Monday 23 May 2011

Insults of Buddha in Britain

London
A Nepalese man called Ram Thapa is under fire of Buddhists especially Srilankan embassy based in the UK for the reasons he insulted Nepal Borne Lord Gautam Buddha,The light of Asia. He has a business of restaurant named- 'The Greedy Buddha'.



The website of Greedy Buddha reads a compliment by Joanna Lumley, the famous celeb in Britain helping Gurkhas to get their rights.

"For all The Greedy Buddha - Namaste and thank you a thousand times for your kindness, generosity and delicious food, with love from a proud daughter of Nepal"
Joanna Lumley
As a Nepalese we have left very few things to be proud of. If anyone asks about Nepal we will either start with Mount Everest or Gautam Buddha. But here is one Nepalese man instead of boosting religious, historical and cultural evidences of country, tries to insult the superhuman born in his own country. More importantly, although after getting several furious emails from all around the worlds still rigid not to change the name for business reasons. If you want to write an email please follow the following address.

Tuesday 17 May 2011

पतनको दिशातर्फ माओवादीहरु...


विश्वबाट साम्यवाद बिस्तारै हट्दै छ। नेपाल र भारतमा भने माओवादीहरु सल्बलाउँदै छन्। नेपालको माओबाद आन्दोलन र केही हद सम्म को सफल अबतरणले भारतिय माओवादीहरुलाई पाठ सिकाएको बुझिन्छ। तर नेपालका माओवादीहरु बिस्तारै पतनको दिशातर्फ उन्मुख रहेको कुरा नकार्न मिल्दैन।
पुँजिबादी अर्थतन्त्रको पक्षधर बाबुराम भट्टराईलाई मजदूर नेताहरुले धेरै अगीदेखी निसाना बनाइ रहेको खुलासा भएको छ। खासगरी बाबुराम भट्टराईको उधोगपतीहरुलाई उधोग बन्द नगर्न दिएको बचन र मजदूर आन्दोलन कम गर्न पार्टीलाई दिँदै आएको सुजाबबाट उनिहरु चिडिएको बुज्नमा आएको छ।
शालिकराम जम्मकट्टेल प्रचण्ड पक्षका हुन्। उनको पैसा उठाउने, धम्क्याउने, खाने शैलिबाट दिक्क भएको बताउँछन् भट्टराईपक्षीय र वैद्य पक्षीय मजदुर नेताहरु।केही समय अघि अन्नपूर्ण क्यासिनोमा कार्यरत बाबुराम निकट मजदुर नेता ज्ञानमान डङ्गोल लगायतकालाई जम्मकट्टेल पक्षका कल्दीप राईलगायतले कुटेका थिए। कुटपिटबाट डंगोल गम्भीर घाइते भएपछि गृहमन्त्री महराको निर्देशनमा तीन दिनअघि प्रहरीले राईलाई पक्राउ गरेको थियो। धादिङमा डेढ वर्षअघि हत्या गरिएका युथफोर्सका दुई जनाको हत्यामा संलग्न रहेको अभियोगसमेत रहेको छ राईमाथि। काठमाडौँमा अरु पनि थुप्रै उजुरी छन् उनकोविरुद्ध।
उनी पक्राउ पर्नुमा बाबुरामको हात भएको भन्दै जम्मरकट्टेलनिकट मजदूर नेता ह्याट रिएजेन्सीका बाउन्सर जनक बर्तौलाले'' एक गाडी केटाहरु ल्याएर बाबुरामलाई ठीक पार्नु पर्यो''भनेर पेरिसडाँडामै भनेछन्। यो कुरा जनसेनाले सुनेपछी बाबुरामलाई खबर गरे र उनले प्रचन्डसँग सुरक्ष्या र दोशीलाई कारबाही गर्न माग गरेछन्। लगत्तै माओवादी प्रबक्ता दिनानाथ शर्माले बिगप्ती निकालेपछी माओबादिहरुभित्रको घिनलाग्दो तस्बिर सार्वजनिक भएको छ।

सैन्य बर्दीमा आरोपित बर्तौला (साथमा जम्मरकर्ट्टेल) पेरिसडाँडामा पत्रकार सम्मेलनमा बोल्दै

Friday 13 May 2011

को को छन् त नेपाल पुलिस को मोस्ट वान्टेडमा ?

