बुधवार काङ्रेस एमाले र माओवादीको त्रिपक्षिय बार्ताको कुनै निकाश निस्केन। बुधबारनै माधवकुमार नेपाल र दाहाल सहमति जुटाउने प्रयासमा एक्लै संवाद गर्न तयार भएपछि धेरैले सहमति जुट्ने अपेक्षा गरेका थिए । संविधानसभाको कार्यकाल सकिन दुई दिनमात्र बाँकी हुँदा भएको यो महत्त्वपूर्ण भेटवार्ता सकारात्मक हुन सकेन ।भेटमा प्रधानमन्त्रीले संविधानसभाको कार्यकाल बढाउने विषयलाई आफ्नो राजीनामासँग सौदाबाजी नगर्न भनेका थिए । दाहालले संविधानसभाको कार्यकाल बढाउन सरकारले ल्याएको संविधान संशोधन विधेयकमा मतदान गर्न प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र राष्ट्रिय सहमतिको सरकार गठनको ढोका खोल्नुपर्ने पूर्वसर्त दोहोर्याएका थिए ।
दाहालले बुधबारै बुद्धिजीवीहरूसँगको एक अन्तक्रिर्यामा प्रधानमन्त्रीको भनाइ सत्य भए केही दिनमै मुलुक निरंकुशतातर्फ जाने बताए । 'प्रधानमन्त्रीको भनाइ सत्य हो भने केही दिनमै देश निरंकुशतातिर जाँदैछ,' उनले भने, प्रधानमन्त्रीको कुरा सुन्दा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता सबै धरापमा परेको संकेत मिलेको छ ।'
प्रधानमन्त्रीनिकट स्रोतले भने विकल्प सीमित हुँदै गएकाले माओवादी लचिलो हुने सम्भावना प्रकट गर्यो । 'प्रधानमन्त्रीले संविधानसभाबाटै नयाँ संविधान जारी गर्ने प्रतिबद्धताअनुरूप संविधानसभा कार्यकाल थप्ने गरी संविधान संशोधन विधेयक ल्याएकाले त्यसलाई सफल बनाउनु माओवादीको पनि दायित्व भएको प्रस्ट बताउनुभएको छ,' स्रोतले भन्यो, 'विकल्प सीमित हुँदै गएकाले माओवादी पनि लचिला भएको छ ।'
No comments:
Post a Comment