
यो बि.बि.सी मा एकजना मित्रले भनेको कुरा हो।बिगतमा माधव कुमार नेपाललाई माओवादीले नराम्रो पाराले धोका दिएको सर्बबिदित्तै छ। सम्बोधनमा बेग्त गरेझैं माधव कुमार नेपालले अनेकौं अपमानको बिष पिएर निलकन्ठ बनेको कुरा पनि सत्य नै हो। अनी अस्ति रामचन्द्र पौडेलले बि.बि.सीको साझा सबालमा भनेजस्तै जनताले दुई दुई ठाउँबाट हराएपनी माधव कुमार नेपाललाई सम्सदमा ल्याउने पनि खुद माओवादीनै हो।
झन्डै एक बर्ष कुर्चीमा रनभुल्ल माधव कुमार नेपालले उद्घाटन गर्दै हिड्ने मन्त्रीको उपमा पनि पाए।थिम्पु जानु अगी फर्केपछी राजीनामा दिन्छु भनेका माधव नेपाल फर्कदा फेरी मनमोहन सिंहको समर्थन १४ गते पछिपनी छ भन्दै पो फर्किए। अपमानको ईतिहास रचेका उनले यदि साँचै लचक,इमन्दार र आफ्नै बुद्धिमा चल्ने नेताको परिचय दिन चाहने हो भने यो उनको लागि नैतिकताको सुनौलो अबसर थियो।
No comments:
Post a Comment