Sunday 16 May 2010

आन्दोलन तुइहेपछी थला परेको मेरो ब्लग:

उसो त आँफु पत्रकारपनी होइन, न त कुनै नेताको नै सङगत। न उती पत्रीका र राजनीतिमा चासो। तर माओवादीको अन्तिम भनिएको जनान्दोलन तेस्रो सुरु भएपछी आफ्नो महत्तोपुर्ण समय खर्चिएर युनिकोडमै भनेपनी AP,My Sansar र अन्य वेबका फोटाहरु गरेर जेन्तेन बनाको ब्लग। ठाउँठाउँमा प्रतिकार र काठ्माण्डौँकै जनताले नरुचौन थालेपछी येही गती होलाकी भन्ने आफ्नो अनुमान सहि निक्लियो। आन्दोलन स्तगित भएपछि काठ्माण्डौँको फोहोर पानीले माओवादी कार्यकर्ता बिरामी भएझैं आफ्नो ब्लगको गतिमापनि सिथिलता पैदा भयो। माओबदीले सेनापती प्रकरण, रास्ट्रपतीको राजिनामा र सरकारको बिगटनसम आइपुग्दा उसकै सब्दमा माओबादको सिद्दान्त देसी बिदेशी प्रतिक्रियाबादी र केइ मुठिभर्का सामन्तबादीहरुलेनै र पछिल्लो समय कोट्याउँदा काठ्मण्डौँमा घर बनाइ बसेका सुकिला मुकिलाले समेत तुहाइदिए। यसले गर्दा कार्यकर्तामा ब्यापक निराशा पैदा भएको कुरा सार्वजनिक हुँदा पार्टीको रणनैतिक क्षमता छताछुल्ल भएको छ। आन्दोलन्मा नाच्दा नाच्दा नाच्न सिपालु भैसके नेताहरु तर सफल हुँदैन उनिहरुको रणनिति।

रास्ट्रपतीको राजिनामा माग्दा नाँच्दै काम्रेडहरु:

माओवादीले जेठ १५ गते 'जन संविधान' घोषणा गर्ने कुराले फेरी तर्साएको छ।संविधानसभामार्फत नयाँ संविधान घोषणा हुन नसक्ने अवस्था आएपछि 'जन संविधान' घोषणा गर्ने निर्णय गरेको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । 'संविधानसभामार्फत संविधान घोषणा हुने अवस्था आएन,' उनले भने, 'त्यसैले जेठ १५ गते 'जनताको संघीय गणतन्त्रात्मक संविधान' सार्वजनिक गर्ने निर्णय भएको छ ।' माओवादीले संविधानसभाको म्याद थप गर्ने दुई सर्त अघि सारेको छ । वर्तमान सरकारको विघटन हुनुपर्ने तथा सहमतीय प्रणालीमा जाने समझदारी भए संविधानसभाको म्याद थप गर्न आफ्नो पार्टी तयार हुने शर्माले बताए । अब जे गर्छन् नेताहरुलेनै गर्छन्। भिरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न । शायद यस्तै सोच्दै होलान् कार्यकर्ता।

No comments:

Post a Comment

Free counter and web stats