विश्वभरी अल कायदाका मोस्ट वाण्टेड अपराधी हेरेर बस्ने हामी नेपालीहरुलाई आफ्नै देशको नेपाल पुलिस को मोस्ट वान्टेड र तीनको अपराध अनी फरार हुन सक्ने स्थलको बारे ज्ञान छ त?


नाम:- मोहमद जमिल
उमेर:- ४३
बुवाको नाम थर:-जाफर अली भट्टी
नागरिक:- पाकिस्तानी
पासर्पोट नं‌ :- BT8204331
नागरिकता नं :- ३७४०५-७०३३४३३-५
अपराध-अपहरण तथा शरीर बन्धक,अपहरण, हतियार ओसार पसार, फोनबाट धम्की दिने जस्ता अपराधिक गतिबिधिमा संलग्न
थप अपराधीहरुको विवरण...
http://www.nepalpolice.gov.np/en/notices/most-wanted.html

Saturday 7 May 2011

ताल तालका सभासद यार

१. रातो पासपोर्ट(कुट्नैतिक राहदानी )बेच्ने :स्रोतअनुसार १ करोड ६० लाखमा रातो पास्पोर्ट बेच्ने नेपाल जनता दलकी गायत्री शाह र फोरमका बिश्वनाथ यादव उर्फ बिपी यादव।

२. प्रहरी ईन्स्पेक्टर बनाइदिन्छु भन्दै ५ लाखमा एक लाख बैना लिँदै गर्दा पक्राउ परेका एमालेका सभासद डोलबहादुर कार्की (डीबी कार्की)


३. तीन देशका नागरिकता भएका अर्थराज्य मन्त्री समेत पड्काउन सफल एमालेका सभासद ल्हारक्याल लामा


४. बिद्युत चोरी गर्दै गर्दा सभासद पक्राउ एकीकृत नेकपा माओवादीको समानुपातिक तर्फकी सभासद् इन्द्रमती यादव


५. बिष खाएर आत्महत्या गर्न खोज्ने र एकाबिहानै जाँड खाएर लोग्नेलाई गाली गर्दै बजार बजार हिड्ने माले(समाजबादि)की समानुपातिक सभासद सारदा नेपाली


६.आफ्नो SLC परिक्षा छोरीलाई दिन लगाउने एमाले सभासद किरणदेवी यादव

Tuesday 3 May 2011

म किन लागें राजनीतिमा ?-डा. बाबुराम भट्टराई

राजनीतिमा मान्छे पढेर वा परेर लाग्ने गर्छन् । म चाहिं आधा पढेर र आधा परेर राजनीतिमा लागेको हुँ ।

गाउँको किसान परिवारमा जन्मेको हुनाले गाउँ वरिपरि जुन खालको शोषण उत्पीडन थियो त्यसलाई अन्त्य गर्नको निम्ति राजनीतिमा लाग्नु पर्छ भन्ने सामान्य चेतना बाल्यकालमै सुषुप्त रुपमा परेको थियो । र, पछि उच्च शिक्षा हासिल गरिसकेपछि आफुले आर्जन गरेको ज्ञानको कारणले पनि राजनीतिमा लाग्नु पर्छ भन्ने मलाई वोध भयो । किनभने राजनीति भनेको समग्र राज्यको अध्ययन गर्ने र त्यसलाई वदल्ने शास्त्र हो ।

