Thursday 22 September 2011

खै ओली


सत्ताधारीवाट प्रतिपक्षमा पुगेपछी अहिले एमाले समिक्षामा जुटेको छ। जसका लागी अहिले केन्द्रिय समितिको बैठकमा व्यस्त छन्। बैठक अहिले बाबुराम भट्टराई नेतृत्वको सरकारको समिक्षामा बढी केन्द्रित छ। हिजो झलनाथ खनाल प्रधानमन्त्रीहुँदा माओवादीसँग भएको सम्झौता झै बाबुरामले प्रधानमन्त्री बन्न मधेसी मोचासँग गरेको चार बुँदे सहमतीको चिरफारमा एमाले नेता आफ्नो मगज खियाईरहेको बेला घोचपेच विज्ञ केपी ओली भने मौन छन्।

सुविधासम्पन्न कालो सवारी छाडेर बाबुराम भट्टराई मुस्ताङ म्याक्स चढ्न थाले। सेनामा १० हजार मधेसीलाई प्रवेश गराउने सहमती गराए। सरकारी राहत कार्यक्रम घोषणा भयो। दौरा सुरुवाललाई राष्ट्रिय पोशाकवाट हटाउने निर्णय भयो। क्यान्टोनमेन्टको चावी शिविर अनुगमन विशेष समितिलाई बुझाउने निर्णयले माओवादीमा भुईचालो गयो। जुन अहिलेपनी कायम छ। बैद्यसँग घाटी जोडेका बाबुराम अहिले पुष्पकमल दाहालसँग घाटी जोड्न पुगेका छन्। कम्ति रोचक हुने थिएन यि घटनाक्रमबारे केपीको तुक्कापूर्ण टिप्पणी। तर, अफसोच १७ दिन देखी हामीलाई मनोरञ्जनवाट वञ्चीत गराईरहेका छन् केपी ओलीले।

राजनीतिक रुपमा त्यत्ति रुचिकर पात्र नभएपनी उनको सस्ता, तिखा उखान तुक्कापूर्ण टिप्पणी खुवै रुचाईन्छ नेपाली राजनीतिमा। उनका विरोधीपनि उनका टिप्पणी भने खुव रुचीपूर्वक पढ्छन्, सुन्छन्। अनी सञ्चारमाध्यममा पनि राम्रै स्थान पाउँछन् उनका टिप्पणीले।

सर्वसाधारणको के कुरा अन्य दलका नेताहरु पनि खुव चाख लिन्छन् ओलीले आफैंमाथी गरेका टिप्पणिलाई। माओवादी अध्यक्ष दाहाल हुन या बाबुराम वा उनकै दलका झललनाथ खनाल लगायतका नेता, उनीहरुका लागी ओली अरुचीकर पात्र भएपनी उनका तुक्का भने मन पराउँछन् उनीहरुले पनि। तर, अहिले उनीहरु पनि निरास होलान्। कारण, ओली मौन छन्।

पछिल्लो चरण आपराधिक गतिविधिमा सँलग्नलाई संरक्षण दिएकोमा उनको खुवै आलोचना भयो। हतियार सहित समातिएका दिनेश अधिकारी चरीलाई संरक्षण दिएको आरोपवाट मुक्त हुन नपाउंदै उनी पुन पर्शुराम बस्नेतको संरक्षकको रुपमा सार्वजनिक भएपछी उनको राजनीतिक साखमा ठुलै धब्बा लाग्यो। पत्रकार अपहरण कुटपिट गरेको घटनालाई उनले भट्टीमा भएको झगडा भन्दै सस्तो टिप्पणी गरेपछी उनी आलोचीत बने।

प्रहरी सूचीका सँगठीत समुहका नाईके चरीलाई प्रहरीले फसाएको भन्दै सार्वजनिक कार्यक्रममा जोगाएको केही दिनमै चरी पुन गैडाको खागको कारोवार गरेको आरोपमा पक्राउ परेपछी भने ओलीको बोली बन्द भएको थियो। पर्शुरामको पक्षमा खुलेर लागेका युवा संघ अध्यक्ष महेश बस्नेतलाई स्यावासी दिएपछी झन आलोचना चुलियो। विस्तारै ओली मौन हुँदै गए। बाबुराम प्रधानमन्त्रीमा चुनिएपछी छ उनले ठ्याप्पै बोल्न छाडिदिए।

तर, एकाएक ओलीले मौन व्रत किन लिए? यसको रहस्य के होला?

