमा राखी मुलुकलाई त्राण दिन खोज्नेभन्दा ढोका थुनेर चुट्ने प्रयासमा छन् सत्तासीनहरू । सबैभन्दा ठूलो दल हो र अहिलेसम्मका सबै उपलब्धिहरूको एकमात्र बाहकलाई कांग्रेस-एमालेको अवसरवादी गठबन्धनले माओवादीलाई थुच्रुक्क बसाल्ने हदको व्यवहार गरिरहेको छ । 'तेस्रो जनआन्दोलन'का बेला माओवादीलाई जनताले समर्थन नगरेको कुरालाई उनीहरूले गलत तरिकाले अथ्र्याएका छन् । सत्तासीनहरू माओवादीप्रति जनताको विरक्ति प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस, एमाले र अन्य सत्तासीनहरूप्रतिको समर्थन हो भन्ने गलत बुझाइमा छन् ।

Sunday 23 May 2010

बोल्दाबोल्दै फूस्केको -प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा आफूले नचाहेको भन्ने अभिव्यक्तिप्रति आत्मालोचना गरेका छन् । आइतबार बसेको सत्तारुढ दस दलको बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गरेका हुन् ।

शुक्रबार नर्वेका अन्तर्राष्ट्रिय विकास एवं वातावरणमन्त्री एरिक सोल्हेमसँगको भेटपछि प्रधानमन्त्री नेपालले 'माओवादीलाई चित्त बुझाउन' मात्रै आफूले संविधानसभा स्वीकारेको खुलासा गरेका थिए । उनले आफू अरु उपायबाट संविधान बनाउने पक्षमा रहेको उल्लेख गरेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिको उनकै पार्टी एमालेले पनि आपत्ति जनाएको थियो । एमाले स्थायी कमिटी बैठकमा शनिबार पनि प्रधानमन्त्रीले 'बोल्दाबोल्दै फूस्केको' भन्दै आत्मालोचना गरेका थिए ।

दस दलको बैठकले संविधानसभाको म्याद थप गर्न संविधान संसोधन गर्नुपर्नेमा सहमति जनाएका छन् । त्यसका लागि माओवादीलाई पनि सहमतिमा आउन दस दलले आग्रह गरेका छन् । माओवादीले भने बहुमतीयबाट सहमतीय प्रणालीमा जानुपर्ने र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने अडान राख्दै संविधानसभाको म्याद थप गर्न अस्वीकार गर्दै आएको छ ।

बैठकमा सरकार निर्माणपछिको एक बर्षको समीक्षा भएको बताइएको छ ।

Saturday 22 May 2010

धम्काइ रहन्छन प्रचण्डपुत्र फेसबूकमा:


प्रकाश दाहाल, ४०६९ साथीहरु छन् उन्का फेस्बूकमित्रहरु यो लेखिन्जेलसम तर सबै माओवादी भने होइनन्। सत्ताबाट बाबु फुत्किएपछी काङ्रेस एमालेसँग अतेन्त आक्रामक रुपमा प्रस्तुत हुने दाहालले आज्कल कलात्मक शब्द प्रयोग गर्नुको सट्टा हलुका र तल्लो स्तरको ल्यांगवेज लेख्ने गरेको प्राय फेसबूकमित्रहरु गुनासो गर्छन् र कतिले त चर्को आलोचना। उनले लेखेका केही स्ट्टाटस र फोटोहरु:

१.तिमीहरुको यस्तो दिन आउने छ, जुन ज्ञानेन्द्रको वंशले त २४० वर्षशासन गरे । त्रि्रो शोषण त बल्ल २० वर्षभएको छ । राजतन्त्र भन्दा नि दयनिय अवस्था भइसक्यो । गुलाम भयौं तिमीहरु, सरकार टिकाउन १ करोड महिनाको गच्छेदारलाई दिएको सब थाहा छ । गर रजाई, जनताले जिताएर बनाएको सरकार । एक्लै आउं भारतको साथ छोट, माओवादी होइन एमालेकै मान्छेले के गर्छन हेर।
२.देखियो माकूनेको, संविधान सभा जनताको चाहना हो त्रि्रा बाउको इच्छा होइन । जनताको माया गर हरुवाहरु, कति दिन विदेशीको आर्शिवादको भरमा बस्छौं।
३.आमहड्ताल फिर्ता लिनुस्, प्रधानमन्त्रीको रजिनामाको जिम्मा म लिन्छु ।" भन्ने झलनाथ खनाल आज कुन दुलोमा लुकेर बसेका होलान् ???????
4.सबैलाई सहर्ष जानकारी के गराउन चाहन्छु भने यो आन्दोलन फिर्ता होइन केवल स्थगित, कठपुतलि सरकारले माओवादीले आन्दोलन स्थगित गरे पछि मात्र सहमति हुन्छ भनेर जुन भाषा प्रयोग गरेको थियो जनताको सामू नालायक मिडियाको अघि, ल माओवादीले स्थगित गरयो अब गर सहमति । देखाउ , यति लचिलो हुंदा नि सकेनौं भने गूं खाएर मार र हाम्रो आन्दोलन फिर्...ता होइन, पोस्गपोण्डमात्र हो ।अरु देशव्यापिरुपमा आएका युवा जनता कार्यकर्ता यहि रहेर जनदवाव दिने छन् ।
5.आज रत्नपार्कमा पानीमा मेटासिट राखेर आन्दोलनकारीले दिन राखिएको पानी बरामद।जुन महिला त्यहां पानी बेच्दै थिइन । उनि स्थायीरुपले एक सेनाको कर्नेलको घरमा घरेलु कामदार । अब अरु सिप लागेन आन्दोलनकारी लाई विष खुवाएर मार्ने षडयन्त्रमा लाग्यौं हैन कायर दलालहरु । केपि ओलीलाई आफ्नो क्वार्टरमा राखेर जनतालाई विष दिने धिक्कार छ तिमी ...विधाका सपनाहरु, यहि गर्न मधन भण्डारीलाई बलि चढाएयौं ।
6.शान्ति रैलीको नाममा सबै युथफोर्स र तरुण दलका गुण्डाहरु । के विचित्रको काम गरेका होलान् । केही गुण्डा बटुलेर पाटन, काठमाडौं मा शान्तिपूर्ण आन्दोलन माथि ढुंगा हान्ने काम गरे कहि गाडि पल्टाइदिए । के राक्षेसी पन हो शान्ति रैली । युथफोर्स र गुण्डाका संरक्षक भए पछि । अनी के को शान्तिको नाम जप्ने । मुखले राम राम बगलिमा छुरीको... नीति छोड तिमी शान्ति भनेर र अशान्तिप्रेमी गुण्डाहरु। आदि बाँकी हेर्न उनलाई फेस्बूकमै साथी बनाउनुहोस्।

मदन तामाङको दर्दानक हत्या

मदन तामाङ !
तिमीलाई हार्दिक श्रद्धाञ्जली !
तिमी दार्जीलिङको, म नेपालको भए पनि
म तिमीसँगै छु ।
मेघालयमा
...नेपालीहरु जिउँदै जलेको सुन्दा
मलाई पनि भत्भती पोलिरहेको छ ।
तर, मलाई विश्वास छ मदन !
अब नेपालीको अन्तरराष्टिय जाति हुने छ ......
-अरुण बराल

