Thursday 6 May 2010

राजधानिमा प्रतिकार गर्ने हुन की भिजलान्ते?

माओवादीको आम हड्ताल लम्बिंदै गएपछि सत्तारुढ दलका स्थानीय युवा नेताहरुको नेतृत्वका काठमार्डौको बिभिन्न क्षेत्रमा प्रतिकार सुरु भएको छ । कतिपयस्थानमा प्रतिकार भीडन्तमा परिणत भएका पछि आधा दर्जन जति व्यक्ति घाइतेसमेत भएका छन् ।

काठमाडौंको बुढनिलकण्ठ, जोरपाटी, कपन, बसुन्धारालगायतका स्थानमा स्थानीयले जवरजस्ती गरेको भन्दै प्रतिकार गरेका हुन् । बुढनिलकण्ठमा बिहानैदेखि प्रतिकार सुरु भएपछि त्यता बढेको माओवादी कार्यकर्ता र स्थानीयलाई झडपहुनबाट रोक्न प्रहरीलाई हम्मे परेको थियो ।

अहिले माओवादी कार्यकर्ताहरु बुढनिलकण्ठ पुगेका छन् । स्थानीय प्रतिकार गर्ने युवाहरु तितरवितर भएको छ । तर, माओवादी कार्यकर्ताहरुले ३० जना आफ्ना कार्यकर्तालाई एमालेको युवा संगठन युथफोर्सले कब्जामा लिएको भन्दै घर घरमा खोजी गरिरहेका छन् ।

त्यसैगरी बसुन्धारा क्षेत्रमा भएको भीडन्तमा स्थानीय र माओवादी कार्यकर्ता गरी ४ जना घाइते भएका छन् । झडपमा माओवादीका धनबहादुर श्रेष्ठ र चन्द्रबहादुर कार्की तथा प्रतिकारमा उत्रिएकाहरु धर्मलाल श्रेष्ठ र कर्णराज घाइते भएका हुन । घाइते माओवादी कार्यकर्ताको टिचिङ अस्पतालमा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अझै पनि तनाव साम्य हुन सकेको छैन । प्रतिकारमा उत्रिएका क्षेत्रमा माओवादीले अन्यस्थानबाटसमेत कार्यकर्ताहरु आएर प्रदर्शन गर्ने गरेका छन् ।

त्यसैगरी ललितपुरको झम्सीखेलमा समेत स्थानीय जनताले गरेको शान्ति र्यालीलाई माओवादीले बिथोलेको छ ।

माओवादी आम हडताल बिरुद्ध स्थानीय सडकमा उत्रिएपछि राजधानीको बुढानीलकण्ठ, बौद्ध, जोरपाटी लगायतका क्षेत्र तनावग्रस्त भएको छ । बुढानीलकण्ठमा स्थानीय र माओवादीबीच झडपको स्थिति श्रृजना भएपछि प्रहरीले पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । दुई पक्षबीचको ढुंगा हानाहानको क्रममा स्थानीय नौ बर्षीय वालक रोशन मगर घाइते भएका छन् । दुई पक्षलाई आमनेसामने हुन नदिन त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । माओवादी प्रर्दशनकारीको संख्या थपिदै जाँदा स्थानीयवासी तितरवितर भएका थिए । माओवादीले उक्त क्षेत्रमा केहीबेर प्रर्दशन गरेका थिए ।

त्यसैगरी जोरपाटीमा भएको झडपमा १० स्थानीय घाइते भएका छन् । त्यहाँ पनि हड्ताल विरुद्ध प्रदर्शन भएको थियो । गल्फुटार, कपनमा पनि हडताल विरुद्ध प्रदर्शनहरु भएका थिए ।बीरगञ्जमा हिन्दू युवा संघले गरेको प्रतिकारका क्रममा तीनवटा गाडीमा आगजनी गरेको छ । माओवादी कार्यकर्ता र हिन्दूवादी युवाहरुबीचको झडप रोक्न प्रहरीले हरसंभव प्रयास गरिरहेको छ ।

काठमाडौंमो बुढनिलकण्ठ, कपनलगायतका क्षेत्रमा पनि प्रतिकार जुलुस निस्केको छ । माओवादी कार्यकर्ताहरुले प्रतिकार भइरहेको क्षेत्रमा जान खोजेकाले झडप रोक्न प्रहरीले सावधानी अपनाइ रहेका छन् ।

पर्वतका नेपाल तरुण दलको नेतृत्वमा निस्केको प्रतिरोध जुलुसले माओवादीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेका छन् । यद्यपी नियनत्रणमा आउन सकेको छैन ।

त्यसैगरी सुनसरीमा पनि बन्द अबज्ञा गरेर पसलहरु खोलेका छन् । प्रतिकारको नेतृत्व प्रायः सत्तारुढ दलमा तरुनहरुले गरेका छन् । माओवादीले जारी राखेको आमहडतालको बिहीबार पाँचौ दिन । लगातारको बन्दले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । लगातार पाँचौ दिन मुलुक ठप्प छ । सुरुका दिनहरु शान्तिपूर्ण रहेपनि दिन दिनै आन्दोलन हिंसात्मक बन्दै गएको छ । बन्दले पीडा भोगेका कारण कतिपय स्थानमा माओवादीको प्रतिकार गरिएको छ । झडपहरु सुरु भएका छन् । माओवादी कार्यकर्ताहरु बिहानैदेखि राजधानीका सडकमा बसिसकेका छन् ।

No comments:

Post a Comment

Free counter and web stats