ओलीका केही चर्चित बोली
संविधान सभामा एमाले तेस्रो दल भएपनी सानो पार्टी नभएको दावी गर्दै
–हात्ती दुब्लाउँदैमा बोरामा अट्दैन। मुसो मोटाएर हात्ति बन्दैन।
–आकार ठुलो हुँदैमा कोही बुद्धीमान हुन्न। आकारकै कुरा गर्ने हो भने मान्छे भन्दा भैसी ठुलो छ। तर के भैसी मान्छे भन्दा बढी बुद्धीमान छ?
–बनमाराको झाडिमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन। एमाले पीपलको बिरुवा हो, माओवादी बनमारा झाडी। पिपल बढेपछी वनमारा आफैं खुईलिएर जान्छ।

–शुसिलेवाट पुतली बनेपनी झुसिलेलाई पुतली भन्न मिल्दैन। झुसिले झुसिले हो,पुतली पुतली हो। अहिले माओवादी झुसिले हो। हामी पुतली बनाउँछौं अनी पुतली भनौला। (माओवादी बामपन्थी नभई उग्रबामपन्थी पार्टी रहेको टिप्पणिमा )

–सिनोमा हिरोले हिरोइनलाई अँगालो हाल्छ,काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्। जव सिनेमा सकियो के को लभ पर्नु? हिरो एकातिर, हिरोइन अर्कोतिर। हामीले जति राम्रो बनाउन खोजेपनी एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो। ( एमाले र माओवादी पार्टीको सम्बन्धबारे )

–केपी ओलीले कुनै कक्षा दोहोर्‍याएर पढेको छैन र पढ्दैन पनि। ( पुन उपप्रधानमन्त्री बन्ने हल्लाको खन्डन गर्दै )
–बाबुराम भट्टराईजी सम्बन्ध चिसियो भनेर आउनुभा रछ, तताएर जानु भयो। (बाबुराम ओलीलाई भेट्न उनको निवास बालकोटमा आएपछीको प्रतिकृया ं)

–बाँदरले रुख हल्लाउने मात्रै हो रुखै भाँच्न सक्दैन। ( माओवादीले गरेको शक्ति प्रर्दशनको प्रतिकृया )

काठमाडौंमा रिसाएको विरालो रोल्पामा गएर खाँबो चिर्तोछ भने के नै गर्न सकिन्छ र।(माओवादीवारे टिप्पणि )
–प्रचन्डको सम्बोधनमा आदरणीय बा रे, आदरणीय आमा रे। आदरणिय दाजुभाई, दिदीबहिनी रे। बाको खुट्टा भाँच्या छ, आमाको टाउको फोर्या छ, दाजुभाईको नलीहाड फुटालेको छ। पहिलो टाउको फोर्ने अनी कानवाट खुँदो खन्यादिने। ( प्रचन्डले प्रधानमन्त्रीको रुपमा गरेको सम्बोधनप्रछीको टिप्पणि )

–छलफल नगराई जे मन लाग्यो त्यही गर्ने एमाले कसैको प्राइभेट लिमिटेड हैन ( झलनाथ खनालले एकलौटी निर्णय गरेको आलोचना गर्दै )

–अर्जुनले चराको आँखा मात्रै देखेजस्तै प्रचन्डले पनि कुर्सी मात्रै देखिरहेका छन् ( प्रचन्ड पुन प्रधानमन्त्रीको उम्मेदवार बनेपछी )
{Copyright: The above article is derived from Hamroblog}

Monday 5 September 2011

रामराज्यको अपहार्यिता

लन्डन-भर्खरै रेगल कोन्सुलटेन्सीका संचालकले नमिठो गुनासो पोखे। सस्पेन्सनमा परेको कलेजले उनिमार्फत अप्पलाई गर्ने बिधार्थीहरु २ करोड पचास लाख खाइदियो रे। सहयोगकोलागि दुताबास,एनआरएन,नेता, सोलिसिटर सबै चाहारे रे। तर ६ महिनाको निरर्थक प्रयासपछी भोलि घर बेचेर रिन तिर्ने सोच्दै उड्न लागेछन्।
बिदेशमा साचिँनै नेपाली दुताबास,एनआरएन, पार्टीका नेता र अन्य सङ्सस्था निकममा छन्। नेपाली भएर बाँच्न पनि गाह्रो मर्न पनि गारो। केइ समय अगाडि मृत्‍यु भएका १२ लाख भन्दा माथी रिन बोकेका एक जना साथिका बाबु छोराको सब बटुल्नलाई घर जग्गा धितो राखेर भौंतारिदै छन् रे भन्ने पनि सुनियो।
युके जस्तो सम्ब्रिद्द देशमा त नेपालीहरुको हालत दयनिय हुन्छ भने, खाडी मुलुक जहाँ मानब तस्करी हुन्छ, त्यहाँ कस्तो होला सजिलै अनुमान गर्न सकिन्छ।मुलुकलाई बास्तबमै 'रामराज्य'को खाँचो छ। नत्र हामि नेपालीहरु न स्वदेशमा खुशी रहन सक्छौ न बिदेशमा।
Free counter and web stats