Friday, 23 July 2010

एमालेको गलत नीतिका कारण खनाल नचुनिएकोः माओवादी

किरण पुन, काठमाडौं, साउन ६- बहुमतका लागि पनि आफ्नो पार्टीले मत दिने स्पष्ट पार्दापार्दै एमालेको गलत नीतिका कारण खनाल चुनिन नसकेको माओवादीले बताएको छ।


प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनाललाई बहुमतकै सरकार बनाउन समर्थन दिएको एकीकृत माओवादीले जनाएको छ।
बुधबार माओवादी पदाधिकारी बैठकले एमालाई ‘४०१ पुर्‍याउने शुभेच्छासहित आफ्ना २३७ मत दिने' पत्र पठाएको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

‘पत्रमा दुई तिहाइ भए समर्थन गर्ने र नत्र नगर्ने भन्ने कुनै सर्त थिएन,' श्रेष्ठले नागरिकसित भने, ‘भारतीय स्वार्थअनुकूलको उम्मेदवारलाई जुनसुकै मूल्यमा हराउने र प्रगतिशील गठबन्धन बनाउने' रणनीतिमा माओवादीले खनाललाई सघाउने निर्णय गरेको थियो।

माओवादीले बुधबार दिउँसो खनालका लागि आफू सम्मिलित ११ दलीय गठबन्धनलगायतसँग पनि मत मागेको श्रेष्ठले बताए। ‘११ दलको मोर्चाभित्र र बाहिर हामी दिनभर खनालका पक्षमा मत माग्यौं,' उनले भने, ‘अन्तिम घडीमा फिर्ता लिने भयौं भनेपछि मात्र आफ्नो उम्मेदवारीका लागि तयार भयौं।'

बुधबार दुई तिहाइ (४०१) नपुगेकाले एमाले केन्द्रीय समिति निर्णयअनुसार प्रस्तावक माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिए।

एमाले संस्थापन पक्षले खनाललाई ‘खुट्टा बाँधेर फुटबल खेल्न पठाएको' भन्दै पार्टी निर्णयकै आलोचना गरेको छ। केन्द्रीय समितिमा केपी ओली-माधवकुमार नेपाल पक्षको बहुमत छ।

माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई खनालको भर नपर्न भन्दै उम्मेदवारी दिन कर गरेका थिए। खनालले उम्मेदवारी झिकेपछि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल निर्विरोध हुने आशंका उनीहरुको थियो।

‘यसपटक देशभक्त, संघीयता, धर्मनिरपेक्षता पक्षधर प्रगतिशील गठबन्धनको सरकार हुन सकेन,' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले नागरिकसँग भने, ‘एमालेलाई हामीले सहयोग गर्‍यौं, अब उसको र मधेसीको समर्थन जुटाउन कोसिस गर्छौं।'

कांग्रेस कस्तो रणनीति बनाएर आउँछ, त्यसकै आधारमा माओवादीले शुक्रबारको रणनीति बनाउने उनले बताए। ‘मधेसीसँग संघीयतालगायत मुद्दा मिल्छ,' सचिव पोष्टबहादुर बोगटीले भने, ‘त्यसैले अन्तिमसम्म मधेसवादीले हामीलाई समर्थन गर्ने सम्भावना छ।' बहुमत पुर्‍याउन कांग्रेसलाई १८७ मत चाहिन्छ भने माओवादीलाई ६४ भए पुग्छ।

Monday, 19 July 2010

झलनाथ र स्यान्ड्विच




माओबादीले समर्थनको ललिपप फेरी झलनाथतिर कोल्टाएको छ। यसअगी गिर्जाबाबुलाई रास्ट्रपती र माधव कुमार नेपाललाई प्रधानमन्त्रीको गुलाफजामुन प्लेट्सम राखेर तानेको दुनियाँ साछी छ। माओवादीको जे माग हुन्छ त्यो पूरा हुन नेपाली राज्नितिमा असम्भबप्राय देखिन थालिसकेको छ। यो पटक फेरी झलनाथको बिगतमा नेताद्वको जस्तै हालत नहोला भन्न सकिन्न।

यदि झलनाथमा समर्थन जुटिहालेपनी नेपाली राजनीतिको बागडोर सम्हाल्न उनलाई हम्मे हम्मे पर्नेछ। (भारत,केपी ओली, काङ्रेस) र माओबादिका परस्पर बिरोध्ही राजनैतीक स्रिन्खलाहरुबिच उनी स्यान्ड्विच बन्ने पक्का छ।

