(युथफोर्सबाट कुटिएका बिराट्नगरका पत्रकार खिलाराज ढकाल)
माओवादीहरुले चन्दा उठाएको देख्ने, वाइसियलले हत्या हिँसा अपरहरण गरेको देख्ने पार्टीहरुले एमालेले गुन्डा पालेको किन देख्दैनन होला? ठेक्कापट्टा कब्जा गर्ने क्रममा वाइसियलका दुई कार्यकर्ता मार्ने धादिङ्का एमाले सभासद राजेन्द्र पाण्डेका युथ फोर्स कार्यकर्ता हुन वा बिराट्नगरमा मराडासण्य हुने गरि पत्रकार चुट्ने परसुराम बस्नेत, पछिल्ला दिनहरुमा वाइसियल होईन युथ फोर्सको मुलुकभर बिग्बिगी छ।
राजनीतिको रंग दलेर दिन्दहाडै मुलुकका चर्चित डनहरुलाई कार्यक्रम् उद्घाटन गर्न पठाएर एमालेले नेपाली जनतामाथी बेङ्य प्रहार गरेको अनुभुती हुन्छ। चर्के मिलन्, चरी जस्ता डनहरुले अहिले एमालेको राजनैतीक संरक्षण पाइरहेका छन्।पत्रकार खिलाराज ढकालका प्रमुख आरोपी आफूसंगै भएको र अदालतले दोशी देखाए पक्डेर लान युथ फोर्स अदक्ष महेश बस्नेतको दिएको चेताबनीले एकपटक फेरि एमालेको गुन्डागर्दीले झस्काउँछ।
Monday, 13 June 2011
Saturday, 4 June 2011
गोर्खा सैनिकलाई उच्च अवार्ड
अफगानिस्तान युद्धमा देखाएको बहादुरीका लागि बेलायती सेनाका नेपाली कर्पोरल दीपप्रसाद पुनलाई महारानी एलिजाबेथ द्वितीयाले वीरतासम्बन्धी दोस्रो ठूलो पदक प्रदान गरेकी छन्। बकिङ्घम दरबारमा बुधबार राति आयोजित विशेष समारोहमा महारानी एलिजाबेथले पुनलाई ‘कन्स्पिस्युअस ग्यालन्ट्री क्रस’ अवार्डले सम्मानित गरेकी हुन्।
बेलायती रक्षा मन्त्रालयका अनुसार यो अवार्ड भिक्टोरिया क्रसपछि दोस्रो ठूलो हो। उदाहरणीय बहादुरीका लागि प्रदान गर्न सन् १९९३ मा स्थापित यो अवार्ड पाउने पुन बेलायती सेनाका पहिलो नेपाली हुन्।
गोर्खा राइफल्स फस्ट बटालियनका पुन सन् २००० मा बेलायती सेनामा भर्ती भएका हुन्। उनी यसअघि बोस्निया र कोसोभोमा खटिएका थिए। पुनका बुबा र हजुबाले पनि गोर्खा सेनामा काम गरेका थिए।
पुरस्कार प्राप्त गरेपछि बेलायती सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिँदै पुनले भनेका छन्, ‘दरबारमा आएर कन्स्पिस्युअस ग्यालन्ट्री क्रस प्राप्त गर्दा धेरै उत्साहित र खुशी छु। यो भविष्यका लागि राम्रो सम्झना हुनेछ।’
पुनले प्राप्त गरेको पदक र उनको बहादुरीको प्रशंसा गर्दै बेलायती सञ्चार माध्यमहरूले प्रमुखतासाथ समाचार दिएका छन्।
म्याग्दी बिम गाविसका ३१ वर्षीय पुन २०६७ असोज १ राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित सैनिक चौकीमा आक्रमण गर्न आएका लडाकुसँग एक्लै लडेका थिए। यो भिडन्तमा उनले चौकी बचाएका थिए।
सानो जाँच चौकीमा तीनमात्रै सैनिक रहेको बेला ड्युटीमा रहेका पुनले १५ मिनेटभन्दा बढी करिब तीस तालिबान लडाकुसँग एक्लै लडेका थिए।
लडाकुले चौकीमा एके ४७ र मोर्र्टार आक्रमण गरे पनि पुनको निरन्तर प्रतिरक्षाले तालिबान पछि हटेका थिए। तालिबानले उनको चौकीमाथि नियन्त्रण कायम गर्न सकेको भए त्यहाँ रहेका सबै सैनिक मारिने उनले बताए।
तालिबानसँग संघर्षका क्रममा उनले ४ सय राउन्ड गोली, १७ वटा ग्रिनेड र एउटा माइन विष्फोट गराएका थिए।
‘चौकीलाई तालिबानले वरिपरिबाट घेरेका थिए, मसँग लड्नेबाहेक विकल्प थिएन,’ उनले एएफपीसँग भनेका छन्, ‘म निश्चित रूपमा मारिन्छु भन्ने थियो। मर्नुभन्दा अघि धेरैभन्दा धेरैलाई मार्नुपर्छ भनेर मैले सोचेँ।’
उनले भने, ‘त्यसपछि मलाई उनीहरूले मार्न सक्छन् भन्ने नै कहिल्यै लागेन।’

Subscribe to:
Posts (Atom)