Tuesday 26 October 2010

'भ्रष्ट्राचारमा नेपाल अगाडि'

काठमाडौं, कात्तिक ९ - ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति झन खराबतिर लागेको तथ्य सार्वजनिक गरेको छ। १ सय ७८ देशमध्ये भ्रष्टाचारको तहमा नेपाल १ सय ४६ औँ स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। भ्रष्ट्राचार घटाउने कूल दस अङ्कमा नेपालले २.२ मात्र प्राप्त गरेको छ। अघिल्लो वर्ष कुल १८० देशमध्ये नेपाल १४३ औँ स्थानमा रहेको थियो।
ट्रान्सपरेन्सीले प्रदान गरेको सूचकाङ्कको दस अङ्कले न्यून भ्रष्टाचार रहेको र ० अङ्कले बढी भ्रष्टाचार रहेको जनाउँछ।

नेपालले सन् २००४ मा दुई २.८, २००५, २००६ र २००७ मा २.५, २००८ मा २.७ र २००९ मा २.३ अङ्क पाएको थियो।

यो वर्षको सूचिमा डेनमार्क, न्यूजिल्याण्ड र सिङ्गापुरले ९.३ अङ्क प्राप्त गरी सबैभन्दा स्वच्छ मुलुकको रूपमा सूचिकृत भएका छन्। अफ्रिकी राष्ट्र सोमालिया १.१ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार रहेको मुलुकको रूपमा सूचिकृत भएको छ।

यस्तै एसियाली मुलुक म्यान्मार र अफगानिस्तानले पनि १.४ अङ्क प्राप्त गरी बढी भ्रष्टाचार हुुने मुलुकको रूपमा सूचिकृत हुन पुगेका छन्।

यसैगरी भुटानले ५.७ अङ्क प्राप्त गरी दक्षिण एसियाली राष्ट्रमध्ये कम भ्रष्टाचार हुने राष्ट्रको रूपमा सूचिकृत भएको छ भने भारतले ३.३, श्रीलङ्काले ३.२, बङ्गलादेशले २.४ र पाकिस्तानले २.३ अङ्क प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकको रूपमा देखिएका छन्।

नेपालको अस्थिर राजनीतिका कारण सुशासन र भ्रष्टाचार नियन्त्रण ठूलो चुनौतिको रूपमा देखा परेको तथा राजनीतिक नेतृत्वमा आवश्यक प्रतिबद्धता र इच्छाशक्ति पनि नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले ठहर गरेको छ।

भ्रष्टाचार न्यून गर्न यस वर्ष सरकारका तीनवटै अङ्ग, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, पेसागत तथा व्यावसायिक सङ्गठनलगायत अन्य सरोकारवालसँग मिलेर सदाचार पद्धति बढाउन पहल गरिने ट्रान्सपरेन्सी इन्टरनेसनल-नेपालका अध्यक्ष बिष्णुबहादुर केसीले जानकारी दिए। -रासस

१३ औं पटकको पराजयपछि पौडेलले भने, 'उम्मेदवारी फिर्ता लिन्न


काठमाडौ, कार्तिक ९ - नेपाली काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधान लेखन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सुनिश्चित नभएसम्म आफूले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका छन् ।

'म ती दुई महत्वपूर्ण विषयमा माओवादीले सुनिश्चितताको प्रतिबद्धता नगरेसम्म प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन्न' १३ औं पटक पनि पराजित भएपछि संवाददातहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'तीन दलबीच भएको तीन बुँदे सहमतिको पहिलो बुँदा कार्यान्वयन हुनुपर्छ ।'

संविधानसभाको म्याद थप गर्ने बेलामा माओवादी काँग्रेस र एमालेबीच तीन बुंदे सहमति भएको थियो । त्यसको पहिलो बुँदामा शान्तिप्रकृया र संविधान निर्माणमा सहमति जुटाउने उल्लेख थियो । काँग्रेसले तेस्रो बुँदामा रहेको प्रधानमन्त्रीको राजीनामा सम्बन्धी विषय कार्यन्वयन भएको उल्लेख गर्दै‍ पहिलो बुँदा कार्यन्वयन हुनुपर्ने उल्लेख गर्दै आएको छ ।

पौडेलले तीन दलबीच प्रधानमन्त्री चयनका विषयमा सहमति जुटाउन प्रयासरत रहेको जानकारी दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्किएपछि सहमतिका लागि कुराकानी गरिने दावी गरे । दाहाल मंगलबार राति फर्कने कार्यक्रम छ ।

