Saturday, 22 May 2010
माकुने माहत्म्य
काठमाडौं -कास)- प्रधानमन्त्री माधवकुमार नेपालले 'माओवादीको चित्त बुझाउन' मात्रै आफूले संविधानसभा स्विकारेको खुलासा गरेका छन् ।
'माओवादीको चित्त बुझाउन मैले संविधानसभा स्विकारेको थिएँ,' नर्वेका अन्तर्राष्ट्रिय विकास एवं वातावरणमन्त्री एरिक सोल्हेमसँग शुक्रबार त्रिभुवन विमानस्थलमा भएको भेटपछि प्रधानमन्त्री नेपालले सञ्चारकर्मीसित भने, 'अहिले उनीहरू -माओवादी) नै संविधानसभा चाहँदैनन् भने हाम्रो भन्नु केही छैन ।'
सुरुमा आफू संविधानसभाको पक्षमै नभएको उल्लेख गर्दै उनले थपे, 'अरू उपायबाट पनि संविधान बनाउन सकिन्छ भन्ने मेरो विचार थियो ।' प्रधानमन्त्रीले 'अरू उपाय' बारे चाहिँ बताएनन् ।
प्रधानमन्त्री नेपालले माओवादीलाई खुसी पार्दा देशमा राम्रो हुन्छ भनेर मात्रै संविधानसभा स्विकारेको समेत बताए । माओवादी आफैंले संविधानसभा बिथोल्न खोजेको उनको आरोप थियो । २०५८ सालमा शान्तिवार्तामा आउँदा माओवादीले पहिलोपटक संविधानसभा निर्वाचनको माग राखेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment