झन्डाझन्दै १४ बर्ष अगाडि बुवा ममीको काखमा बसेर हेर्न गएका चलचित्रका गीतहरु सुन्ने हो भने आज पनि मन बहलिन्छ। त्यो बेला थियो जतिखेर गाँउमा भर्खर फिलिम हल बनेको थियो- अन्नपुर्ण चलचित्र मन्दिर। शिव श्रेस्ठ, भुवन केसि,सरोज खनाल र राजेश हमाल हिरो को हो नयाँ फिल्मको भनेर सोद्दै हिड्ने मान्छेहरुको तप्का हुन्थ्ह्यो एउटा। नयाँ फिल्म फेरेको दिन चार गाँउका मान्छे एकैचोटी ओइरिन्थे,टिक्केट काट्दा गाँउभरीको बलियो केटोलाई सबैले पैसा दिन्थे, त्यो पनि हल् ले एक्चोतीमा २० वटा भन्दा बडी दिन मिल्दैन भन्दियेर कत्रो आपत्। कैले आधा गाँउ तेतिकै फर्किन्थ्यो। हल् भित्र आज को छिर्यो भनेर बेलुका काहानी सोद्दै हिंड्ने जमातमा म पनि हुन्थें।
नेपाली फिल्ममा सधैं एउटा कथाबस्तु रह्यो: हिरो र हेरोइनको पारिबरिक पृष्ठभुमी,भेट, हेरोइनलाई भिलेनको टोर्चेर, हिरोको प्रबेश, गाना, घर झगडा, हल्का कमेडी, लास्ट फाइटमा प्रमुख खलनायेकको मृत्यु अनी फिलिम खत्तम।युग्देखी युगसम, ट्रकड्राइभर, चिनो, कुसुमे रुमाल, फेरी भेटौला, सारङीजस्ता चलचित्र त्योबेलका माग थिए र राम्रा पनि। तिनिहरुका कहानि, गीत सबै राम्रा थिए। (तिनै चलचित्र मध्य चलचित्र युग देखि युग समको गीत यू ट्युबमा हेर्ने क्रममा।)
No comments:
Post a Comment