एजेन्सी,21 May- अखिल भारत गोर्खा लिगकाका अध्यक्ष मदन तामाङको शुक्रबार बिहान दार्जलिङस्थित प्लानट क्लव नजिक अज्ञात समूहले हत्या गरेको छ । घरतर्फ जाँदै गरेका तामाङलाई बिहान ९ः३० वजे हतियारधारी समूहले हत्यागरेका थिए । उनी दिउँसो हुने एक कार्यक्रमको व्यवस्थागरी घरतिर र्फकदै थिए । उनको हत्यामा तरवार, खुकुरी लगायतका हतियार प्रयोग गरिएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । हतियारबाट उनको पेट र काँधमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका तामाङको दार्जलिङस्थित अस्पतालमा मृत्यृु भएको हो । त्यहाँका नगरराज्यमन्त्री अशोक भट्टाचार्यले गोर्खाजनमुक्ति मोर्चाले तामाङको हत्या गरेको दाबी गरेका छन् । केलकतामा बोल्दै उनले भने, 'गोर्खा जनमुक्तिले उनको हत्याको गरेको हो । यो फासिष्ट पार्टी हो, यहाँ जनमुक्ति विरुद्ध हिंडेको उसले कसैलाई मन पराउदैन, साथै यहाँका पहाडी जिल्लामा प्रजातान्त्रिक बातावरण विगारी रहेको छ ।'

जनमुिपार्टीसँगको विवादका कारण गोर्खा लिगले चौरस्तामा हुने कार्यक्रमको स्थान परिवर्तन गरेको थियो । उनी गोर्खामुक्ति पार्टीका प्रमुख विमल गुरुङले भ्रष्टाचार गरेको भन्दै विरोध गर्दै आएका थिए । त्यसको बदला लिन तामाङलाई ति पहाडी जिल्लाबाट हटाउने जनमुक्ति पार्टीले समय समयमा धम्कीसमेत दिंदै आएको थियो । तामाङ हत्याको समाचारले दार्जलिङ, कालिम्पोङ र खर्साङका जनता स्तब्ध भएका छन् । त्यहाँका कलकारखाना, शिक्षण संस्था, बजार बन्द भएका छन् ।

मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले हत्या लगतै आपतकालीन बैठक बोलाएर सुरक्षा अवस्था कडा पार्न विभिन्न सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिइसकेको छ । गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले केन्द्र सरकारलाई हालै वुझाएको आन्तरिम व्यवस्थासहितको प्रस्तावप्रति तामाङलगायत उनको पार्टीले तीव्र आलोचना गर्दै आएका थिए । 'तामाङ प्रस्तावको विरोधी थिए', हिमालय दर्पण नेपाली दैनिकका दार्जिलिङ व्युरो विमल राईले भने,'त्यो विरोध उनको हत्याको कारण हुनसक्छ ।' राईका अनुसार प्रस्तावको विरोधकै कारण तामाङ केही दिनदेखि गोजमुमोको तारो वनेका थिए । तामाङ ३ दशक लामो समयदेखि दार्जीलिङमा वसेर गोर्खालीको पक्षमा राजनीति गर्दै आएका थिए । सन् १९४३ मा अखिल भारत गोर्खा लिग पहिलोपटक स्थापना हुँदा उनी लिगकै युवा मोर्चा तरुण गोर्खामा संलग्न थिए । 'तामाङले यसैवेलादेखि राजनीति गरेको देखिन्छ', राईले भने ।

तामाङले गोर्खाहरुको हितका लागि भन्दै वेला वेला बिभिन्न संगठन स्थापना गर्दै आएका थिए । उनले पव्लिक डेमोक्रेटिक फन्टलगायतका थुप्रै संगठन खोलेर काम गरेका थिए । दार्जीलिङको वोक्सिझोडाका स्थायी वासिन्दा तामाङ दार्जीलिङ धनी गोर्खेहरुको सूचीमा पर्छन । उनका दार्जीलिङ, खर्साङ, सिलिगुडी, कालिम्पोङलगायतका स्थानमा घरहरु छन् । उनका श्रीमति र १ छोरा छन् ।

मेघालयबाट १५ हजार नेपालीभाषी विस्थापित

दार्जिलिङ-, जेष्ठ ८ - मेघालयका नेपालीभाषिको आक्रमण एकसाता वितिसक्दा पनि जारी छ । शनिबार साँझसम्ममा करिव १५ हजार नेपालीभाषी विस्थापित भएका छन् ।

आसामबाट प्रकाशित 'सपरिवार' म्यागेजिनका सम्पादक रोहित गौतमका अनुसार विस्थापितको संख्या अझै वढ्न सक्ने बताएका छन् । । उनले भने,'२५प्रतिशत विस्थापित भइसके ।' उनका अनुसार विस्थापितहरु आसामको कार्वियाङलुङ, सिल्टर, वोको, जयन्ती पहाडलगायतका क्षेत्रका आश्रय लिइरहेका छन् । विस्थापित हुनेमा लाट्रुनवाई कोइलाखानीमा कार्यरत मजदुरको संख्या अत्याधिक छ ।

सोमवार र विहीवार राति मारिएका मारिएका ४ जनाको हालसम्म पहिचान हुन नसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै गौतमले जानकारी दिएका छन् । 'शव पुर्ण रुपमा जलेकोले चिन्न सकिएकै छैन', उनले भने,'सवै विस्थापित भएकाले चिन्ने पनि कोही छैनन ।'

१४ जेठपछि नेपाली सेनालाई परिचालन गर्ने निर्णय:


काठमाडौं, ६ जेठ

सुरक्षा परिषद्ले संविधानसभाको म्याद थप्न माओवादी तयार नभए १४ जेठपछि नेपाली सेनालाई समेत परिचालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको परिषद् बैठकमा संविधानसभाको म्याद नथपिए के गर्ने भन्नेबारे गम्भीर छलफल भएको छ ।

अन्तरिम संविधानअनुसार १४ जेठमा संविधानसभाको म्याद सकिँदै छ । सरकारले संविधानसभाको म्याद एक वर्ष थप्ने प्रस्तावसहितको संविधान संसोधन विधेयक संसद्मा दर्ता गरिसकेको छ । माओवादीले भने संविधानसभाको म्याद थप्न प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने तथा संविधान संसोधन गरी बहुमतीय प्रणालीबाट सहमतीय प्रणालीमा जानुपर्ने सर्त राख्दै आएको छ ।

संविधानसभाको म्याद थप्नेबारे दलहरूबीच सहमति नजुटे १५ जेठमा सडकबाटै 'जनसंविधान' जारी गर्ने घोषणा पनि माओवादीले गरेको छ । सुरक्षा परिषद् बैठकले 'जनसंविधान' का नाममा माओवादीले फेरि पनि सत्ताकब्जाको रणनीति बनाएको निष्कर्ष निकालेको स्रोतको दाबी छ । यसअघि माओवादीले गरेको आमहडताल पूर्ण रूपमा असफल भएको ठहर पनि सुरक्षा परिषद्ले गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा उपस्थित नेपाली सेनाका प्रमुख छत्रमानसिंह गुरुङले माओवादीले सडकबाट जारी गरेको 'जनसंविधान' सर्वस्वीकार्य हुन नसक्ने जिकिर गर्दै त्यसले अन्ततः जातीय तथा क्षेत्रीय विखण्डन हुँदै राष्ट्रिय अस्तित्वमा समेत संकट ल्याउने बि्रफिङ गरेको स्रोतले जनाएको छ ।

