Saturday 22 May 2010

मदन तामाङको दर्दानक हत्या

मदन तामाङ !
तिमीलाई हार्दिक श्रद्धाञ्जली !
तिमी दार्जीलिङको, म नेपालको भए पनि
म तिमीसँगै छु ।
मेघालयमा
...नेपालीहरु जिउँदै जलेको सुन्दा
मलाई पनि भत्भती पोलिरहेको छ ।
तर, मलाई विश्वास छ मदन !
अब नेपालीको अन्तरराष्टिय जाति हुने छ ......
-अरुण बराल

एजेन्सी,21 May- अखिल भारत गोर्खा लिगकाका अध्यक्ष मदन तामाङको शुक्रबार बिहान दार्जलिङस्थित प्लानट क्लव नजिक अज्ञात समूहले हत्या गरेको छ । घरतर्फ जाँदै गरेका तामाङलाई बिहान ९ः३० वजे हतियारधारी समूहले हत्यागरेका थिए । उनी दिउँसो हुने एक कार्यक्रमको व्यवस्थागरी घरतिर र्फकदै थिए । उनको हत्यामा तरवार, खुकुरी लगायतका हतियार प्रयोग गरिएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । हतियारबाट उनको पेट र काँधमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका तामाङको दार्जलिङस्थित अस्पतालमा मृत्यृु भएको हो । त्यहाँका नगरराज्यमन्त्री अशोक भट्टाचार्यले गोर्खाजनमुक्ति मोर्चाले तामाङको हत्या गरेको दाबी गरेका छन् । केलकतामा बोल्दै उनले भने, 'गोर्खा जनमुक्तिले उनको हत्याको गरेको हो । यो फासिष्ट पार्टी हो, यहाँ जनमुक्ति विरुद्ध हिंडेको उसले कसैलाई मन पराउदैन, साथै यहाँका पहाडी जिल्लामा प्रजातान्त्रिक बातावरण विगारी रहेको छ ।'

जनमुिपार्टीसँगको विवादका कारण गोर्खा लिगले चौरस्तामा हुने कार्यक्रमको स्थान परिवर्तन गरेको थियो । उनी गोर्खामुक्ति पार्टीका प्रमुख विमल गुरुङले भ्रष्टाचार गरेको भन्दै विरोध गर्दै आएका थिए । त्यसको बदला लिन तामाङलाई ति पहाडी जिल्लाबाट हटाउने जनमुक्ति पार्टीले समय समयमा धम्कीसमेत दिंदै आएको थियो । तामाङ हत्याको समाचारले दार्जलिङ, कालिम्पोङ र खर्साङका जनता स्तब्ध भएका छन् । त्यहाँका कलकारखाना, शिक्षण संस्था, बजार बन्द भएका छन् ।

मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले हत्या लगतै आपतकालीन बैठक बोलाएर सुरक्षा अवस्था कडा पार्न विभिन्न सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिइसकेको छ । गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले केन्द्र सरकारलाई हालै वुझाएको आन्तरिम व्यवस्थासहितको प्रस्तावप्रति तामाङलगायत उनको पार्टीले तीव्र आलोचना गर्दै आएका थिए । 'तामाङ प्रस्तावको विरोधी थिए', हिमालय दर्पण नेपाली दैनिकका दार्जिलिङ व्युरो विमल राईले भने,'त्यो विरोध उनको हत्याको कारण हुनसक्छ ।' राईका अनुसार प्रस्तावको विरोधकै कारण तामाङ केही दिनदेखि गोजमुमोको तारो वनेका थिए । तामाङ ३ दशक लामो समयदेखि दार्जीलिङमा वसेर गोर्खालीको पक्षमा राजनीति गर्दै आएका थिए । सन् १९४३ मा अखिल भारत गोर्खा लिग पहिलोपटक स्थापना हुँदा उनी लिगकै युवा मोर्चा तरुण गोर्खामा संलग्न थिए । 'तामाङले यसैवेलादेखि राजनीति गरेको देखिन्छ', राईले भने ।

तामाङले गोर्खाहरुको हितका लागि भन्दै वेला वेला बिभिन्न संगठन स्थापना गर्दै आएका थिए । उनले पव्लिक डेमोक्रेटिक फन्टलगायतका थुप्रै संगठन खोलेर काम गरेका थिए । दार्जीलिङको वोक्सिझोडाका स्थायी वासिन्दा तामाङ दार्जीलिङ धनी गोर्खेहरुको सूचीमा पर्छन । उनका दार्जीलिङ, खर्साङ, सिलिगुडी, कालिम्पोङलगायतका स्थानमा घरहरु छन् । उनका श्रीमति र १ छोरा छन् ।

No comments:

Post a Comment

Free counter and web stats