Wednesday 5 May 2010

नेपाल सेनाको काउन्टर बिग्यप्ती:

फेसबुक र इमेलहरुमा सेनाका विभिन्न वाहिनीबाट प्रधानसेनापतिलाई ज्ञापन पत्र भन्दै प्रचार भएपछि सेनाले वक्तव्य नै निकालेर त्यसको खण्डन गरेको छ।


सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

बिज्ञप्ति नं : ९२

मिति : २०६७ बैशाख २२ गते

समय : १५४० बजे

ध्यानाकर्षण

१. आज मिति २०६७ बैशाख २२ गते ईमेल तथा विभिन्न संचारमाध्यममार्फत नेपाली सेनाका बाहिनी अड्डाका नामबाट प्रेषित ज्ञापन पत्र भनी प्रचार प्रसार गरिएको तथ्यहीन सूचनावारे नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ।

२. ज्ञापन पत्र भनि दुष्प्रचार गरिएको उक्त इमेल कुनै पनि व्यक्ति वा संस्थाबाट आधिकारीक रुपमा प्रेषित गरिएको नभै बेनामी पत्रको रुपमा तयार गरिएको देखिएकोले त्यस्ता कागजपत्रको कुनै पनि विश्वसनियता नहुने व्यहोरा सर्वविद्धितै छ। त्यस्तै उक्त पत्रमा उल्लेख गरिएको ५ बाहिनी अड्डा दिपायलमा नै नरहेको, ९ बाहिनी अड्डा भकुण्डे वेशीमा नै नरहेको, १३ बाहिनी अड्डा र १७ बाहिनी अड्डा नेपाली सेनाको सांगठनिक संरचनामा नै नरहेकोले त्यस्ता समाचार पूर्णतया भ्रामक रहेको समेत पुष्टि हुन्छ।

३. त्यसप्रकारका दुष्प्रचारबाट नेपाली सेनाका कुनै पनि व्यक्ति भ्रममा नपर्ने भएतापनि आम नेपाली जनसमुदायलाई भने भ्रममा पार्ने दुष्प्रयास भएको स्पष्ट देखिन्छ। तसर्थ, त्यस्ता कपोलकल्पित, तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति रत्तिभर विश्वास नगर्न आम नेपाली जनसमुदायलाई नेपाली सेना हार्दिक अपिल गर्दछ।

४. साथै, नेपाली सेनाका प्रत्येक सदस्यलाई आफ्नो कर्तव्यबोध हुनुको साथै त्यसप्रति कटिबद्ध समेत रहेको र संस्थाको नेतृत्व एवं चेन अफ कमाण्डमा आवद्ध रहि रहने कुरामा समेत आम जनसमुदायलाई पुनः आश्वस्त पार्न चाहन्छ।

No comments:

Post a Comment

Free counter and web stats