त्यसैले राज्यको समुच्च नीति ठिक भएन भने अरू आंशिक प्रकारका आर्थिक, सामाजिक, सांस्कृतिक-प्राविधिक नीतिहरू सही हुन सक्दैनन् । राजनीति भनेको सबै नीतिहरूको मुहान हो । त्यसै भएको हुनाले जबसम्म देशको राजनीति स्वच्छ, सही, अग्रगामी, जनपक्षीय हुँदैन त्यतिवेलासम्म समाजका विद्यमान समस्याहरू समाधान हुँदैनन् भन्ने वोध भएर नै म राजनीतिमा लागें ।

खासगरी चण्ढीगढमा गएर आर्किटेक्चरमा स्नातक पूरा गरेपछि मलाई देशको निम्ति अझ केही गर्नुपर्छ भन्ने वढी वोध भयो । विशेषतः भारतमा नेपालीहरूको दीनहीन अवस्था थियो र देशभित्र पंचायती निरंकुशता चरम उत्कर्षमा थियो । त्यसैले राजतन्त्रको अन्त्य गर्ने, देशमा जनपक्षीय गणतन्त्रको स्थापना गर्ने, र देशको तीव्र आर्थिक-सामाजिक रुपान्तरण गर्ने यो लक्ष्यका साथ राजनीतिक बाटो मैले अंगालंे । राजनीतिका पनि विभिन्न बाटाहरू मध्येमा यो माक्र्सवादी बाटो नै समाजलाई बदल्ने सबभन्दा उपयुक्त बाटो हो भन्ने लागेर म कम्युनिष्ट आन्दोलनमा होमिएको हुँ ।

अहिले म राजनीतिमा लागेको ३०-३५ वर्षपछि फर्केर हेर्दा देशमा जुन परिवर्तन भएका छन् त्यसमा थोरै भए पनि योगदान गर्न पाउँदा एउटा गर्वको अनुभुति हुन्छ । फेरि पनि राजनीतिक आन्दोलन समाप्त भएको छैन । किनकि जबसम्म यो देशमा सामन्तवादका अवशेषहरू वाँकि रहन्छन्, विदेशी थिचोमिचो वाँकि रहन्छ र देश पूर्ण रुपले आर्थिक विकासको शिखरमा पुग्दैन त्यतिवेलासम्म राजनीतिक आन्दोलन समाप्त भएको मान्न सकिदैन ।

त्यसमाथि पनि नेपाल जस्तो वर्गीय-जातीय-क्षेत्रीय-लैंगिक समस्याहरू रहेको समाजमा यी समस्याहरू पूर्ण रुपले समाधान नभएसम्म भिन्न रुपको आन्दोलन आवश्यक पर्छ । त्यसैले अहिले पनि म आफुलाई राजनीतिक रुपमा अझै वढी सक्रिय भएर लाग्नु पर्छ भन्ने ठान्दछु ।

म सानो छँदै ०१७ सालमा राजा महेन्द्रले पंचायती शासन जुन थोपरेका थिए त्यसका विरुद्ध नेपाली काँग्रेस लगायतका पार्टीहरूले आन्दोलन छेडेका थिए । त्यसैक्रममा एक जना मेरा मामा नाता पर्ने मान्छे घरमा आएर भूमिगत बसेको मैले देखेको थिएँ । र, तिनैबाट नै यो राजतन्त्रको विरोधमा आन्दोलन गर्नु आवश्यक रहेछ भन्ने मेरो बाल मष्तिस्कमा विचार र भावना प्रवेश गरेको थियो । त्यसपछि ज्ञान आर्जन गर्दै जाने क्रममा क्रमशः चेतना विकास हुँदै गयो । र मुख्यतः भारतमा पुगेर उच्च अध्ययन गरिसकेपछि नेपालको एउटा दीनहीन अवस्था विश्वमा देखिसकेपछि यो देशलाई साँच्चै सामन्तवाद र राजतन्त्रको चंगुलबाट मुक्त गर्नु पर्दछ भन्ने भावनाका साथ म भारतबाट नै अखिल भारत नेपाल विद्यार्थी संघको निर्माण गरेर आÏनै ढंगले राजनीतिमा होमिएँ र यहाँसम्म आइपुगें ।

