Monday 12 April 2010

लाज पचेको पुलिश


हुन त पुलिश र अपराधीको सम्बन्ध मामाभान्जाको हुन्छ भनिन्छ। अपराध नियेन्त्रण गर्ने क्रममा कति अपराधको धन भित्र हुलेका छन् मामाहरुले भनेर कसैलाई थाहा हुन्छ भने फेरी यस्तै भन्जाहरुलाई नै पहिला थाहा हुँदो रैछ। सोझै ढोकाबाट आउन नमिल्नी भान्जाहरु भित्तो फोरेर आए, दुई चार रुपैयाँ नगद जिन्सी लगे, तेसमा टाउको दुखाई थिएन तर कुरो आयो आमजनताको सुरछित महसुस हुन पाउनु पर्ने मौलिक अधीकार र पुलिशको कर्तब्यको। नेपाल प्रहरीले इतिहास रचेको छ निरिहिताको। सुरुसुरुमा प्रहरी जबान, हबाल्दार आदिको घर लुटिएका कुरा सुन्दा हाँसो लाग्थ्यो। केही महिना अगिमात्र काठमाण्डौ बूढानीलकण्ठ क्षेत्रमा एसएसपी जयबहादुर चन्दको घरमा डकैती भएपछी यो समाचार मेडियाको फ्रन्टपेज बन्यो। एेले आएर बूढानीलकण्ठ क्षेत्रमै डीआईजीको घर चोरी भएको घटनाले पुलिशको काम जनताको सुरक्षा गर्नु हो भन्ने कुरामै संका लाग्छ। काठमाण्डौका गल्लीमा कुन बेला तपाईं मोबाईल र पैसासहित घायेल हुने गरि लुटिनुहुन्छ,तेसको कुनै ग्यारेन्टी छैन, छ् या लाज पचेको पुलिश।

Sunday 11 April 2010

आँध्हीले रोक्न सक्दैन...बाडीले छेक्न सक्दैन

झन्डाझन्दै १४ बर्ष अगाडि बुवा ममीको काखमा बसेर हेर्न गएका चलचित्रका गीतहरु सुन्ने हो भने आज पनि मन बहलिन्छ। त्यो बेला थियो जतिखेर गाँउमा भर्खर फिलिम हल बनेको थियो- अन्नपुर्ण चलचित्र मन्दिर। शिव श्रेस्ठ, भुवन केसि,सरोज खनाल र राजेश हमाल हिरो को हो नयाँ फिल्मको भनेर सोद्दै हिड्ने मान्छेहरुको तप्का हुन्थ्ह्यो एउटा। नयाँ फिल्म फेरेको दिन चार गाँउका मान्छे एकैचोटी ओइरिन्थे,टिक्केट काट्दा गाँउभरीको बलियो केटोलाई सबैले पैसा दिन्थे, त्यो पनि हल् ले एक्चोतीमा २० वटा भन्दा बडी दिन मिल्दैन भन्दियेर कत्रो आपत्। कैले आधा गाँउ तेतिकै फर्किन्थ्यो। हल् भित्र आज को छिर्यो भनेर बेलुका काहानी सोद्दै हिंड्ने जमातमा म पनि हुन्थें।
नेपाली फिल्ममा सधैं एउटा कथाबस्तु रह्यो: हिरो र हेरोइनको पारिबरिक पृष्‍ठभुमी,भेट, हेरोइनलाई भिलेनको टोर्चेर, हिरोको प्रबेश, गाना, घर झगडा, हल्का कमेडी, लास्ट फाइटमा प्रमुख खलनायेकको मृत्‍यु अनी फिलिम खत्तम।युग्देखी युगसम, ट्रकड्राइभर, चिनो, कुसुमे रुमाल, फेरी भेटौला, सारङीजस्ता चलचित्र त्योबेलका माग थिए र राम्रा पनि। तिनिहरुका कहानि, गीत सबै राम्रा थिए। (तिनै चलचित्र मध्य चलचित्र युग देखि युग समको गीत यू ट्युबमा हेर्ने क्रममा।)

आखिर किन देखि सँहदैनन माकुनेलाई?