Wednesday, 14 July 2010

फेसबूकमा नग्न युबकको आतंक

बिनय डि.सि नाम गरेको प्रोफाईलबाट अचानक नग्न तस्बिर्हरुसहित अस्लिल भाषामा गाली गलोज गरेर फेसबूकका नेपाली साथीहरुलाई धमाधम ट्याग वा मेसेज गरिंदै छ। लाजको भाग हटाएर राखिएको यो फोटोमा ट्याग हुनेहरुमा:

In this photo: Aman Dc (Photos), Bishnu Bhattarai (Photos), Manish Limbu (Photos), -Bhandari Raj Kiran (Photos), Bhimmaya Poudyel (Photos), Neha くろ Яai (Photos), Buffalo Dai, 'Basanta Subedi' (Photos), -Akash Chandra Nyaupane (Photos), Bishnu Adhikari (Photos), Nanu Thapa (Photos), Rabina Rai (Photos), Tika Bhandari (Photos), Bishnu Chhetri (Photos), Budha Basnet (Photos), Smita Thapa (Photos), Arjun Rai, Anuska Karki (Photos), Aahna Sharma (Photos), -Manoj Kumar Neupane (Photos), Mandira Rana, -Somendra Ghimire, Alina Singh (Photos), Amar Amatya (Photos) आदि छन्।
बिनय डिसी ले आफ्नो प्रोफाईलमा येस्तो लेखेका छन्-

i am binay dc,i am MR dang,i want to make friends from different part of the world.
Basic info Gender: Male
Birthday: 01 January 1980
--------------------------------------------------------------------------------
Relationship Status: Single
-------------------------------------------------------------------------------
Interested in: Women
Looking for: Dating
--------------------------------------------------------------------------------
Current location: Dang, Nepal
Political Views: dirty game
Religious views: religious person
-------------------------------------------------------------------------------
Bio: I am binay dc from Dang,i am Mr dang,i want to be your friend ,kya mujhse dosti karoge?
-------------------------------------------------------------------------------
Favourite Quotations help for poor peoples


सर्सर्ती हेर्दा यी मान्छे मिस्टर दाङ र बडि बिल्डेर होलान् जस्तो देखिन्छ। नग्न युबकका तस्बिर उनको चेहरा सँग उती मिल्दैन। आखिर को हुन बिनय डिसी र किन उनले येस्तो गरे वा कसैले उनलाई धोका दियो ? धमाधम ट्याग हुनेहरुमा कतै तपाईँपनी पर्नु त भएन। कृपया आफ्नो फेसबूकका फोटोहरु सबै हेर्नुहोस् र लज्जित हुन बाट बच्नुहोस्।

Tuesday, 1 June 2010

विभूषणको चौतर्फी बिरोध

काठमाडौ, जेष्ठ १८ - पूर्वसभामुख दमननाथ ढुंगानासहित थप चार जनाले सरकारद्वारा प्रदान गरिएको विभूषण अस्वीकार गरेका छन् । उनीहरूले जनआन्दोलन २०६२/६३ लाई अपमान हुने गरी विभूषण प्रदान गरिएकामा रोष प्रकट गर्दै राज्यका तर्फबाट दिइएको सम्मान अस्वीकार गरेका हुन् ।

पूर्वसभामुख ढुंगाना, मानव अधिकारकर्मीद्वय पद्मरत्न तुलाधर र सुबोधराज प्याकुरेल तथा डा. भरत प्रधानले सोमबार प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र लेखी विभूषण अस्वीकार गरेका हुन् । उनहरूले जनआन्दोलन दबाउन भूमिका निर्वाह गरेका व्यक्तिलाई समेत विभूषण दिइएकामा असन्तुष्टि प्रकट गरेका छन् ।

ढुंगाना, तुलाधर र प्रधानले पत्रमा 'विभूषण वितरण समग्रमा २०६२/६३ सालको जनआन्दोलनको आधारभूत भावनाअनुरूप नभएको भन्ने आफूहरूलाई लागेकाले सो पदक स्वीकार गर्न असमर्थ भएको' उल्लेख गरेका छन् ।

