प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा आफूले नचाहेको भन्ने अभिव्यक्तिप्रति आत्मालोचना गरेका छन् । आइतबार बसेको सत्तारुढ दस दलको बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गरेका हुन् ।
शुक्रबार नर्वेका अन्तर्राष्ट्रिय विकास एवं वातावरणमन्त्री एरिक सोल्हेमसँगको भेटपछि प्रधानमन्त्री नेपालले 'माओवादीलाई चित्त बुझाउन' मात्रै आफूले संविधानसभा स्वीकारेको खुलासा गरेका थिए । उनले आफू अरु उपायबाट संविधान बनाउने पक्षमा रहेको उल्लेख गरेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिको उनकै पार्टी एमालेले पनि आपत्ति जनाएको थियो । एमाले स्थायी कमिटी बैठकमा शनिबार पनि प्रधानमन्त्रीले 'बोल्दाबोल्दै फूस्केको' भन्दै आत्मालोचना गरेका थिए ।
दस दलको बैठकले संविधानसभाको म्याद थप गर्न संविधान संसोधन गर्नुपर्नेमा सहमति जनाएका छन् । त्यसका लागि माओवादीलाई पनि सहमतिमा आउन दस दलले आग्रह गरेका छन् । माओवादीले भने बहुमतीयबाट सहमतीय प्रणालीमा जानुपर्ने र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने अडान राख्दै संविधानसभाको म्याद थप गर्न अस्वीकार गर्दै आएको छ ।
बैठकमा सरकार निर्माणपछिको एक बर्षको समीक्षा भएको बताइएको छ ।
No comments:
Post a Comment