रासस

Friday 22 October 2010

झिटीगुन्टा कोटेश्वर पठाइसकें


काठमाडौ, कार्तिक ५ - कामचलाउ सरकारको हनिमुन अवधि निकै पीडादायी भएको बताउँदै आएका प्रधानमन्त्री माधवकुमार

नेपालले बिहीबार फेरि भने, 'म बालुवाटार छाड्न आतुर छु ।'

'बालुवाटार छाडेर कोटेश्वर जान म आतुर छु, मेरो झिटीगुन्टासमेत कोटेश्वर पठाइसकेको छु,' एक कार्यक्रममा सँगै सहभागी भएका दलहरूका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले भने, 'बालुवाटार बस्ने व्यक्ति पठाइदिनुहोस्, म कोटेश्वर गइहाल्छु ।'

उनले सहमति जुटाउन आफूले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ताका लागि पाँच दिनदेखि समय मागे पनि नपाएको दुखेसो पनि पोखे । 'मैले दलहरूबीच सहमति जुटाउन प्रचण्डजीसँग भेट्न खोजें,' नेपालले भने, 'तर पाँच दिन भयो प्रचण्डजीले समय दिनुभएको छैन ।'

प्रधानमन्त्रीले त्यसो भन्दा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सँगै थिए । श्रेष्ठले प्रधानमन्त्रीको भनाइमा तत्कालै खण्डन गर्दै 'अध्यक्ष प्रचण्डको जिम्मा आफू लिने' बताउँदै भेटवार्ता हुने बताएका थिए ।

प्रधानमन्त्रीले नयाँ सरकार बन्ने अवस्था तत्कालै नदेखिएको र तत्कालै बजेट नल्याए मुलुक आर्थिक संकटमा पर्ने उल्लेख गर्दै त्यसबाट बचाउन बजेट ल्याउने तयारी सरकारले गरेको पनि बताए । 'माओवादीले नचाहे पनि बजेट ल्याउने काम रोकिने छैन,' रिपोर्टर्स क्लबको चियापानमा प्रधानमन्त्रीले भने, 'देशलाई बचाउने कि नबचाउने माओवादीले पनि सोच्नुपर्छ ।' माओवादी सहमतिको बाधक रहेको बताउँदै प्रधानमन्त्रीको उम्मेदवारी कांग्रेसले फिर्ता लिँदैमा सहमति हुन नसक्ने बताए । 'सहमति र उम्मेदवारी फिर्ता प्याकेजमा हुनुपर्छ,' उनले भने ।

कांग्रेस सभापति सुशील कोइरालाले सहमति गर्ने र नगर्ने भन्ने बल माओवादीको कोर्टमा रहेको बताए । सहमति नहुँदासम्म उम्मेदवारी फिर्ता नलिने अडान यथावत् रहेको बताउँदै भने, 'शान्ति प्रक्रिया, संविधान निर्माणमा सहमति भए कांग्रेसलाई जो सरकारमा आए पनि आपत्ति हुँदैन ।' उनले कार्यान्वयनको अनभूति हुने गरी शान्ति प्रक्रिया र संविधानबारे सहमति हुनुपर्ने बताए ।

एमाले अध्यक्ष झलनाथ खनालले सहमति नभएमा 'दलीय व्यवस्था नै असफल हुने' उल्लेख गर्दै प्रमुख तीन दलबीच सहमति आवश्यक रहेको बताए । 'तीनै लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरू एक ठाउँमा आउनैपर्छ । नत्र दलीय व्यवस्था नै असफल हुने खतरा छ,' खनालले भने । उनले राष्ट्रिय सहमतिको सरकार, शान्ति र संविधान प्याकेजमा सहमति हुनुपर्ने बताए ।

माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बजेट ल्याउन हुन्न भनेर माओवादीले नभनेको बताउँदै कामचलाउ सरकारले ल्याउँदा गलत सन्देश जान्छ भन्ने मात्रै धारणा रहेको बताए । उनले माओवादीको जोड संविधान, शान्ति र सहमतिमा रहेको बताउँदै प्रधानमन्त्री पद प्रमुख एजेन्डा नरहेको बताए । 'राष्ट्रिय सहमति बन्दा सबै भन्दा ठूलो दलको नाताले सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ भन्ने स्वतः दाबी हो,' भट्टराईले भने ।

