दार्जिलिङ-, जेष्ठ ८ - मेघालयका नेपालीभाषिको आक्रमण एकसाता वितिसक्दा पनि जारी छ । शनिबार साँझसम्ममा करिव १५ हजार नेपालीभाषी विस्थापित भएका छन् ।
आसामबाट प्रकाशित 'सपरिवार' म्यागेजिनका सम्पादक रोहित गौतमका अनुसार विस्थापितको संख्या अझै वढ्न सक्ने बताएका छन् । । उनले भने,'२५प्रतिशत विस्थापित भइसके ।' उनका अनुसार विस्थापितहरु आसामको कार्वियाङलुङ, सिल्टर, वोको, जयन्ती पहाडलगायतका क्षेत्रका आश्रय लिइरहेका छन् । विस्थापित हुनेमा लाट्रुनवाई कोइलाखानीमा कार्यरत मजदुरको संख्या अत्याधिक छ ।
सोमवार र विहीवार राति मारिएका मारिएका ४ जनाको हालसम्म पहिचान हुन नसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै गौतमले जानकारी दिएका छन् । 'शव पुर्ण रुपमा जलेकोले चिन्न सकिएकै छैन', उनले भने,'सवै विस्थापित भएकाले चिन्ने पनि कोही छैनन ।'
No comments:
Post a Comment