बैठकपछि रक्षामन्त्री विद्या भण्डारीले परिषद्को बैठकले संविधानसभाको म्याद नथपिएमा त्यसै अनुरूपको तयारी गर्नुपर्ने निष्कर्ष निकालेको बताइन् । 'बैठकमा माओवादीले संविधानसभाको म्याद थप्न नमाने हुनसक्ने परिस्थितिको बारेमा छलफल भएको छ । संविधानसभाको म्याद नथपे र संविधानविहीन अवस्था आए संकटकाल लगाउने र माओवादीले संविधान जारी गर्ने अवस्थाको सामना गर्नेबारे पनि बैठकमा छलफल भएको हो,' मन्त्री भण्डारीले भनिन् ।


उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सत्ताकब्जा गर्ने रणनीतिका साथ माओवादीले गरेको आमहडताललाई जनताले असफल पारेको बताए । बैठकमा चारवटै सुरक्षा अंगका प्रमुख, शिक्षामन्त्री तथा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल तथा ऊर्जामन्त्री डा. प्रकाशशरण महत पनि सहभागी थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सेनापति गुरुङले गैरराजनीतिक चरित्र देखाएर कुनै पनि दलले आफूखुसी संविधान घोषणा गर्दा मुलुकको परम्परागत सद्भाव र एकतामा खलल पुग्ने तथा त्यसले देशको राष्ट्रियता र भौगोलिक अखण्डतालाई नै कमजोर बनाइ मुलुकलाई जातीय र क्षेत्रीय द्वन्द्वमा धकेल्ने जिकिर बैठकमा गरेका थिए । 'त्यसले राष्ट्रिय अस्तित्व नै संकटमा पार्छ,' सेनापति गुरुङको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने ।

चारवटै सुरक्षा अंगका प्रमुखले देशको सुरक्षा अवस्थाबारे बैठकलाई जानकारी गराएपछि प्रधानमन्त्रीले सबै निकाय सतर्क रहन निर्देशन दिएका छन् । माओवादीले जनसंविधान घोषणा गरेर जनसत्ता चलाउने चेतावनी दिए पनि कानुन पालना गर्न आफू जतिसुकै कडा कदम चाल्न पनि पछि नपर्ने बैठकमा प्रधानमन्त्री नेपालले बताएका थिए ।

माकुने माहत्म्य


काठमाडौं -कास)- प्रधानमन्त्री माधवकुमार नेपालले 'माओवादीको चित्त बुझाउन' मात्रै आफूले संविधानसभा स्विकारेको खुलासा गरेका छन् ।

'माओवादीको चित्त बुझाउन मैले संविधानसभा स्विकारेको थिएँ,' नर्वेका अन्तर्राष्ट्रिय विकास एवं वातावरणमन्त्री एरिक सोल्हेमसँग शुक्रबार त्रिभुवन विमानस्थलमा भएको भेटपछि प्रधानमन्त्री नेपालले सञ्चारकर्मीसित भने, 'अहिले उनीहरू -माओवादी) नै संविधानसभा चाहँदैनन् भने हाम्रो भन्नु केही छैन ।'

सुरुमा आफू संविधानसभाको पक्षमै नभएको उल्लेख गर्दै उनले थपे, 'अरू उपायबाट पनि संविधान बनाउन सकिन्छ भन्ने मेरो विचार थियो ।' प्रधानमन्त्रीले 'अरू उपाय' बारे चाहिँ बताएनन् ।

प्रधानमन्त्री नेपालले माओवादीलाई खुसी पार्दा देशमा राम्रो हुन्छ भनेर मात्रै संविधानसभा स्विकारेको समेत बताए । माओवादी आफैंले संविधानसभा बिथोल्न खोजेको उनको आरोप थियो । २०५८ सालमा शान्तिवार्तामा आउँदा माओवादीले पहिलोपटक संविधानसभा निर्वाचनको माग राखेका थिए ।

Monday 17 May 2010

के भने प्रचन्डले आज राज्दूतहरुलाई?

Excellencies,
Ladies and Gentlemen.

First of all I would like to warmly welcome all of you to this evening's get-together which has been organized to share some of our feelings regarding the current political impasse' in the country. As envoys from various important capitals and as trusted friends of Nepal, I am sure that all of you are worried of the continuing standoff in the Constitution writing process, deliberate stalling of the peace process and the half-hearted approach by the present government to the entire state restructuring package that the Nepali people had desired through the people's movement of 2006. As you are well aware, the UCPN (Maoist) had decided to enter the peace process, stationed our PLA soldiers and locked up all our weapons in the UNMIN monitored cantonments and participated in peaceful elections to the Constituent Assembly on April 10, 2008 with the anticipation that an inclusive, progressive and a peaceful Nepal would emerge, all people of different regions, religions, gender, caste and ethnicities would be given equal opportunities and the centuries' of neglect of the rural areas and villages would be changed through a more balanced economic policy. We had also hoped that sovereign people of Nepal and their duly elected government would have its supremacy over the Army. And a New Nepal that is democratic, federal, progressive and inclusive that you the international community too had hoped for would materialize. Unfortunately instead of addressing the genuine concerns of the international community, dealing with the core issues before the nation such as writing of the Constitution and taking the peace process to its logical conclusion, the present government mostly run by those that were defeated in the elections is looking for conformation rather than consensus in our politics, it is clearly desiring another war rather than peace to take root. Hence, this government has become the biggest stumbling block to writing the Constitution on time and consolidating democracy in our country.
Therefore, what we said consistently in the past one year has been proven that without a national unity government, these core issues before the state will remain unfulfilled and will only invite further political instability and economic downturn. This will ultimately force the nation yet another deadly conflict. We the United Communist Party of Nepal (Maoist) are aware of our commitments to you in the international community and our pledge to the United Nations which is why we exercised maximum restraint during the recently concluded people's movement-III. There was intense provocation from government hired vigilante' and criminal elements to clash one group of people with another but as you have also witnessed, the country saw its first mass movement with lakhs and lakhs of people in a totally peaceful, disciplined, pollution-free agitation. These were people that earn less than 50 Rs. a day, hundreds of thousands of poor peasants, workers, and the common man volunteered and organized themselves in the streets because they wished to see this government immediately make way for a national unity government. We took it up as a test-case for ourselves in the party to make sure that the movement does not turn violent but the government has termed our responsible approach as our weakness. These are the same people that used to send me SOS message for waging more violent and daring attacks on Nepal Army installations during the King's rule and they are the ones that used to seek our assistance for bringing in the masses from the villages for the people's movement of April 2006 because they themselves could not assemble even a few hundred people in Kathmandu. Today, they ask us to become a civilian party. Nothing can be more ridiculous than that. We are the largest party in the Constituent Assembly trusted by the most number of eligible voters of this country; we don't need the advice of those that were flatly rejected by the people on how to become more democratic.
We took up the decision to call of our strike taking into consideration your suggestion; we had hoped that this gesture will be reciprocated by a positive response from the side of the government. Sadly, the government is becoming more and more aggressive and hostile towards us and this has pushed the peace process as a whole to critical juncture.
In this very context to extend the duration of Constitution Assembly under this government will be meaningless and it will only be an extra burden for the people. Let me reiterate again that we are fully committed to multi-party democratic competition, freedom of Press and the rule of law. But we cannot be humiliated any further and pushed to the corner by the present government which simply wants to indefinitely cling on to power and waste the taxpayer's hard earned money on record high general expenditure. This is a time to renew the nation's promise of a democratic and an inclusive constitution and a peaceful further for all of us. Therefore we would like to appeal for your continued support for the formation of a national unity government which can fulfill that pledge and brining hope and optimism back to this nation.
Thank You!