सरकारले ढुंगाना र तुलाधरलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै राष्ट्रको तेस्रो ठूलो सम्मान 'उज्ज्वल कीर्तिमय राष्ट्रद्वीय (द्वितीय श्रेणी) दिने घोषणा गरेको थियो । प्याकुरेललाई मानव अधिकार संरक्षणमा विशेष योगदान तथा प्रधानलाई स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सुप्रबल जनसेवाश्री -तृतीय श्रेणी) विभूषण प्रदान गरेको थियो । प्याकुरेलले सोमबार विज्ञप्ति जारी गरी जनआन्दोलन २०६२/६३ का क्रममा राजधानीको कलंकीमा निहत्था आन्दोलनकारीमाथि गोली प्रहार गरी हत्या गर्ने तत्कालीन सशस्त्र प्रहरीका एसएसपी दुर्जकुमार राईलाई विभूषण दिइएकामा आपत्ति प्रकट गर्दै आफूलाई दिइएको मानपदवी अस्वीकार गरेको बताएका छन् ।

'रायमाझी आयोगद्वारा जवाफदेही बनाइएका कलंकीे नरसंहारमा मुछिएका सुरक्षा टोलीका तिनै कमान्डर राईसँगैसँगै कलंकी क्षेत्रकै तीन जना सहिदको बलिदानलाई बेवास्ता गर्दै विभूषण पहिरिने साहस ममा छैन । अतः मलाई प्रदान गरिएको विभूषण स्वीकार गर्न असमर्थ रहेको बेहोरा सार्वजनिक गर्छु,' प्याकुरेलले विज्ञप्तिमा भनेका छन् ।

प्याकुरेलका अनुसार कलंकी चोकमा राईको नेतृत्वमा २०६३ वैशाख ७ मा आन्दोलनकारीविरुद्ध व्यापक दमन र गोली प्रहार गरिएको थियो । त्यस क्रममा १२ जना घाइते भएका थिए । घाइतेमध्ये सगुन ताम्राकार र दीपक कामीको तुरुन्तै र पद्युम्न खड्काको उपचारका क्रममा वैशाख १६ गते मृत्यु भएको थियो ।

कलंकीमा राईले आन्दोलनकारीलाई पेस्तोल ताकिरहेको फोटोसमेत पत्रिकामा छापिएको थियो ।

सरकारद्वारा प्रदान गरिएको विभूषण फिर्ता लिनेको संख्या आठ पुगेको छ । यसअघि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पत्रकारद्वय युवराज घिमिरे, कनकमणि दीक्षित र पूर्वनिर्वाचन आयुक्त वीरेन्द्रकुमार मिश्रले आइतबार विज्ञप्ति जारी गरी विभूषण अस्वीकार गरेका थिए ।

यसैबीच लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन, गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठान र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजले विज्ञप्ति जारी गरी विभूषण छनोट प्रक्रिया पारदर्शी र संस्थागत नभएको तथा जनआन्दोलनका अपराधीलाई मानपदवी दिइएकामा विरोध जनाएका छन् ।

लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका तर्फबाट देवेन्द्रराज पाण्डेले विज्ञप्ति जारी गरी दोस्रो गणतन्त्र दिवसका दिन रायमाझी आयोगले जनआन्दोलनका अपराधीका रूपमा दोषी ठहर गरेका सुरक्षा निकायका तत्कालीन अधिकृतलाई समेत पञ्चायती शैलीमा विभूषित गरिँदा लोकतन्त्रका लागि उत्सर्ग गर्ने सहिद, जनआन्दोलनका सहभागी सम्पूर्ण नागरिक अपमानित भएको टिप्पणी गरेका छन् । पाण्डेले जनआन्दोलनका घाइते र सहिदका परिवारसित क्षमायाचना गरी विभूषण छनोटको निर्णय सच्याउन सरकारसित माग गरेका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले पनि विभूषण छनोट प्रक्रियाले लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने सम्पूर्ण जनता एवं सहिद परिवारको भावनामा ठेस पुर्‍याएको उल्लेख गरेको छ ।

पुनरावेदनका न्यायाधीश पनि सहमत

न्यायपरिषद्सँग परामर्श नै नगरी पाँच न्यायाधीशलाई राष्ट्रपतिले प्रदान गरेको विभूषणप्रति प्रधानन्यायाधीशले जनाएको आपत्तिको पाटन पुनरावेदनका न्यायाधीशले पनि समर्थन गरेका छन् । उक्त अदालतका न्यायाधीशको सोमबार बसेको पूर्ण बैठकले न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा प्रधानन्यायाधीशले उठाएको प्रश्न जायज भएको ठहर गरेको थियो । न्यायपरिषद्का अध्यक्ष प्रधानन्यायाधीसँग सोध्दै नसोधी मन्त्रिपरिषद्ले आफूखुसी न्यायाधीशहरूलाई विभूषण दिएकामा उनीहरूले पनि असहमति प्रकट गरे ।