मेरो आÏनो वाल्यकालको रुचि विज्ञान र खाशगरी ब्रम्हाण्डको अध्ययन् गर्ने विषयमा वढी थियो । हाम्रो पुख्र्यौली एउटा ज्योतिष पेशा अंगाल्ने खलक भएर हो अथवा अन्य कुनै कारणले हो म बच्चादेखि नै अन्तररिक्षमा टोलाएर हेर्ने र यो ब्रम्हाण्ड कसरी बन्यो ? के हो ? बुΣने एउटा जिज्ञासा सधै जागिरहन्थ्यो । पछि स्कुलमा विज्ञानको अध्ययन गर्न थालेपछि खाशगरी अन्तरिक्ष विज्ञान र खगोल शास्त्रहरुमा मेरो वढी रुची रह्यो । र पछि पनि मैले ती विषयमा स्वअध्ययन वढाउँदै लगें । र अहिले पनि मलाई सवैभन्दा रुचि लाग्ने विषय यही व्रम्हाण्डको अध्ययन गर्ने खगोल शास्त्रसम्वन्धी नै हो ।

यदि नेपालमा राजनीतिक-आर्थिक क्रान्ति पूरा भएर समुन्नत समाज वनिसकेको भए म आफुलाई एउटा अन्तरिक्ष वैज्ञानिकको रुपमा उभ्याउँदा व्यक्तिगत रुपमा वढी आनन्दको महशुस गथर्ंे । तर हाम्रो पिछडिएको एउटा समाजमा मेरो व्यक्तिगत इच्छा-आकांक्षा- भन्दा पनि देश र समाजको निम्ति केही गर्नु पर्ने आवश्यकताले वढी प्राथमिकता पाउनु पर्छ भन्ने सोंचले म राजनीतिमा लागे र लागिरहेको छु ।



यसै सन्दर्भमा युवा साथीहरूलाई मेरो विनम्र आग्रह के रहन्छ भने अन्ततः राजनीतिमा लाग्नको निम्ति विवेक र साहसको खाँचो हुन्छ । विचार संगसंगै त्याग र वलिदान गर्ने भावना र आँटको पनि आवश्यकता पर्छ । त्यसनिम्ति युवाहरुमा नै विवेक र साहसको सवभन्दा राम्रो संयोजन हुन्छ । बुढेशकाल लाग्दै गैसकेपछि मान्छेको एउटा शारीरिक शिथिलता मात्रै होइन, मानसिक रुपमा पनि सुषुप्तता आउन थाल्छ । फेरि हाम्रो जस्तो निजी स्वार्थमा आधारित सामाजिक व्यवस्थामा मान्छे वुढो हुँदै गैसकेपछि वढी स्वार्थी पनि हुन थाल्छ । त्यसो भएको हुनाले युवाहरूले नै निस्वार्थ ढंगले देश र समाजको निम्ति त्याग र वलिदान गर्न सक्दछन् । इतिहासका उदाहरण हेर्‍यौं भने पनि सबै महान् शहीदहरू चाहे नेपालका गंगालाल देखि महान् जनयुद्धका शहीदहरू हुन् या भारतका भगत सिंहहरू हुन सबै नै आÏना शहादत प्राप्त गर्ने समयमा २०-३० वर्षका थिए । त्यसैले पनि यो २०-३० वर्षको उमेरका युवाहरूमा विवेक र साहसको जुन उच्च संयोजन हुन्छ, उनीहरूले नै अग्रगामी क्रान्तिकारी राजनीतिमा अगुवा भूमिका निर्वाह गर्न सक्छन् ।