काङ्रेस नेत्रितोको सरकारको आसा :



अधिकाङ्स काङ्रेस सभासदहरुले अब नेत्रित्वो लिने काङ्रेसको पालो भएको बताइराख्दा जनताले फेरी एकपटक अन्योल अन्तको आसा राख्न सक्दछन्। माओवादीहरु चरम बाम्पन्थी भएर बिग्रे, देशी बिदेशी प्रतिक्रियबादिहरुका अगी निरिह देखिए।भासनमै सिमित,काम्रेडहरु सडकमा नाचे मात्र। एमालेमा"Proactive Approach" कैले आएन। मध्यमर्ग भन्दै सिद्दान्तबिहिन र पछिलो समयमा भारतसँग दुरी बडाएर पार्टीका क्रान्तिकारीहरुलाई चिड्यायो,झन माकुने काम्रेडले त कही नभएको जात्रा नेपालमै देखाएका छन्।जनता वीरलै सन्तुस्ट होलान्।यस स्थितिमा अब अछुतो काङ्रेस मात्र रह्यो। काङ्रेसमा पनि येतिखेर धरोहर ढलेको बेला छ, गिर्जाबाबुले चोर आउँला उठाएर कुरा गर्दानै कतिलाई ढुक्क हुन्थ्यो। अबका नेताहरु भनेका आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नपाएका छन्।तैपनी पुरानो पार्टी , खारिएका नेताहरु र भारतपरस्त सिद्दान्त बोक्ने पार्टी भएकाले अब काङ्रेसको आसा गर्न सकिन्छ त?

चित्त दुखेको भए सरी:प्रचन्ड

पत्रकार, बुद्धिजिबी र काठमाडौंमा एउटा घर बनाइ बसेका सुकिला मुकिलाहरु सँग गाउँका गरिब्, सोजा सिध्हा जनतालाई हेपेको आरोप लगएका प्रचन्ड नरम भाषामा:

Sunday 16 May 2010

आन्दोलन तुइहेपछी थला परेको मेरो ब्लग:

उसो त आँफु पत्रकारपनी होइन, न त कुनै नेताको नै सङगत। न उती पत्रीका र राजनीतिमा चासो। तर माओवादीको अन्तिम भनिएको जनान्दोलन तेस्रो सुरु भएपछी आफ्नो महत्तोपुर्ण समय खर्चिएर युनिकोडमै भनेपनी AP,My Sansar र अन्य वेबका फोटाहरु गरेर जेन्तेन बनाको ब्लग। ठाउँठाउँमा प्रतिकार र काठ्माण्डौँकै जनताले नरुचौन थालेपछी येही गती होलाकी भन्ने आफ्नो अनुमान सहि निक्लियो। आन्दोलन स्तगित भएपछि काठ्माण्डौँको फोहोर पानीले माओवादी कार्यकर्ता बिरामी भएझैं आफ्नो ब्लगको गतिमापनि सिथिलता पैदा भयो। माओबदीले सेनापती प्रकरण, रास्ट्रपतीको राजिनामा र सरकारको बिगटनसम आइपुग्दा उसकै सब्दमा माओबादको सिद्दान्त देसी बिदेशी प्रतिक्रियाबादी र केइ मुठिभर्का सामन्तबादीहरुलेनै र पछिल्लो समय कोट्याउँदा काठ्मण्डौँमा घर बनाइ बसेका सुकिला मुकिलाले समेत तुहाइदिए। यसले गर्दा कार्यकर्तामा ब्यापक निराशा पैदा भएको कुरा सार्वजनिक हुँदा पार्टीको रणनैतिक क्षमता छताछुल्ल भएको छ। आन्दोलन्मा नाच्दा नाच्दा नाच्न सिपालु भैसके नेताहरु तर सफल हुँदैन उनिहरुको रणनिति।

रास्ट्रपतीको राजिनामा माग्दा नाँच्दै काम्रेडहरु:

माओवादीले जेठ १५ गते 'जन संविधान' घोषणा गर्ने कुराले फेरी तर्साएको छ।संविधानसभामार्फत नयाँ संविधान घोषणा हुन नसक्ने अवस्था आएपछि 'जन संविधान' घोषणा गर्ने निर्णय गरेको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । 'संविधानसभामार्फत संविधान घोषणा हुने अवस्था आएन,' उनले भने, 'त्यसैले जेठ १५ गते 'जनताको संघीय गणतन्त्रात्मक संविधान' सार्वजनिक गर्ने निर्णय भएको छ ।' माओवादीले संविधानसभाको म्याद थप गर्ने दुई सर्त अघि सारेको छ । वर्तमान सरकारको विघटन हुनुपर्ने तथा सहमतीय प्रणालीमा जाने समझदारी भए संविधानसभाको म्याद थप गर्न आफ्नो पार्टी तयार हुने शर्माले बताए । अब जे गर्छन् नेताहरुलेनै गर्छन्। भिरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न । शायद यस्तै सोच्दै होलान् कार्यकर्ता।

Thursday 6 May 2010

आमहड्तालको पाचौं दिनका द्रिस्यहरु:







More photos......

दोस्रो जनआन्दोलनका घाइते पनि आइपुगेछन बैशाकी टेक्दै


०६२/ ०६३ आन्दोलनमा झन्डै ज्यान गुमाएका बुटवलका निलकण्ठ पौडेल कलकींमा

भिजीलान्तेको आक्रमणमा माओवादी कार्यकर्ता घाइते

लमजुङ, २३ बैशाख । लमजुङको सदरमुकाम बेशिशहरमा बिहिबार भिजीलान्तेहरु युथ फोर्स, तरुण दल लगायतको शसस्त्र जत्थाले गरेको योजनावद्ध आक्रमणबाट माओवादीका चार जना कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

विहिबार दिउँसो १ बजे शेराबजारबाट तरुण दल र युथफार्स लगायतको जुलुश शुरु निस्कीएको र त्यो जुलुश भिमसेनस्थान नजिक पुगेपछि शेरा बजारबाटै माओवादीको शान्तिपुर्ण जुलश निस्कीउकोमा माओवादी जुलुश नारयणथान नजिक ओरालोमा पुग्दा प्रतिकार जुलुशमा सहभागिहरुले इटा ढुंगा , रड लगयातको प्रहार गरी माओवादी कार्यकर्तालार्य घाइते बनाएका थिए ।

आक्रमणमा गम्भीर घाईते हुनेहरुमा मोहोरियाकोटका कृष्णबहादुर थापा, टाउकोमा गम्भीर चोट लागेको, नौथरका काले तामाङको टाउकोमा गम्भीर चोट लागेको, गोरखाका हरेराम मगरातीको नाक, कान र टाउकोमा गम्भीर चोट लागेको, हेमबहादुर ढकालको हिप र टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरुको सामान्य उपचार जिल्ला अस्पतालमा भएको र घाइते मध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । केही मिडियाहरुले स्थानीय नागरिकको प्रतिकार भनेर प्रचार गरिए पनि उनीहरु एमाले कांग्रेस, राप्रपा लगायतका अर्धसैनिक दस्ताहरुको समुह भएको माओवादीे जनाएको छ ।

राजधानिमा प्रतिकार गर्ने हुन की भिजलान्ते?