फेसबूकमा एकजना दाईले यस्तो चित्र हालेछन्:


यो देखेर माधव कुमार नेपालसँग हाँसो भन्दा बडी दया जागेर आयो। बिजयकुमारले एक पटक उनिसँग इन्टर्भ्यू लिँदा प्याचै सोधे-नेपालजी तपाईं बिपक्षी दलको प्रमुख नेता हुनुहुन्छ तैपनी तपाईंको क्षमता खोइ? कहाँ हराउनु भको छ यो बर्तमान परिप्रेक्ष्ह्यमा? बिचरा माधव कालो निलो भए र कनिकुथी गरेर जबाफ फर्काए। यस्तै भको छ पछिल्लो समयमा प्रधन्मन्त्रीको सफद खांदाको क्षणमा;भर्खरै कुर्ची छोड्न परेको झोकमा प्रचन्ड यसरी तातेर बोले, मानौ एउटा माओ गर्जियेको होस्। उस्तै मिथास थियो उनको शब्दमा। कमुनिस्ट कमुनिस्ट गनौने लबज्। पछि माकुने आए र यसरी बोले मानौ मुसो आफ्नो हाकद्धिकर खोज्दै छ। उनलाई बोल्न नाआयेर सवाशदहरु पनि हाँस्दै थिए। दुई दुई ठाउँबाट हारेर बद्नामको भारी बोकेक उनी पछिलो समयमा के।पिसंग मिलेर माओवादी बिरूध पनि गर्जिए तर ऐले फेरी उनको बद्नाम हुने क्रम जारी छ आफ्नै पाटिका साम्सदले राजिनामा मागेर। नेपाली राजनीतिमा कम्जोर नेता साबित हुँदै गए पनि उनको राजनैतीक इतिहास लामो र महत्वूपुर्ण भने छ। कसैले येस्को बारेमा पनि फेसबूकजस्ता साईटमा लेखेर पुण्ड्य कमाउने हो कि?

सोचमै खराबी


नेपाल पछाडि पर्नुमा नेपालीहरुको सोचमै खराबी छ। त्योमाथी भारतले नेपालमाथी गिद्दे द्रिस्थी राख्नुमा नेपालीहरुको भावनत्मक कम्जोरी प्रमुख कारण हो। नेपाली टेलिभिजन च्यानलहरु हेरिंदैनन। केटा केटीहरु बिहान उथ्ने बित्तिकै ईण्डियन च्यनलहरुमा झुमिन्छन्, काम नपयेका तिन्का ममीहरु भनौदा दिनभरी स्तार प्लुसका सेरिअल्सहरु हेरर रोइ बस्छन्,
उस्तै छन् पुरुषहरु चलचित्र , गीत, क्रिकेटदेखी लियेर समाचार कुनै कुरा हेरिन्छन भने ती भारतिय नै हुन्छन्। यसरी भारतिय सन्स्कारबाट ग्रस्त नेपाली मस्तिस्क भारतियहरुकै पिछलग्गु बन्नुमा नेपलिहरुकै सोचको खराबी हो।

कठपुतली सरकार ,एमआरपी र भारत।।।।

राकेश सूथलाई पर्दामा देख्ने बित्तिकै राजदूतभन्दा बडी यमदूत देख्ने नेपालीहरुलाई झन उनीसंगै मचिद्दै हिडेकी गिर्जापुत्री सुजाता देखेपछी मुलुकको कुन दशा होला सम्झेर चिन्ता मान्नु जायेजनै थियो। आखिर भारतले देखाई छाड्यो दालको कालो र पन्यू थमयो सुजाताको हातमा। प्राय कसैले नरुचौने उनले खोइ करोडौको मुनाफा देखिन, वा दोस्री इन्दिरा गान्धी बन्ने सपना बुनिन वा वाध्य भयो उनको मन्त्रालय समयसिमामा यो भगवान जानोस। समितीको निर्णय लत्यायेर अगी बडिरहेको सरकार भने अब गाह्रोमा परेको छ जब राष्ट्रिय हीतको मुद्दा मिडिया, संसद र आम नेपाली जनताले उठाउन थाल्यो। प्रमुख प्रतिपक्ष दल माओवादीले दियेको ट्याग "कठपुतलि" चरितार्थ पार्दै प्रधन्मन्त्री माधव कुमार नेपालले कूटनीतिक र राजनीतिक दबाबले भारतलाई खरिद गर्न दिन परेको रहश्य खोलेका छन्।
Free counter and web stats