
२०५३ असोज ४ गते संसदबाट दुई तिहाइ बहुमतले महाकाली सन्धिलाई पारित गरेको थियो। त्यो असमान सन्धि पारित गराउन पर्दा पछाडिबाट मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति थिए केभी राजन, नेपालका लागि तत्कालीन भारतीय राजदूत। नेपाली राजनीतिमा भारतीय हस्तक्षेप चुलिएको भन्दै आलोचना भइरहँदा बुधबार साँझ तिनै राजन काठमाडौं ओर्लिएका छन्।
भारतको नेपाल कुटनीति राजनको ८ वर्षे काठमाडौं बसाइमा सफल रहेको मानिन्छ। यी तिनै राजन हुन् जसले महाकाली जस्तो असमान सन्धि पारित गराउन नेपाली राजनीतिमा दुई तिहाइ बहुमतको सहमति जुटाएका थिए। त्यो सन्धिमा राष्ट्रघात भएको भन्दै बामदेव गौतम सहितका नेताले एमाले दुई चिरा समेत भयो। त्यतिबेला महाकाली नदी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मिलेर भारतलाई सुम्पेका थिए।
महाकाली सन्धिमा राष्ट्रघात भयो भन्ने एमाले नेताहरु बामदेव गौतम, साहना प्रधान, राजेन्द्र श्रेष्ठ अहिले त्यही ‘राष्ट्रघाती’ एमालेमा फर्किएका छन्। भारतीय प्रधानमन्त्रीका विशेष दूत श्यामशरण फर्केको एक साता नबित्दै राजन काठमाडौं आउनुले नेपाली राजनीतिमा भारतीय स्वार्थ झनै चुलिएको स्पष्ट संकेत गर्छ। राजतन्त्रको अन्त्यपछि नेपाली राजनीतिको प्रत्यक्ष रेफ्रीको भूमिका खोजिरहेको भारतको राजन कुटनीति कति सफल हुन्छ त्यो हेर्न धेरै दिन कुर्नु पर्दैन।
"भाई फुटे गबार लुटे" भनेजस्तै नैतिकता बेचेका नेपाली नेताहरुका कारण यस्ता थुप्रै के.भी राजनहरु भारतले जन्माइरह्नेछ र नेपालले महाकालीहरु गुमाइरहनेछ। तर आज हाउसमा भारतिय कुट्नितैकलाई देश निकाला गर्ने र शरणको भ्रमणलाई अघोसित मान्न गरिएको निर्णयले नेपाली हुनुको निरिह स्वाभिमानमा केही राहत मीलेको छ।
No comments:
Post a Comment