माओवादीको आम हड्ताल लम्बिंदै गएपछि सत्तारुढ दलका स्थानीय युवा नेताहरुको नेतृत्वका काठमार्डौको बिभिन्न क्षेत्रमा प्रतिकार सुरु भएको छ । कतिपयस्थानमा प्रतिकार भीडन्तमा परिणत भएका पछि आधा दर्जन जति व्यक्ति घाइतेसमेत भएका छन् ।

काठमाडौंको बुढनिलकण्ठ, जोरपाटी, कपन, बसुन्धारालगायतका स्थानमा स्थानीयले जवरजस्ती गरेको भन्दै प्रतिकार गरेका हुन् । बुढनिलकण्ठमा बिहानैदेखि प्रतिकार सुरु भएपछि त्यता बढेको माओवादी कार्यकर्ता र स्थानीयलाई झडपहुनबाट रोक्न प्रहरीलाई हम्मे परेको थियो ।

अहिले माओवादी कार्यकर्ताहरु बुढनिलकण्ठ पुगेका छन् । स्थानीय प्रतिकार गर्ने युवाहरु तितरवितर भएको छ । तर, माओवादी कार्यकर्ताहरुले ३० जना आफ्ना कार्यकर्तालाई एमालेको युवा संगठन युथफोर्सले कब्जामा लिएको भन्दै घर घरमा खोजी गरिरहेका छन् ।

त्यसैगरी बसुन्धारा क्षेत्रमा भएको भीडन्तमा स्थानीय र माओवादी कार्यकर्ता गरी ४ जना घाइते भएका छन् । झडपमा माओवादीका धनबहादुर श्रेष्ठ र चन्द्रबहादुर कार्की तथा प्रतिकारमा उत्रिएकाहरु धर्मलाल श्रेष्ठ र कर्णराज घाइते भएका हुन । घाइते माओवादी कार्यकर्ताको टिचिङ अस्पतालमा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अझै पनि तनाव साम्य हुन सकेको छैन । प्रतिकारमा उत्रिएका क्षेत्रमा माओवादीले अन्यस्थानबाटसमेत कार्यकर्ताहरु आएर प्रदर्शन गर्ने गरेका छन् ।

त्यसैगरी ललितपुरको झम्सीखेलमा समेत स्थानीय जनताले गरेको शान्ति र्यालीलाई माओवादीले बिथोलेको छ ।

माओवादी आम हडताल बिरुद्ध स्थानीय सडकमा उत्रिएपछि राजधानीको बुढानीलकण्ठ, बौद्ध, जोरपाटी लगायतका क्षेत्र तनावग्रस्त भएको छ । बुढानीलकण्ठमा स्थानीय र माओवादीबीच झडपको स्थिति श्रृजना भएपछि प्रहरीले पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । दुई पक्षबीचको ढुंगा हानाहानको क्रममा स्थानीय नौ बर्षीय वालक रोशन मगर घाइते भएका छन् । दुई पक्षलाई आमनेसामने हुन नदिन त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । माओवादी प्रर्दशनकारीको संख्या थपिदै जाँदा स्थानीयवासी तितरवितर भएका थिए । माओवादीले उक्त क्षेत्रमा केहीबेर प्रर्दशन गरेका थिए ।

त्यसैगरी जोरपाटीमा भएको झडपमा १० स्थानीय घाइते भएका छन् । त्यहाँ पनि हड्ताल विरुद्ध प्रदर्शन भएको थियो । गल्फुटार, कपनमा पनि हडताल विरुद्ध प्रदर्शनहरु भएका थिए ।बीरगञ्जमा हिन्दू युवा संघले गरेको प्रतिकारका क्रममा तीनवटा गाडीमा आगजनी गरेको छ । माओवादी कार्यकर्ता र हिन्दूवादी युवाहरुबीचको झडप रोक्न प्रहरीले हरसंभव प्रयास गरिरहेको छ ।

काठमाडौंमो बुढनिलकण्ठ, कपनलगायतका क्षेत्रमा पनि प्रतिकार जुलुस निस्केको छ । माओवादी कार्यकर्ताहरुले प्रतिकार भइरहेको क्षेत्रमा जान खोजेकाले झडप रोक्न प्रहरीले सावधानी अपनाइ रहेका छन् ।

पर्वतका नेपाल तरुण दलको नेतृत्वमा निस्केको प्रतिरोध जुलुसले माओवादीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेका छन् । यद्यपी नियनत्रणमा आउन सकेको छैन ।

त्यसैगरी सुनसरीमा पनि बन्द अबज्ञा गरेर पसलहरु खोलेका छन् । प्रतिकारको नेतृत्व प्रायः सत्तारुढ दलमा तरुनहरुले गरेका छन् । माओवादीले जारी राखेको आमहडतालको बिहीबार पाँचौ दिन । लगातारको बन्दले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । लगातार पाँचौ दिन मुलुक ठप्प छ । सुरुका दिनहरु शान्तिपूर्ण रहेपनि दिन दिनै आन्दोलन हिंसात्मक बन्दै गएको छ । बन्दले पीडा भोगेका कारण कतिपय स्थानमा माओवादीको प्रतिकार गरिएको छ । झडपहरु सुरु भएका छन् । माओवादी कार्यकर्ताहरु बिहानैदेखि राजधानीका सडकमा बसिसकेका छन् ।

Wednesday 5 May 2010

चुरो कुरो जनताको सत्ताकै

३ महिना पनि तिक्दैन भनेको सरकार हेर्दाहेर्दै १ बर्ष पुग्न लागेपछी माओवादीको कन्चेट तात्नु स्वाभाबिकनै भयो। डा. बाबुराम भट्टराईले भने:हजारौं सहिदले बलिदान दिएर निर्माण भएको लोकतान्त्रिक गणतन्त्रमा हिजोकै मुठीभरका सामन्तबादीहरुले रजाँई गरेका छन्। यो सरकार नेपाली जनताको पिलो हो। पिलो निचोर्दा दु:ख त हुन्छ, तर त्यो पालेर राख्न पनि हुँदैन।

नेपाल सेनाको काउन्टर बिग्यप्ती:

फेसबुक र इमेलहरुमा सेनाका विभिन्न वाहिनीबाट प्रधानसेनापतिलाई ज्ञापन पत्र भन्दै प्रचार भएपछि सेनाले वक्तव्य नै निकालेर त्यसको खण्डन गरेको छ।


सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

बिज्ञप्ति नं : ९२

मिति : २०६७ बैशाख २२ गते

समय : १५४० बजे

ध्यानाकर्षण

१. आज मिति २०६७ बैशाख २२ गते ईमेल तथा विभिन्न संचारमाध्यममार्फत नेपाली सेनाका बाहिनी अड्डाका नामबाट प्रेषित ज्ञापन पत्र भनी प्रचार प्रसार गरिएको तथ्यहीन सूचनावारे नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ।