हाम्रो नेपाल अहिले पनि सामन्तवादका विभिन्न अवशेषबाट मुक्त नभैसकेको प्रतिगामी शक्तिहरूले विभिन्न ढंगले टाउको उठाइरहेको, विदेशी थिचोमिचो अहिले पनि हावी भैरहेको यो अवस्थामा युवाहरूले फेरि एक चोटि आन्दोलनमा होमिने साहस गर्न सक्नु पर्दछ । यो देशलाई २१औं शताव्दी सुहाउँदो विश्वको सवभन्दा उन्नत देशमा परिणत गर्ने आँट गर्नु पर्दछ ।

युवाहरूमा अहिले जुन खालको वेरोजगारीको समस्याले गर्दा विदेश पलायन हुने वाध्यात्मक परिस्थिति छ त्यसको अन्त्य गर्न र देशभित्रै सम्मानजनक रोजगारीको अवस्था सिर्जना गर्न पनि आजका युवाहरूले एउटा अग्रगामी राजनीतिको बाटो अंगिकार गर्न आवश्यक छ । त्यसैले इतिहासका अनुभवबाट प्रेरणा लिएर हाम्रो युवा पंक्ति यो राजनीतिक आन्दोलनलाई पूर्णतामा पुर्‍याउने र समुन्नत नयाँ नेपाल निर्माण गर्ने अभियानमा लाग्न सकून् म यही हार्दिक कामना गर्दछु ।



खासगरी सन् १९८०-९० को दशकपछि जुन ढंगको कथित भूमण्डलीकरणको प्रभावको साथसाथै नवउदारवादी, असाध्यै व्यक्तिवादी आर्थिक र सांस्कृतिक नीति देशभित्र घुस्यो त्यसले गर्दा हाम्रो युवा पिंढीलाई असाध्यै व्यक्तिवादी र स्वार्थी बनाउँदै लगेको छ । त्यसले गर्दा हाम्रा कतिपय युवाहरु देश र समाजको निम्ति केही गर्ने भन्दा पनि निजी स्वार्थको प्राप्तिको निम्ति विदेश पलायन हुन श्रेयस्कर ठान्ने गर्छन् । विदेशमा पलायन हुँदैमा देशको समस्या समाधान हुँदैन । एउटा व्यक्तिले त आÏनो स्वार्थ पूरा गर्न सक्ला तर समग्र समाजको आवश्यकता पूर्ति हुँदैन । त्यसो भएको हुनाले आजका युवाहरुले त्यसरी पलायन हुने बाटो लिएर होइन कि देश भित्रै संघर्ष गरेर यो समाजलाई बदल्ने बाटो लिनु उपयुक्त हुन्छ । त्यसो भनेर विदेशमा अध्ययनको निम्ति जानै हुँदैन भन्न खोजेको पनि होइन मैले । विदेशमा गएर अध्ययन् गरेर पनि सकभर आÏनै देशमा र्फकने यहीं नै रोजगारीको अवस्था सिर्जना गर्ने र त्यसको निम्ति संघर्ष गर्ने बाटो लिनु वढी श्रेयस्कर हुन्छ भन्ने मलाई लाग्छ ।



हाम्रो कतिपय राजनीतिमा लागेका अभिभावकहरु आफुले राजनीतिमा लाग्नु पर्दाको दुःखकष्ट देखेर आÏनै जीवनप्रति वितृष्णा जगाउँदै छोरा-छोरीलाई राजनीति बाहिर वा अन्य पेशामा लाग्न प्रेरित गरेको पाउँछौं । यो एउटा विडम्वनापूर्ण कुरा हो । यसले के देखाउँछ भने ती बाबु-आमाहरुले राजनीतिलाई समाज र देश परिवर्तन गर्ने वलिदानीपूर्ण संघर्ष ठान्नुको सट्टा राजनीतिमा लागेर व्यक्तिगत स्वार्थ खोज्ने प्रयत्न गरेका रहेछन् र त्यो नपाउँदा निराशिएर आÏना छोरा-छोरीलाई अर्कै वाटो लाग्न प्रेरित गर्ने रैछन् । त्यसो गर्नु स्वस्थ राजनीतिको परिचायक होइन । त्यसैले देश र जनताको राजनीति गर्ने मानिसहरु र आम नेपालीले आÏना छोरा-छोरीलाई पनि जबसम्म यो राजनीतिक परिवर्तनले पूर्णता पाउँदैन त्यतिवेलासम्म राजनीतिक बाटोमा लाग्न अभिप्रेरित गर्नुपर्दछ । त्यसैले मेरी एक मात्र छोरीलाई यो आन्दोलन पूरा नभएसम्म राजनीतिमा लागून भन्ने अपेक्षा गरेको थिएँ । उनले त्यो बाटो समातेर अघि लम्किरहेको देख्दा हर्ष र गर्वको अनुभुति हुने गर्छ मलाई ।
(From Baburambhattarai.com)

