Friday 23 July 2010

एमालेको गलत नीतिका कारण खनाल नचुनिएकोः माओवादी

किरण पुन, काठमाडौं, साउन ६- बहुमतका लागि पनि आफ्नो पार्टीले मत दिने स्पष्ट पार्दापार्दै एमालेको गलत नीतिका कारण खनाल चुनिन नसकेको माओवादीले बताएको छ।


प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनाललाई बहुमतकै सरकार बनाउन समर्थन दिएको एकीकृत माओवादीले जनाएको छ।
बुधबार माओवादी पदाधिकारी बैठकले एमालाई ‘४०१ पुर्‍याउने शुभेच्छासहित आफ्ना २३७ मत दिने' पत्र पठाएको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

‘पत्रमा दुई तिहाइ भए समर्थन गर्ने र नत्र नगर्ने भन्ने कुनै सर्त थिएन,' श्रेष्ठले नागरिकसित भने, ‘भारतीय स्वार्थअनुकूलको उम्मेदवारलाई जुनसुकै मूल्यमा हराउने र प्रगतिशील गठबन्धन बनाउने' रणनीतिमा माओवादीले खनाललाई सघाउने निर्णय गरेको थियो।

माओवादीले बुधबार दिउँसो खनालका लागि आफू सम्मिलित ११ दलीय गठबन्धनलगायतसँग पनि मत मागेको श्रेष्ठले बताए। ‘११ दलको मोर्चाभित्र र बाहिर हामी दिनभर खनालका पक्षमा मत माग्यौं,' उनले भने, ‘अन्तिम घडीमा फिर्ता लिने भयौं भनेपछि मात्र आफ्नो उम्मेदवारीका लागि तयार भयौं।'

बुधबार दुई तिहाइ (४०१) नपुगेकाले एमाले केन्द्रीय समिति निर्णयअनुसार प्रस्तावक माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिए।

एमाले संस्थापन पक्षले खनाललाई ‘खुट्टा बाँधेर फुटबल खेल्न पठाएको' भन्दै पार्टी निर्णयकै आलोचना गरेको छ। केन्द्रीय समितिमा केपी ओली-माधवकुमार नेपाल पक्षको बहुमत छ।

माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई खनालको भर नपर्न भन्दै उम्मेदवारी दिन कर गरेका थिए। खनालले उम्मेदवारी झिकेपछि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल निर्विरोध हुने आशंका उनीहरुको थियो।

‘यसपटक देशभक्त, संघीयता, धर्मनिरपेक्षता पक्षधर प्रगतिशील गठबन्धनको सरकार हुन सकेन,' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले नागरिकसँग भने, ‘एमालेलाई हामीले सहयोग गर्‍यौं, अब उसको र मधेसीको समर्थन जुटाउन कोसिस गर्छौं।'

कांग्रेस कस्तो रणनीति बनाएर आउँछ, त्यसकै आधारमा माओवादीले शुक्रबारको रणनीति बनाउने उनले बताए। ‘मधेसीसँग संघीयतालगायत मुद्दा मिल्छ,' सचिव पोष्टबहादुर बोगटीले भने, ‘त्यसैले अन्तिमसम्म मधेसवादीले हामीलाई समर्थन गर्ने सम्भावना छ।' बहुमत पुर्‍याउन कांग्रेसलाई १८७ मत चाहिन्छ भने माओवादीलाई ६४ भए पुग्छ।

Monday 19 July 2010

झलनाथ र स्यान्ड्विच




माओबादीले समर्थनको ललिपप फेरी झलनाथतिर कोल्टाएको छ। यसअगी गिर्जाबाबुलाई रास्ट्रपती र माधव कुमार नेपाललाई प्रधानमन्त्रीको गुलाफजामुन प्लेट्सम राखेर तानेको दुनियाँ साछी छ। माओवादीको जे माग हुन्छ त्यो पूरा हुन नेपाली राज्नितिमा असम्भबप्राय देखिन थालिसकेको छ। यो पटक फेरी झलनाथको बिगतमा नेताद्वको जस्तै हालत नहोला भन्न सकिन्न।

यदि झलनाथमा समर्थन जुटिहालेपनी नेपाली राजनीतिको बागडोर सम्हाल्न उनलाई हम्मे हम्मे पर्नेछ। (भारत,केपी ओली, काङ्रेस) र माओबादिका परस्पर बिरोध्ही राजनैतीक स्रिन्खलाहरुबिच उनी स्यान्ड्विच बन्ने पक्का छ।

Wednesday 14 July 2010

फेसबूकमा नग्न युबकको आतंक

बिनय डि.सि नाम गरेको प्रोफाईलबाट अचानक नग्न तस्बिर्हरुसहित अस्लिल भाषामा गाली गलोज गरेर फेसबूकका नेपाली साथीहरुलाई धमाधम ट्याग वा मेसेज गरिंदै छ। लाजको भाग हटाएर राखिएको यो फोटोमा ट्याग हुनेहरुमा:

In this photo: Aman Dc (Photos), Bishnu Bhattarai (Photos), Manish Limbu (Photos), -Bhandari Raj Kiran (Photos), Bhimmaya Poudyel (Photos), Neha くろ Яai (Photos), Buffalo Dai, 'Basanta Subedi' (Photos), -Akash Chandra Nyaupane (Photos), Bishnu Adhikari (Photos), Nanu Thapa (Photos), Rabina Rai (Photos), Tika Bhandari (Photos), Bishnu Chhetri (Photos), Budha Basnet (Photos), Smita Thapa (Photos), Arjun Rai, Anuska Karki (Photos), Aahna Sharma (Photos), -Manoj Kumar Neupane (Photos), Mandira Rana, -Somendra Ghimire, Alina Singh (Photos), Amar Amatya (Photos) आदि छन्।
बिनय डिसी ले आफ्नो प्रोफाईलमा येस्तो लेखेका छन्-

i am binay dc,i am MR dang,i want to make friends from different part of the world.
Basic info Gender: Male
Birthday: 01 January 1980
--------------------------------------------------------------------------------
Relationship Status: Single
-------------------------------------------------------------------------------
Interested in: Women
Looking for: Dating
--------------------------------------------------------------------------------
Current location: Dang, Nepal
Political Views: dirty game
Religious views: religious person
-------------------------------------------------------------------------------
Bio: I am binay dc from Dang,i am Mr dang,i want to be your friend ,kya mujhse dosti karoge?
-------------------------------------------------------------------------------
Favourite Quotations help for poor peoples


सर्सर्ती हेर्दा यी मान्छे मिस्टर दाङ र बडि बिल्डेर होलान् जस्तो देखिन्छ। नग्न युबकका तस्बिर उनको चेहरा सँग उती मिल्दैन। आखिर को हुन बिनय डिसी र किन उनले येस्तो गरे वा कसैले उनलाई धोका दियो ? धमाधम ट्याग हुनेहरुमा कतै तपाईँपनी पर्नु त भएन। कृपया आफ्नो फेसबूकका फोटोहरु सबै हेर्नुहोस् र लज्जित हुन बाट बच्नुहोस्।
Free counter and web stats