२. ज्ञापन पत्र भनि दुष्प्रचार गरिएको उक्त इमेल कुनै पनि व्यक्ति वा संस्थाबाट आधिकारीक रुपमा प्रेषित गरिएको नभै बेनामी पत्रको रुपमा तयार गरिएको देखिएकोले त्यस्ता कागजपत्रको कुनै पनि विश्वसनियता नहुने व्यहोरा सर्वविद्धितै छ। त्यस्तै उक्त पत्रमा उल्लेख गरिएको ५ बाहिनी अड्डा दिपायलमा नै नरहेको, ९ बाहिनी अड्डा भकुण्डे वेशीमा नै नरहेको, १३ बाहिनी अड्डा र १७ बाहिनी अड्डा नेपाली सेनाको सांगठनिक संरचनामा नै नरहेकोले त्यस्ता समाचार पूर्णतया भ्रामक रहेको समेत पुष्टि हुन्छ।

३. त्यसप्रकारका दुष्प्रचारबाट नेपाली सेनाका कुनै पनि व्यक्ति भ्रममा नपर्ने भएतापनि आम नेपाली जनसमुदायलाई भने भ्रममा पार्ने दुष्प्रयास भएको स्पष्ट देखिन्छ। तसर्थ, त्यस्ता कपोलकल्पित, तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति रत्तिभर विश्वास नगर्न आम नेपाली जनसमुदायलाई नेपाली सेना हार्दिक अपिल गर्दछ।

४. साथै, नेपाली सेनाका प्रत्येक सदस्यलाई आफ्नो कर्तव्यबोध हुनुको साथै त्यसप्रति कटिबद्ध समेत रहेको र संस्थाको नेतृत्व एवं चेन अफ कमाण्डमा आवद्ध रहि रहने कुरामा समेत आम जनसमुदायलाई पुनः आश्वस्त पार्न चाहन्छ।

सेनालाई झुटो पत्र:

सम्माननिय प्रधानसेनापति ज्यू
प्रधानसेनापतिको कार्यालय,
जंगी अडडा काठमाडौ।
ज्ञापन पत्र

उपरोक्त सम्बन्धमा हामी यो देश नेपालका अभिन्न अंगकोरुपमा रहेका नेपाली सेना हौ। त्यही हैसियतले देशमा हामी कति सचेत अबस्थामा रहने र देश प्रतिको भाबना, देश प्रति सेवा कुन कुन तरिकाले गर्ने भन्ने बिषयमा यहांहरुलाई सर्बबिदितै छ। हाल नेपालमा देखिएको अबस्था र बिगतमा नेपाली सेनाले आन्तरीक बिद्रोह दमनमा भोगेका कुराहरु हामीले पटक पटक बाहिनी ,पृतना सम्मेलन मार्फत दर्शाएकै हो। हामीले देशमा अहिले कुन भुमिका निर्वाह गर्ने भन्ने कुराहरुको बिषयमा नेपाली सेनाका तल्लोतह गूल्म , से.मु. , पत्ति तथा व्यक्तिगत रुपमा समेत राय बुझनु पर्ने हुन्छ। यसको अभाव तल्लो तहमा सधै भइरहयो। किनकि विगतमा नेपाली सेनाले आन्तरीक बिद्रोहदमन कार्य जसरी सफलतापूर्बक गर्न सकिएन त्यसको कमजोरी पनि हामी सबैलाई थाहा छ। नेपाली सेनामा कतिपय आन्तरीक बिद्रोह वा गृह यूद्धको अबस्थामा लोभ लालच गरी अकुत सम्पत्ति कमाउने देखि आफनो व्यक्तिगत स्वार्थ तर्फ लागेका प्रशस्त कार्यहरु भए। जसले गर्दा उद्देश्य पुरा नभई सेनाको बफादारी इमान्दारी तथा सेवाप्रति र पेशा नै भुल्ने अबस्थाको सृजना हुन पुगेको जस्तो देखिएको थियो भन्ने कुरा नकार्न मिल्दैन। अबका दिनमा सर्बप्रथम यस्तो हुन नदिनका लागी पहल कदम लिन अनिवार्य छ।

हाल नेपालमा विगतको जस्तो स्थिती लाई जसरी राजनितिकदलहरुले सहजै रुपमा लिएका छन त्यो पटक्कै हुन नसक्ला। अब नेपाली सेनामा आफनै देशका दाजूभाई संगै लडेर भिडेर के उपलव्धी हुने रहेछ भन्ने विषयमा समिक्षा गर्नुपनि आवश्यक छ। हामी नेपाली सेनामा रहेका छौ हाम्रो नेत्तृत्व पंडत्ति चेन अफ कमाण्ड अझै दरिलो भरिलो चुस्त र र्स्फुत रहोस तर सबैको भावाना बुभेर मात्र। यदी हामी आमर्ीै तहदेखि पृतना बाहिनी गण गुल्म सेनामुख. पत्ति लेबल सम्म तथा व्यक्तिगत तहसम्म हामीले भावाना बुझन नसकि माथिल्लो तहले मात्र निर्णय गरी सेना परिचालन गर्ने निर्णयमा सरकार तथा राजनितिक दलहरु संग सहमत भएमा हामी प्रत्यक्ष रुपमा फिल्डमा रहेका कमाण्डरहरु तथा सकल दर्जाहरुले आफनो विवेक प्रयोग गर्ने अवस्था आउन सक्छ।

हामी देशमा जुनसुकै पार्टीको सरकार आवस हामी त्यसमा सरोकार नराखी सच्चा देशभक्ती पूर्ण राष्टि्र्रय नितिको अनुसरण गरौ। आपसी समझदारीका साथ राय सुझाब र सल्लाहका साथ अगाडी बढौ अन्यथा आफनो व्यक्तिगत स्वार्थसिद्ध का लागी कूनै राजनितिक पार्टीको आड नलागौ यदि हामी कुनै पार्टीको आड लागी गलत प्रकृया अपनाएमा देशले ठुलो दुर्घटनाको सामना गर्नूपर्ने त छदैछ नेपाली सेनामा पनी ठुलो घटना घटन सक्ने अनुमान गर्न सकिन्छ। तसर्थ हामी अहिलेको परिबेश सम्म आईपुग्दा सम्म पनि नेपाली सेनामा आफना कुराहरु स्वतन्त्र पूर्वक बोल्न लेख्न तथा भन्न नपाउने अबस्थामा छौ। हामी सम्पूर्ण सकल दर्जाहरुले के भन्छौ भने देशका राजनितिक पार्टीहरुले आफनो स्वार्थसिद्धिका लागी सेनाका उच्च पदमारहेका व्यक्तिहरु संग मात्र सम्झौता गरी आफनै देशका जनताबिरुद्ध दमनमा उतार्ने काम नगरुन त्यसको प्रतिफल राजनितिक पार्टी र सेनाका सहमत हुने उच्च पदस्थ कमाण्डर हरुले अबश्य भोग्नु पर्नेछ। राजनितिक पार्टीहरु सेनालाई त्यति सहज अबस्थाको नेपाली सेना नठानुन अब नेपाली सेनाका सबै तहमा सत्रै क्षेत्र, बर्ग जाती को उपस्थिती छ। र केही न केहि देशप्रतिको भावना बुझ्ने अबस्थापनि रहेेको छ। नेपाली सेनालाई यदि जबरजस्ती तरिका बाट आफनै देशका जनता बिरुद्ध दमन गर्न लगाएमा वा आदेश दिएमा हामी नेपाली जनता बिरुद्ध हतियार तेर्साउने अवस्थामा छैनौ। त्यो अवस्था आएमा भबिष्यले नै बताउने छ। हामी नेपाली सेना भित्र लिखित तथा मौखिक रुपमा पटक पटक राय सुझाब दिदा पनि सुनुवाई नभएको ले हामी बाध्य भएर देशको अखण्डता शान्ति र बिकासको लागी यो लिखित ज्ञापनपत्र नेपाली सेनाका प्रधानसेनापति मार्फत नेपाल सरकार ,रक्षा मन्त्रालय , बिभिन्न मानवअधिकारवादी संघ संस्था, पत्रकार बुद्धिजिवि लगायत आम नेपाली जनताहरुमा मिडिया मार्फत हाम्रो आवाज जनस्तरमा पुरयाउनको लागी अपिल गर्दछौं।