Monday 2 May 2011

बेलायतका राजदम्पती हनिमुन मनाउन नेपाल जाने समाचार झुटो



न्युज २४को पावर न्युजमा पावरफुल तरिकाले राज्दम्पती नेपाल आउने , होटल र प्लैन टिकेट समेत काटेको दुताबास स्रोतले जनाएको बताएनी यो भर्पर्दो समाचार होईन। प्रिन्स विल्लियम्सलाई उद्दार बिमान चालकको रुपमा जागिरमा बोलाइएको छ र यतिखेर उनिहरुलाई फुर्सद छैन। कैले र कहाँ अजै पत्तो छैन तर दुई हप्ताको छुट्टिमा उनिहरु जान सक्ने ठाँउहरु भनेको Kenya, Caribbean, Australia, Jordan र Scotland हुनसक्ने अनुमान छ।

झ नेताहरुलाई झापड काण्ड



स्मरण रहोस् कामरेड झलनाथ खनाललाई इटहरिमा आफ्नै पूर्व पार्टी कार्यकर्ता देवी प्रसाद रेग्मीले झापड हानेका थिए। त्यो बेला एमाले सम्बद युथ फोर्सले इटहरी बन्द गरे पनि देविप्रसादलाई झलनाथले माफि दिएपछी फास्फुस सेलाएको थियो।
मिडियाहरुको पिपली लाइव बन्द भएपछि देविप्रसादले दु:ख पाउने केही ब्लगरहरुले लेख्न पनि भियाएका थिए। नभन्दै केही महिना पछि सम्म उनी तारेख धाउँदै रहेको छापाहरुमा आयो। देविप्रसादको झलनाथसँग गुनासो थियो- समयमा सरकार बनाउन नसक्ने, सम्बिधान लेख्न नसकेर देशमा शान्ति सुरक्षा कायम गर्न नसक्नु। देविप्रसाद २ हप्ता पत्रपत्रिकामा हिरो भए, प्रहरीले केरकारमा माफि माग्न लगाएपनी गाउँमा माफि मागेको खबर
झुटो हो भन्न भियाए र स्वागतका पात्र बने।
अहिले फेरि अर्का झ कामरेडलाई यो काण्डले सतायो। झक्कु प्रसाद सुबेदी जस्ले एमालेका बरिस्ठ नेता र तत्कालिन महासचिब माकुनेलाई काठ्मान्डौ २ बाट सम्बिदानसभाको चुनाबमा पाखा लगएका थिए।तिनकुनेका चिया पसलेले समयमा संबिधान जारी गर्न नसकेको र जनतालाई दु:ख दिएको भनि दुई झापड हाने रे। घटना कान्तिपुर कार्यालय बाहिर भएको र कान्तिपुरकै सम्बद्दाताले इन्टर्भ्यू लिना भियाएकोले कतै कान्तिपुरले उचाल्यो की जस्तो पनि देखिन्छ।

जे होस् झापड काण्ड सेलाएको छैन अब पालो काङ्रेस नेताको हो कि?
Free counter and web stats