Tuesday 17 May 2011

पतनको दिशातर्फ माओवादीहरु...


विश्वबाट साम्यवाद बिस्तारै हट्दै छ। नेपाल र भारतमा भने माओवादीहरु सल्बलाउँदै छन्। नेपालको माओबाद आन्दोलन र केही हद सम्म को सफल अबतरणले भारतिय माओवादीहरुलाई पाठ सिकाएको बुझिन्छ। तर नेपालका माओवादीहरु बिस्तारै पतनको दिशातर्फ उन्मुख रहेको कुरा नकार्न मिल्दैन।
पुँजिबादी अर्थतन्त्रको पक्षधर बाबुराम भट्टराईलाई मजदूर नेताहरुले धेरै अगीदेखी निसाना बनाइ रहेको खुलासा भएको छ। खासगरी बाबुराम भट्टराईको उधोगपतीहरुलाई उधोग बन्द नगर्न दिएको बचन र मजदूर आन्दोलन कम गर्न पार्टीलाई दिँदै आएको सुजाबबाट उनिहरु चिडिएको बुज्नमा आएको छ।
शालिकराम जम्मकट्टेल प्रचण्ड पक्षका हुन्। उनको पैसा उठाउने, धम्क्याउने, खाने शैलिबाट दिक्क भएको बताउँछन् भट्टराईपक्षीय र वैद्य पक्षीय मजदुर नेताहरु।केही समय अघि अन्नपूर्ण क्यासिनोमा कार्यरत बाबुराम निकट मजदुर नेता ज्ञानमान डङ्गोल लगायतकालाई जम्मकट्टेल पक्षका कल्दीप राईलगायतले कुटेका थिए। कुटपिटबाट डंगोल गम्भीर घाइते भएपछि गृहमन्त्री महराको निर्देशनमा तीन दिनअघि प्रहरीले राईलाई पक्राउ गरेको थियो। धादिङमा डेढ वर्षअघि हत्या गरिएका युथफोर्सका दुई जनाको हत्यामा संलग्न रहेको अभियोगसमेत रहेको छ राईमाथि। काठमाडौँमा अरु पनि थुप्रै उजुरी छन् उनकोविरुद्ध।
उनी पक्राउ पर्नुमा बाबुरामको हात भएको भन्दै जम्मरकट्टेलनिकट मजदूर नेता ह्याट रिएजेन्सीका बाउन्सर जनक बर्तौलाले'' एक गाडी केटाहरु ल्याएर बाबुरामलाई ठीक पार्नु पर्यो''भनेर पेरिसडाँडामै भनेछन्। यो कुरा जनसेनाले सुनेपछी बाबुरामलाई खबर गरे र उनले प्रचन्डसँग सुरक्ष्या र दोशीलाई कारबाही गर्न माग गरेछन्। लगत्तै माओवादी प्रबक्ता दिनानाथ शर्माले बिगप्ती निकालेपछी माओबादिहरुभित्रको घिनलाग्दो तस्बिर सार्वजनिक भएको छ।

सैन्य बर्दीमा आरोपित बर्तौला (साथमा जम्मरकर्ट्टेल) पेरिसडाँडामा पत्रकार सम्मेलनमा बोल्दै

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

Free counter and web stats