Thursday 6 May 2010

भिजीलान्तेको आक्रमणमा माओवादी कार्यकर्ता घाइते

लमजुङ, २३ बैशाख । लमजुङको सदरमुकाम बेशिशहरमा बिहिबार भिजीलान्तेहरु युथ फोर्स, तरुण दल लगायतको शसस्त्र जत्थाले गरेको योजनावद्ध आक्रमणबाट माओवादीका चार जना कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

विहिबार दिउँसो १ बजे शेराबजारबाट तरुण दल र युथफार्स लगायतको जुलुश शुरु निस्कीएको र त्यो जुलुश भिमसेनस्थान नजिक पुगेपछि शेरा बजारबाटै माओवादीको शान्तिपुर्ण जुलश निस्कीउकोमा माओवादी जुलुश नारयणथान नजिक ओरालोमा पुग्दा प्रतिकार जुलुशमा सहभागिहरुले इटा ढुंगा , रड लगयातको प्रहार गरी माओवादी कार्यकर्तालार्य घाइते बनाएका थिए ।

आक्रमणमा गम्भीर घाईते हुनेहरुमा मोहोरियाकोटका कृष्णबहादुर थापा, टाउकोमा गम्भीर चोट लागेको, नौथरका काले तामाङको टाउकोमा गम्भीर चोट लागेको, गोरखाका हरेराम मगरातीको नाक, कान र टाउकोमा गम्भीर चोट लागेको, हेमबहादुर ढकालको हिप र टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरुको सामान्य उपचार जिल्ला अस्पतालमा भएको र घाइते मध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । केही मिडियाहरुले स्थानीय नागरिकको प्रतिकार भनेर प्रचार गरिए पनि उनीहरु एमाले कांग्रेस, राप्रपा लगायतका अर्धसैनिक दस्ताहरुको समुह भएको माओवादीे जनाएको छ ।

No comments:

Post a Comment

Free counter and web stats