सहभागिहरु

श्री नं. ४ बाहिनी अड्डा ,

नेपालगञ्ज। अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

श्री नं. ५ बाहिनी अड्डा

दिपायल अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

श्री नं. १७ बाहिनी अड्डा

काठमाण्डौ अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

श्री नं. ९ बाहिनी अड्डा

भकुण्डेबेसि अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

श्री नं. १३ बाहिनी अड्डा अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

श्री पूर्वी पृतना हे. क्वा.. अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

नेपाली सेना

जंगी अड्डा काठमाण्डौ

अन्तरगतका सम्पूर्ण परिवार

आज कहाँ के के भयो? :राष्ट्रिय मानवअधिकार आयोग

-भक्तपुरको न्यातपोल मन्दिर अगाडि एकिकृत नेकपा (माओवादी) का कार्यकर्ता जम्मा भएको थाहा पाएर गल्लीबाट निस्कँदै गरेका नेकपा (एमाले) निकट युवासंघ कार्यकर्तालाई एकिकृत (माओवादी) का कार्यकर्ताले लखेटेको। यस क्रममा भाग्दै गरेका युवासंघका कार्यकर्ताले प्रहार भएको गोली स्थानीय एक व्यक्तिको घरको छतमा लागी भुईमा खसेको। त्यसपछि गोली प्रहार गर्ने व्यक्ति ४ ओटा गोली र १ थान म्यागजिन भुईमा फाली भागेको। एकिकृत (माओवादी) कार्यकर्ताहरूले उक्त वस्तुहरू सङ्कलन गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको।
- चौथो दिनसम्मको बन्द तथा हड्तालले गर्दा दुर्गम पहाडी जिल्लाहरू बाजुरा, अछाम, बझाङ र दार्चुलामा खाद्यान्न र आवश्यक औषधी ढुवानी हुन नसक्दा सङ्कट बढेको र औषधी अभाव चुलिदै गएको पाइएको। यसले खाद्यान्न र औषधी अभावको कारणले दुर्गम जिल्लाहरूमा रोग फैलन सक्ने देखिएको।
-आमजनताको आधारभूत आश्यकताका वस्तु खाद्यान्न, तरकारी, दूध ढुवानीमा समेत अवरोध उत्पन्न भएको। दैनिक काम गरेर गुजारा चलाउनु पर्ने न्युनआय भएको वर्गको दैनिक जीवनचर्या अत्यन्तै जटिल बनेको।
- हिजो बिहान काठमाडौं चुच्चेपाटीस्थित नेसनल टेलिभिजन सम्बद्ध कर्मचारी राम थापालाई केहि प्रदर्शनकारीले आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याएको। हिजै बेलुका ५ बजे कैलाली जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारीहरूले एकजना अपरिचित व्यक्तिलाई कार्यक्रम बिथोल्न आएको भन्दै कुटपिट गरेको।
- काठमाडौं उपत्यका, धनगढी लगायतका स्थानमा आज भएको प्रदर्शनमा बालबालिकाहरूको प्रयोग भएको पाइएको।
- काठमाडौंमा शान्तिसुक्षाका लागि खटिएका आधा दर्जनजति प्रहरीलाई प्रदर्शनकारीले घाइते बनाएको।
-नेपालका सीमावर्ती सहरहरूमा भारत तथा अन्य स्थानबाट आएका यात्रुहरू साथै, हवाइ तथा स्थल मार्ग हुँदै आन्तरिक आवागमन गर्ने यात्रुहरू अलपत्र परेका। कतिपय बिरामीहरू उपचारका लागि स्वास्थ्य केन्द्र वा अस्पत्ताल सम्म जान सक्ने अवस्था नरहेको। सुत्केरी लगायत अस्पत्तालबाट डिस्चार्ज भएका बिरामी समेत घर फर्कन नपाएको।
-भक्तपुर, धनुषा, रुपन्देही, बारालगायतका जिल्लाहरूमा युवासंघ, मधेसी जनअधिकार फोरम
(लोकतान्त्रिक), केही राजनीतिक दलहरू तथा किसानहरूले आमहड्तालको विरोधमा नाराजुलुस लगायतका गतिविधि गरेका।
by Salokya at 5/5/2010 8:42:34 PM9:42 PM

मे ५ का द्रिस्यहरु:





Tuesday 4 May 2010

अरुका बुद्धीले राजा बन्नु भन्दा आफ्नै बुद्धीले नोकर बन्नु राम्रो


यो बि.बि.सी मा एकजना मित्रले भनेको कुरा हो।बिगतमा माधव कुमार नेपाललाई माओवादीले नराम्रो पाराले धोका दिएको सर्बबिदित्तै छ। सम्बोधनमा बेग्त गरेझैं माधव कुमार नेपालले अनेकौं अपमानको बिष पिएर निलकन्ठ बनेको कुरा पनि सत्य नै हो। अनी अस्ति रामचन्द्र पौडेलले बि.बि.सीको साझा सबालमा भनेजस्तै जनताले दुई दुई ठाउँबाट हराएपनी माधव कुमार नेपाललाई सम्सदमा ल्याउने पनि खुद माओवादीनै हो।
झन्डै एक बर्ष कुर्चीमा रनभुल्ल माधव कुमार नेपालले उद्घाटन गर्दै हिड्ने मन्त्रीको उपमा पनि पाए।थिम्पु जानु अगी फर्केपछी राजीनामा दिन्छु भनेका माधव नेपाल फर्कदा फेरी मनमोहन सिंहको समर्थन १४ गते पछिपनी छ भन्दै पो फर्किए। अपमानको ईतिहास रचेका उनले यदि साँचै लचक,इमन्दार र आफ्नै बुद्धिमा चल्ने नेताको परिचय दिन चाहने हो भने यो उनको लागि नैतिकताको सुनौलो अबसर थियो।

