
स्मरण रहोस् कामरेड झलनाथ खनाललाई इटहरिमा आफ्नै पूर्व पार्टी कार्यकर्ता देवी प्रसाद रेग्मीले झापड हानेका थिए। त्यो बेला एमाले सम्बद युथ फोर्सले इटहरी बन्द गरे पनि देविप्रसादलाई झलनाथले माफि दिएपछी फास्फुस सेलाएको थियो।
मिडियाहरुको पिपली लाइव बन्द भएपछि देविप्रसादले दु:ख पाउने केही ब्लगरहरुले लेख्न पनि भियाएका थिए। नभन्दै केही महिना पछि सम्म उनी तारेख धाउँदै रहेको छापाहरुमा आयो। देविप्रसादको झलनाथसँग गुनासो थियो- समयमा सरकार बनाउन नसक्ने, सम्बिधान लेख्न नसकेर देशमा शान्ति सुरक्षा कायम गर्न नसक्नु। देविप्रसाद २ हप्ता पत्रपत्रिकामा हिरो भए, प्रहरीले केरकारमा माफि माग्न लगाएपनी गाउँमा माफि मागेको खबर
अहिले फेरि अर्का झ कामरेडलाई यो काण्डले सतायो। झक्कु प्रसाद सुबेदी जस्ले एमालेका बरिस्ठ नेता र तत्कालिन महासचिब माकुनेलाई काठ्मान्डौ २ बाट सम्बिदानसभाको चुनाबमा पाखा लगएका थिए।तिनकुनेका चिया पसलेले समयमा संबिधान जारी गर्न नसकेको र जनतालाई दु:ख दिएको भनि दुई झापड हाने रे। घटना कान्तिपुर कार्यालय बाहिर भएको र कान्तिपुरकै सम्बद्दाताले इन्टर्भ्यू लिना भियाएकोले कतै कान्तिपुरले उचाल्यो की जस्तो पनि देखिन्छ।
जे होस् झापड काण्ड सेलाएको छैन अब पालो काङ्रेस नेताको हो कि?
No comments:
Post a Comment