Friday 11 February 2011

झापड हान्न लायक झलनाथ

यतिखेर गिर्जाबाबुको याद आइरहेछ, उसो त मिडियामा उनी कसैलाई इज्जत गर्न जान्दैनथे सिवाय आफ्नो दाजु बिपीलाई। तैपनि झलनाथलाई गिर्जाबाबुले भनेजस्तै झल्ला नेताको सङ्या दिए हुने भैसकेको छ। खास गरि उनले प्रचन्डसँग सम्जौता गरेको भनेका पछिल्ला दुई कटवाल काण्ड र सात बुँदेबाट। उनको अपरिपक्क राजनैतीक चालले मुलुकको यो बिसम परिस्थितीलाई गन्तब्य देला जस्तो देखिदैन, बरु उनी बालुवाटारमा बस्ने दिनहरु गनिन बेर छैन। एमालेको ठोस् रणनितीको अभाब मुलुकको दुर्गतीको प्रमुख कारण हो। एमालेमा रहेका दक्षिणपन्थी र क्रान्तिकारी भनिएकाहरुबिच लगनगाँठो जोडियोकी भनेजस्तै देखिएको साता अगीको नेपाली राजनीति फेरि थाङ्नोमा सुतेको छ।
Free counter and web stats