Monday 31 May 2010

चरेश सहित भारतीय प्रहरी पक्राउ

कपिलवस्तु, जेष्ठ १७ - दुई भारतीय प्रहरीलाई लागु औषध चरेश सहित कपिलबस्तुको कृष्णनगरमा नेपाल प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगरबाट आधा किलो चरेश लिएर भारत तर्फ जादैं गरेका बेला बस पार्क नजिकैबाट भारतीय प्रहरी ईन्द्रमान राय र उमेश गुप्तालाई पक्राउ गरिएको हो । उनीहरु सीमा क्षेत्रको भारत सिद्धार्थनगर जिल्लाको बढनी प्रहरी चौकीका कंस्टेबल हुन् । उनीहरु युपी ५५ एफ ६३२८ नंबरको मोटरसाईकलमा जादै गर्दा पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । दुबै भारतीय प्रहरीलाई ईलाका प्रहरी कार्यालय, कृष्णनगरमा हिरासतमा राखिएको छ ।

भारतीय प्रहरी पक्राउ परे पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष सुरक्षा सर्तकता बढाएको छ । त्यसै गरी अहिले ईलाका प्रहरी कार्यालय कृष्णनगरमा थप सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षक चन्द खत्रीको कमाण्डमा सशस्त्रको टोली पनि पुगेको छ ।

No comments:

Post a Comment

Free counter and web stats