सभासदहरूको आपत्ति

सरकारले जनआन्दोलनका दमनकारीसमेतलाई पदक दिएकामा सभासदहरूले विरोध गर्दै निर्णय फिर्ता लिन माग गरेका छन् ।

सोमबारको बैठकमा उनीहरूले सरकारले दोषीलाई पुरस्कृत गरेर सहिदको अपमान गरेको आरोप लगाए । पदक दिने प्रक्रियासमेत पारदर्शी नभएको भन्दै सच्याउन सरकारको ध्यानाकर्षण गराए । 'विभूषण र पदकबाट जनआन्दोलनका अपराधीलाई पुरस्कृत गर्नु आपत्तिजनक छ,' माओवादी सभासद सीपी गजुरेलले भने ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले जनतालाई ताकीताकी गोली हान्ने व्यक्तिलाई पुरस्कृत गरिएको भन्दै विरोध गरे । 'सरकारको यो निर्णयबाट दुनियाँ हाँसेको छ,' उनले भने, 'तत्काल फिर्ता लिनुपर्छ ।'

सभासद दामाकुमारी शर्माले पनि रायमाझी आयोगले ज्यान मुद्दामा कारबाही चलाउन सिफारिस गरेका व्यक्तिलाई पुरस्कृत गर्नु जनभावनाविपरीत भएको बताइन् ।

न्यायाधीशको सिफारिस दलित र निर्वाचन आयोगबाट

सरकारले पाँच न्यायाधीशलाई न्याय परिषद्को नभई दलित आयोग र निर्वाचन आयोगको सिफारिसमा विभूषण दिने निर्णय गरेको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिएका छन् । उनले पाँच न्यायाधीशलाई विभूषण दिन संविधानबमोजिम न्याय परिषद्को सहमति नलिएर सरकारले गल्ती गरेको स्वीकार गरे ।

सरकारले पुनरावेदन अदालतका न्यायाधीश रत्नबहादुर बागचन्द, जिल्ला न्यायाधीशहरू नीलकण्ठ उपाध्याय (कास्की), नवराज उपाध्याय (धादिङ), श्यामप्रसाद लावती (धनकुटा), मोहम्मद जनेद अजाद (दाङ) लाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) प्रदान गरेको छ ।

बागचन्दलाई दलित आयोग र अन्यलाई निर्वाचन आयोगले सिफारिस गरेका थिए । निर्वाचन आयोगले संविधानसभा चुनावमा मुख्य निर्वाचन अधिकृत भई उल्लेखनीय कार्य गरेको भन्दै र दलित आयोगले बागचन्दलाई कानुन र न्याय क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै सिफारिस गरेको हो ।

कोइरालाको विभूषण सुजाताद्वारा अस्वीकार

सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई दिएको विभूषण उनकी छोरी उपप्रधानमन्त्री सुजाता कोइरालाले अस्वीकार गर्ने घोषणा गरेकी छन् ।

सुजाताले विभूषण प्रदान गर्ने निर्णय गर्दा कुनै छलफल नगरी राजनीतीकरण गरिएको आरोप लगाउँदै आफूसमेत सहभागी सरकारले आफ्ना पितालाई दिएको राष्ट्रकै दोस्रो ठूलो सम्मान 'राष्ट्र गौरव' विभूषण अस्वीकार गर्ने बताएकी हुन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विभूषण छनोट समितिको सिफारिसमा राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्‍याएकामा स्व. कोइरालालाई मृत्युपर्यन्त विभूषण दिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री सुजाताले उक्त मन्त्रिपरिषद् बैठकमा आफू उपस्थित नभएको दाबी गरिन् । सरकारद्वारा वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा गठित विभूषण छनोट समितिमा गृहमन्त्री भीम रावल, गृहसचिव गोविन्द कुसुम, पूर्वसचिव सोमनाथ पौडेल, पूर्वएआईजी गोविन्द थापालगायत थिए । 'गरिमामय विभूषण प्रदान गर्दा राजनीतीकरण गरियो । कसैसँग छलफलसमेत भएन । मलाईसमेत गिरिजाबाबुलाई दिने भन्ने कुरा थाहा भएन ।

