
प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलले गर्ने निर्णय आफूलाई मान्य हुने भन्दै माओवादीले भनेजस्तो पाँच दिनभित्र राजीनामा दिने सहमति भएको बारे आफूलाई जानकारी नभएको बताएका छन् ।
आइतबार विहान सरकारलाई समर्थन गर्दै आएका १० दलसँगको छलफलमा उनले त्यस्तो बताएको नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिए ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता मैनालीले भने, 'तीन दलीय सहमतिमा गरिने कुनै पनि निर्णय मलाइ मान्य हुन्छ । तर माओवादीले भनेजस्तो पाँच दिनभित्र राजीनामा दिने सहमति भएको बारे मलाइ थाहा छैन । माओवादीले त्यसको अपब्याख्या गर्यो ।'
दश दलले पनि प्याकेजमा सहमति बनेपछि मात्र राष्ट्रिय सरकार निर्माणको लागि बाटो खोल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ति दलले शान्ति प्रकृया र संविधान निर्माणको स्पष्ट कार्ययोजना सहित राष्ट्रिय सहमति बनेपछि मात्र राजीनामा दिन सुझाव दिएका थिए ।
बैठकमा साना दलका नेताहरुले माओवादी लडाकुको समायोजन, व्यवस्थापन, कब्जा सम्पत्ती फिर्ता लगायत माओवादी प्रतिबद्धताको ब्यवहारीक कार्यान्वयन भएपछि मात्र सरकारबारे निर्णय लिन कांग्रेस र एमालेका नेताहरुलाई आग्रह गरेका थिए ।
No comments:
Post a Comment