Thursday 21 October 2010

१३ हजार राँगा र खसीबोकाको बध


धार्मिक विश्वासमा परेर दसैँमा सप्तरीस्थित दुई ठाउँका दुर्गा मन्दिरमा मात्र १३ हजार राँगा र खसीबोकाको बध गरिएको छ । ती मन्दिरमा सयौँ पक्षीको बलिसमेत दिइएको छ ।
भारदह गाविसस्थित कंकालिनी र छिन्नमस्ता सखडेश्वरी दुर्गा मन्दिरमा ठूलो संख्यामा पशु र पक्षी बलि दिइएको हो । दुर्गा मन्दिरमा बली दिएमा मनोकांक्षा पूरा हुने विश्वास र परम्पराका नाममा पशुबलि दिने चलन बढ्दै गएको छ । एउटै जिल्लामा यति धेरै पशुबलि हुँदासमेत पशुअधिकारवादीहरूले कुनै विरोध गरेनन् ।

कंकालिनी भगवती मन्दिरमा यस वर्ष दसैँका नौ दिनमा करिब सात हजार खसीबोका बलि दिइएको मन्दिर विकास समितिका उपाध्यक्ष चन्दनकुमार कापैरले जानकारी दिए । पूजा समितिका सचिव विनोद माझीका अनुसार महानवमीका दिन मात्रै तीन सय ८३ राँगाको बलि दिइएको थियो ।
मन्दिर विकास समितिका सहसचिव रामुकुमार विश्वासले राँगाको बलि बढी हुने गरेको बताए । नेपालमा बाराको गढिमाइपछि कंकालिनीमा ठूलो संख्यामा राँगाको बली दिने गरिएको छ ।
यसबाहेक कंकालिनीमा एक सय बढी जोडी हाँसको समेत बलि दिइएको पूजा समितिले जनाएको छ । कंकालिनीमा हरेक वर्ष पशुबलि बढ्दै गएको छ । यसअघि ०५६ सालमा एक सय ६ राँगा बलि दिइएकोमा ०६६ सालको महानवमीमा तीन सय १५ राँगा काटिएको थियो । दुर्गा मन्दिरमा बीभत्स रूपले बलि दिइन्छ । कंकालिनीमा यस वर्ष महानवमीको दिन एउटा राँगालाई दुईजनाले पालोपालै गरी १३ पटक खुकुरी छप्काएर बध गरेका थिए । राँगाबलिका सहसंयोजक बच्चालाल मण्डलले भने, 'ठूलो राँगा भएकाले यस्तो भएको हो ।'
निःसन्तानलाई सन्तान हुने, रोग निको हुने विश्वासमा मन्दिरमा बलि दिनेहरू बढेको कंकालिनी मन्दिरका मुख्य
पुजारी चन्द्रकान्त भारतीले बताए । उनले दाबी गरे, 'यस मन्दिरमा भाकल गरेकाको मनोकामना पूरा भएपछि बलि नदिने धैरैको अनिष्टसमेत भएको छ ।'
हालै शक्तिपीठका रूपमा स्थापित छिन्नमस्ता सखडेश्वरी मन्दिरमा पनि यस वर्षको घटस्थापनादेखि दसमीसम्म करिब ६ हजार खसीबोकाको बलि दिइएको मन्दिरका पिठाधीश महाकान्त ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले पनि दिनहुँ एक सयदेखि डेढ सयको हाराहारीमा खसीबोकाको बलि दिइने गरिएको छ ।
यसैबीच, अघिल्लो वर्षमा सप्तरीका दुई-तीन ठाउँका मन्दिरमा हुने गरेको पशुबलि यस वर्ष बढेको छ । बेल्हीको गहवर काली मन्दिरमा यस वर्ष महानवमीका दिन २८ राँगा र तीन सय ५० खसीबोका काटिए । कोइलाडीस्थित काली मन्दिरमा पनि १७ राँगा र तीन सय ४२ खसीबोका बलिका नाममा काटिएका थिए । सकरपुरामा तीन राँगा र दुई सय तीन खसीबोका बली चढाइएको स्थानीय बासिन्दा उग्रकान्त झाले जानकारी दिए । राजविराज नगरपालिकाको राजदेवी मन्दिर परिसरमा पनि दसैँमा करिब दुई हजार खसीबोकाको बलि दिइएको छ ।
पशुबलि विरोध भए पनि परम्पराका नाममा यो क्रम रोकिएको छैन । जैन धर्मावलम्बी थानसिंह भन्सालीले पशुबलिको प्रदर्शन गरेर विरोध गरे पनि दुर्गा मन्दिरमा बलि दिन नछाडिएको गुनासो गरे । उनले भने, 'पशुबलि प्रथा सबै मिलेर रोक्नुपर्छ ।'