रायमाझी आयोगका अपराधीहरु बिभुसित


सरकारले जनआन्दोलन दवाउनको लागि राजधानीको
गंगवुमा गोली चलाउने सशस्त्र प्रहरीका नायब महानिरिक्षक दुर्ज कुमार राई लगाएत
रायमाझी आयोगद्वारा दोषी ठह¥याईएका अन्य व्यक्ति पूर्व प्रधानसेनापति रुक्माङगत
कटुवाल, राष्ट्रिय मानवअधिकार आयोगद्वारा दोषी ठह¥याई कारवाहीमा परेका डीआईजी कुबेर
सिंह राना लगाएतलाई पनि विभुषण र पदक जस्तो गरिमामय राष्ट्रिय सम्मान प्रदान गर्न
सिफारीस गरेको छ ।
दोस्रोजनआन्दोलनमा जनतामाथि गोली बर्साएका विवादास्पद प्रहरी अधिकृत दुर्जकुमार
राईलाई गणतान्त्रिक सरकारले पुरस्कृत गरेको छ । उनलाई रायमाझी आयोगले
जनआन्दोलनको दोषी ठहर गर्दै ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस
गरेको थियो ।
दोसीलाई कारवाही गर्नुको सट्टा उल्टै पदक दिएर सम्मानीत गर्ने हाम्रो यो सरकार कस्तो सरकार हो ?

Monday, 31 May 2010

माओवादी)को स्थायी समितिको प्रेस-वक्तव्य

प्रेस-वक्तव्य
हाम्रो पार्टी एकीकृत नेकपा(माओवादी)को स्थायी समितिको आज मिति २०६७ जेष्ठ १७ गते बिहान बसेको वैठकले गरेका निम्न निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ :-
१. तीन राजनीतिक दलबीच जेष्ठ १४ गते सहमतीय प्रणाली, संविधानसभाको म्याद थप र प्रधानमन्त्रीको राजिनामाबारे भएको सहमति महत्त्वपूर्ण घडीमा गरिएको महत्त्वपूर्ण निर्णय भएको निष्कर्ष वैठकले निकालेको छ ।

२. उपर्युक्त सहमतिमा प्रधानमन्त्रीले पाँच दिनभित्र राजिनामा दिएर सहमतिको वातावरण सुनिश्चित गर्ने र बाँकी विषयहरू छलफल गर्दै समाधान गर्ने भन्ने आन्तरिक सहमति भएको थियो । तर, तीनबुँदे सहमतिको मसी सुक्न नपाउँदै नेपाली कांग्रेस, एमालेलगायतका सत्तारूढ दलले उक्त सहमति तोडेको सन्देश दिने खालका आपत्तिजनक सार्वजनिक अभिव्यक्ति दिएकोले हाम्रो पार्टी गम्भीर र चिन्तित भएको छ । सहमतिको वातावरणमा खलल पार्ने खालका आपत्तिजनक वक्तव्यबाजी गरेर असहमति र अविश्वास पैदा नगर्न साथै सहमतिप्रति इमानदार बन्न प्रधानमन्त्रीसमेत सम्बन्धित दलहरूलाई अनुरोध गर्ने निर्णय पनि वैठकले गरेको छ ।
१७ जेष्ठ, २०६७
दीनानाथ शर्मा
प्रवक्ता

चरेश सहित भारतीय प्रहरी पक्राउ

कपिलवस्तु, जेष्ठ १७ - दुई भारतीय प्रहरीलाई लागु औषध चरेश सहित कपिलबस्तुको कृष्णनगरमा नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगरबाट आधा किलो चरेश लिएर भारत तर्फ जादैं गरेका बेला बस पार्क नजिकैबाट भारतीय प्रहरी ईन्द्रमान राय र उमेश गुप्तालाई पक्राउ गरिएको हो । उनीहरु सीमा क्षेत्रको भारत सिद्धार्थनगर जिल्लाको बढनी प्रहरी चौकीका कंस्टेबल हुन् । उनीहरु युपी ५५ एफ ६३२८ नंबरको मोटरसाईकलमा जादै गर्दा पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । दुबै भारतीय प्रहरीलाई ईलाका प्रहरी कार्यालय, कृष्णनगरमा हिरासतमा राखिएको छ ।

भारतीय प्रहरी पक्राउ परे पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता बढाएको छ । त्यसै गरी अहिले ईलाका प्रहरी कार्यालय कृष्णनगरमा थप सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षक चन्द खत्रीको कमाण्डमा सशस्त्रको टोली पनि पुगेको छ ।
Free counter and web stats