
हुन त पुलिश र अपराधीको सम्बन्ध मामाभान्जाको हुन्छ भनिन्छ। अपराध नियेन्त्रण गर्ने क्रममा कति अपराधको धन भित्र हुलेका छन् मामाहरुले भनेर कसैलाई थाहा हुन्छ भने फेरी यस्तै भन्जाहरुलाई नै पहिला थाहा हुँदो रैछ। सोझै ढोकाबाट आउन नमिल्नी भान्जाहरु भित्तो फोरेर आए, दुई चार रुपैयाँ नगद जिन्सी लगे, तेसमा टाउको दुखाई थिएन तर कुरो आयो आमजनताको सुरछित महसुस हुन पाउनु पर्ने मौलिक अधीकार र पुलिशको कर्तब्यको। नेपाल प्रहरीले इतिहास रचेको छ निरिहिताको। सुरुसुरुमा प्रहरी जबान, हबाल्दार आदिको घर लुटिएका कुरा सुन्दा हाँसो लाग्थ्यो। केही महिना अगिमात्र काठमाण्डौ बूढानीलकण्ठ क्षेत्रमा एसएसपी जयबहादुर चन्दको घरमा डकैती भएपछी यो समाचार मेडियाको फ्रन्टपेज बन्यो। एेले आएर बूढानीलकण्ठ क्षेत्रमै डीआईजीको घर चोरी भएको घटनाले पुलिशको काम जनताको सुरक्षा गर्नु हो भन्ने कुरामै संका लाग्छ। काठमाण्डौका गल्लीमा कुन बेला तपाईं मोबाईल र पैसासहित घायेल हुने गरि लुटिनुहुन्छ,तेसको कुनै ग्यारेन्टी छैन, छ् या लाज पचेको पुलिश।
No comments:
Post a Comment