Thursday 14 October 2010

खगेन्द्र गिनिजको होचा


पोखरा, आश्विन २८ - पोखरामा गिनिज बुक अफ द वल्र्ड रेकर्डले बिहीबार खगेन्द्र थापा मगरलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान गरेको छ ।

रेकर्डसका उपाध्यक्ष मार्को फिरगाटीले एक समारोह बीच पोखरामा होचा व्याक्तिको प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् । खगेन्द्रको उचाई ६७ दशमलब ८ सेन्टिमिटर र तौल ६ दशमलब ५ किलोग्राम रहेको छ ।

बाग्लुङको धुल्लुबांस्कोट ६ उल्लेरीमा जन्मेका उनी बिहीबारबाट १८ बर्ष पूरा गरेर १९ औं बर्षमा प्रवेश गरेका छन् । प्रमाणपत्र समारोहमा खगेन्द्रलाई बधाई दिन र हेर्न बिभिन्न क्षेत्रका व्याक्तिहरूको जमघट भएको थियो ।

सरकारले दिएको नागरिकता, स्वास्थ्य परीक्षण लगायतलाई आधार मानेर खगेन्द्रलाई होचा व्याक्तिको प्रमाणपत्र दिईएको मार्कोले बताए । खगेन्द्रको बारेमा थप अनुसन्धान र परीक्षण गरी होचा व्याक्तिको प्रमाणपत्र प्रदान गर्न दुई दिनअघि गिनिजको टोली पोखरामा आईपुगेको थियो ।

उनको वास्तविक उचाई र तौल पत्ता लगाउन बुधबार स्थानीय फेवासिटी हस्पिटलमा बालरोग बिशेषज्ञ डा. हुमप्रसाद न्यौपानेले बिहान, दिउँसो र साँझ परीक्षण गरेका थिए । साथै बिहीबार बिहान पनि परीक्षण गरिएको थियो ।

होचा व्याक्तिको प्रमाणपत्र पाएका खगेन्द्र यतिखेर सबैका चासो र आर्कषणका व्याक्ति बनेका छन् । उनको बारे बुझ्न बिभिन्न अन्र्तराष्ट्रिय, राष्ट्रिय संचार संस्थाका प्रतिनिधिहरू यतिबेला पोखरामा आईपुगेका छन् । खगेन्द्रलाई हेर्न बिहानैदेखि पाखरामा भीड लागेको छ ।

जन्मदा अण्डाको आकार जस्ता खगेन्द्र बाँच्ने आशा मारिसकेका आमा धनकला र बुबा रुपबहादुरले छोराको कारण नेपालको नाम संसारमै प्रसिद्व भएकोमा खुसीले हर्षविभोर भएको व्यक्त गरे ।

Thursday 7 October 2010

प्रधानमन्त्री नयाँ भेषमा

प्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति मन्त्री मिनेन्द्र रिजाल (बायाँ) र स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा बसन्तपुरमा पर्यटन वर्ष २०११ को सय दिने उल्टोगन्तीको सुरुवातका अवसरमा सडकमा सफाइ गर्दै।बल्ल भने माकुनेले कुनै राम्रो काम गरे। नत्र उद्घाटन समारोहमा रिबन काटेरनै जिन्दगी फालेका थिए।
हुनलाई यो नौटकिंनै भएपनि यस्ता कार्य हुनु सभ्य समाजको लागि सोभनिय छ। गरिबिको कोखबाट जन्म लिनुपर्ने कम्युनिष्ट नेत्रितो आज्कल पुजिबादी र दक्षिण्पन्थीहरुको कोखबाट जन्म लिन्छ। यस्तै माहोलको राजनीति गरिरहेका काम्रेडले एक्काएक कुचिकारको काम गर्दा मलाइ भने कता कता उनी बल्ल कम्युनिष्ट देखिएको भान भयो।

Wednesday 6 October 2010

प्रधानसेनापती बेलायतमा

बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति छत्रमानसिंह गुरुङले मंगलबार बेलायती सेनाप्रमुख सर पिटर वालसँग भेटवार्ता गरेका छन् ।