लौ यस्तो पो देखापर्यो नागरिकदैनिक पढ्न खोज्दा



WANTED
By U.S. MARSHALS
Name: JOSHI,PANKAJ
Alias: PANKAJ,JOSHI
Sex................................................. MALE
Race...............................................ASIAN OR PACIFIC
ISLANDER
Date of Birth................................. 03/12/1984
Place of Birth................................Nepal
Height............................................5'08"
Weight........................................... 144 pounds
Eyes............................................... Brown
Hair............................................... Black
CHARGE: FRAUD, UNLAWFUL FLIGHT TO AVOID PROSECUTION
BOND: $10,000.000.00
PANKAJ JOSHI IS CURRENTLY SOUGHT BY THE LONE STAR FUGITIVE TASK FORCE. JOSHI WAS INDICTED IN 2009
BY A TRAVIS COUNTY GRAND JURY IN AUSTIN, TX FOR CLAIMING A LOTTERY PRIZE BY FRAUD, AND IN THE
WESTERN DISTRICT OF TEXAS FOR UNLAWFUL FLIGHT. IF YOU KNOW THE WHEREABOUTS OF PANKAJ JOSHI,
YOU ARE ENCOURAGED TO CONTACT THE LONE STAR FUGITIVE TASK FORCE AT (512) 916-5393 (24 HRS) OR YOUR
NEAREST LAW ENFORCEMENT AGENCY.
http://www.usdoj.gov/marshals
NOTICE TO ARRESTING AGENCY: Before arrest, validate warrant through National Crime Information Center (NCIC). If arrested or
whereabouts known, contact the nearest United States Marshals Office or call the United States Marshals Service Headquarters at
1-877-WANTED2.
U.S. Department of Justice
United States Marshals Service

हड्तालको तेस्रो दिनका द्रिस्यहरु:



जनकपुरको मसान जुलुश्:





काठमान्डौं: सुन्धारा र रिङ्गरोड

Monday 3 May 2010

आज कहाँ कहाँ के भयो ?

राष्ट्रिय मानवअधिकार आयोगको वक्तव्यको अंश- आयोगको केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरूबाट खटिएका १५ ओटा टोलीहरूले प्राप्त गरेका तथ्यहरू निम्न छन्

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी तथा दुध बोक्ने ट्यांकर, एम्बुलेन्स, मानवअधिकार आयोग, मानवअधिकार अनुगमनकर्ता, सञ्चारकर्मी रेडक्रस, कुटनीतिक नियोग, फोहोर सङ्कलनका सवारी साधनहरू सुचारु पाइएको। प्रदर्शनस्थल हुँदै जानै अत्यावश्यक सेवाका सवारी साधनहरुलाई प्रदर्शनकारीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न लगाएको। कतिपय सवारीसाधनहरूमा सामान्य सोधपुछ गरिएको।
दिउँसो १ः३० बजे पोखरा नागढुँगास्थित सिसुवा मेडिकल हलमा स्लाइन पानी दिन ल्याएका तीन बर्षीय बालक सन्देश पौडेलको उपचार हुँदाहुँदै ४५/५० को सङ्ख्यामा आएका प्रदर्शनकारीले उक्त मेडिकल हलमा तोडफोड गरेको। आक्रमणमा बच्चाको टाउकोमा चोट लाग्नुका साथै मेडिकल सञ्चालक टीकाराम शर्मा समेत घाइते भएका।
प्रदर्शनकारीहरुले कीर्तिपुरमा एउटा मोटरसाइकल, बुटवलमा राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ गार्मेन्टमा क्षति पुर्‍याएका।
रुपन्देही देवदह खैरेनीमा ना १४ प १६४४ र बा १४ प ५३२६ नम्बरको मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेको। मोटरसाइकलमा आगजनी गरेको आरोपमा रुपन्देहीमा प्रहरीले ११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको। उनीहरूलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलमा राखिएको।
पोखरा, धनगढी लगायतका स्थानमा प्रदर्शनका क्रममा बालबालिकाको प्रयोग भएको पाइएको।
काठमाडौं उपत्यकामा केही प्रदर्शनकारीहरू बिरामी परेको पाइएको ।

एक्लो ब्रिहस्पती, बिचरा बाम्देव


एक असल नागरिकको हैसियतले हेर्दा बामदेव गौतममात्र एमालेका अन्तिम क्रान्तिकारी नेता हुन जस्तो लाग्छ। बाँकीलाई दक्षिणपन्थी हावाले छोईसकेको छ। गिर्जाबाबुले भन्ने गरेझैं झलनाथ झल्ला नेतानै रहेछन्। कैले हल्का अग्रगमनको मुरली
बजाईपनी हाल्छन, नत्र केपि र माकुने गुठको डरले चुपचाप बसिदिन्छन्। कस्तो सहकार्य गर्दैछन कुन्नी माकुने सँग बर्तमान परिप्रेक्छेयमा?
बामदेवले एमाले भन्दा एक कदम अगाडि बडेर सोच्छन जसले गर्दा उनलाई माओवादी एजेन्टका रुपमा परिभ्हसित गर्छन् उन्कै समकक्षिहरु। माओवादीसँग सम्बन्ध चिसिरहेको बेला उनले कैले माओवादीसँग सहकार्य गर्नुपर्छ, कैले माओबादिकै नेत्रित्योमा सम्युग्त सरकार बन्नुपर्छ जस्ता कुराले बिगतमापनी एमाले नेता कार्यकर्ताको पारो तताए। एेले त झन प्रध्हन्मन्त्रीको राजिनामा मागको ग्यापन्पत्र काण्डले उनलाई मन नपराउनेहरुको संख्ह्या बडाएको छ। फेसबूक र टुइटर जस्ता सन्जालमा उनका बिरोध गर्ने थुप्रै एमाले नेता कार्यकर्ता भेटिन थालेका छन्। हुँदा हुँदै एइले आएर आँफुलाई युथ फोर्स बतौने समुहले आइतबार राती 9848309047, 984802891, 9848480860, and 9849233823 यी चार नम्बरबाट ज्यान मार्ने ध्हम्की दिए। गौतमले भने आफ्नै पार्टीका नेताहरुको आरोप लगाएका छन्। एक्लो ब्रिहस्पती, बिचरा बाम्देव।

Sunday 2 May 2010

गिर्जाबाबुको कमी महसुस हुनसक्छ प्रचन्डलाई

हुन त उनी छापामार युद्दका नायक हुन्, आँफैमा एक कुसल नेता।तर पछिल्लो समयमा गिरिजाबाबु भनेपछि मरिहत्ते गर्ने, उनलाई पितासरह दर्जा दिन रुचौउने प्रचन्डले खुलामन्चमा पनि गिर्जाबाबुले अब तपाईंनै प्रधान्मन्त्री हुनुहुनेछ भनेको समेत भन्न भियाए। रास्ट्रपतीको मामिलामा गिर्जाबाबुलाईनै पल्टौन सफल प्रचन्डले पछि त्यो आफ्नो गल्तिमद्धे एक भएको पनि गिरजाबाबुलाई सुनाए।

फोटो:हेर्नुस् त कति मक्ख छन् प्रचन्ड

तरल राजनैतीक परिस्थ्हितीमा गिरिजाबाबुलाई अत्तेन्तै विश्वाश मान्ने र सिङ्गापुरमा समेत भेट्न पुग्ने प्रचन्डलाई यतिखेर भने निर्णय लिननै नसक्ने एमाले र कङ्रेसका दोस्रो पुस्ताका नेताहरुसँग उक्चस्तरिय निस्कर्सहिन बार्ता गरिरहँदा गिरिजा प्रसाद कोइरालाको अत्त्यन्त कमी महसुस भएको हुनसक्छ।

मे १ र् यालीबारे अल जजिरा भिडियो :

माओवादीको मे २ आमहड्तालका तस्बिरहरु:





























माओवादीको मे १ सडक अन्दोलनका तस्बिरहरु:





















Free counter and web stats