बेलायतको रक्षा मन्त्रालयस्थित वालको कार्यकक्षमा बुधबार भएको भेटमा द्विपक्षीय हितका विषयहरूमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसक्रममा बेलायती सेनाका उच्चपदस्थ अधिकृतहरूले सेनापति गुरुङलाई 'ब्रिफिङ' गरेका थिए ।

त्यसअघि मंगलबार सेनापति गुरुङको सम्मानमा हर्स गार्ड परेडमा पहिलो बटालियनको ग्रेनेडियर गार्डले गारत प्रदान गरेको थियो । गुरुङले सम्मान गारतको निरीक्षणसमेत गरेका थिए ।

उनलाई बेलायती सेनाका रथी पल न्युटन र उपरथी विलियम कुविटले स्वागत गरेका थिए । सेनापति गुरुङले परराष्ट्र तथा राष्ट्रमण्डल कार्यालयमा अवस्थित दक्षिण एसिया र अफगानिस्तान निर्देशनालयका निर्देशक कारेन पियर्स र अन्तरराष्ट्रिय विकास विभागका स्थायी उपसचिव मिनोस सफिकसँग पनि भेटघाट गर्नेछन् ।

सेनापति गुरुङको भ्रमण दलमा श्रीमती कमला गुरुङ, उपरथी नेत्रबहादुर थापा र प्रमुख सेनानी शिवशंकर गुरुङ सम्मिलित छन् । सेनापति असोज २७ गते स्वदेश फर्कने छन् ।

मह जोडीको पाठशाला हेरेपछी

साँचै नै मह जोडी रास्ट्रका गहना हुन्। पहिला मैले उनिहरुलाई लण्डन एअरपोर्ट, नाता जस्ता अडियो क्यासेटहरुबाट चिन्ने मौका पाए। बिस्तारै बुज्दै जाँदा उनिहरु हास्यचेतनाका मात्र नभएर बिगत र बर्तमानका महान जनाअन्दोलन्हरुका सहोदर महनायकहरुसमेत रहेछन्। संबिधानसभासम्बन्दी टेलीफिल्म मदनबहादुर हरिबहादुर पछि फेरि उनिहरु पाठसाला नामक टेलिचलचित्र मार्फत सामुदायक बिद्यालय मार्फत कसरी शिक्षाको आमुल परिवर्तन गर्न सकिन्छ देखाउन लागिपरेका छन्।सायद उनिहरुको महत्व बुझेका रातामकै अर्थात किरण केसीले उनिहरुको मुर्ती बनाएर पुजा गर्छु भन्छन् रे।
मह जोडिमा म भन्दानी ह अर्थात हरिबंशको अबिनय हेर्न लायक हुनेगर्छ। टेलीफिल्म मदनबहादुर हरिबहादुरमा हरिबहादुरको रोल होस् वा पाठसालामा हेड्मास्टरको उनको अभिनयले दर्सकको मन तान्ने गर्छ। तर हरिबंसभने मदन दाइबिना म अधुरो छु भन्ने गर्छन्। यदि पाठ्साला हेर्नु भएको छैन भने हेर्नुहोला, अनी संगै मिलेर कामना गरौं मह जोडी लामो समय बाचोस्।

Monday 4 October 2010

फेरी आइसक्रिम पसल उद्घाटनमा


आफ्नो प्राधनमन्त्रीकाल कुनै ठोस् उपलब्धीभन्दा प्राय उद्घाटन समारोहहरुमै बिताएका कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल फेरी नेपाली पत्रपत्रिकाहरुमा आइसक्रिम चाट्दै गरेको फेला परे। कारण एउटा आइस्क्रिम पसलको उद्घाटन गर्न पुगेछन उनी।
प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेका मान्छे देशको यस्तो बिसम परिस्ठितीमा कति धेरै फुर्सद पाउँछ? अनी फुर्सद नै भैहालेनी कुनै लोककल्याण्कारी सामाजिक काम भन्दा किन यस्ता फितलो कार्यक्रममा भाग लिन पुग्छन्? आफ्नो स्ट्यान्डर्ड मैन्टैन नगर्ने यस्तै नेताहरुको चालले गर्दा त दक्षिणतिरको छिमेकीले भाडाको टट्टु बनाएको छ नेपालका मन्त्रीहरुलाई।
Free counter and web stats