Wednesday 5 May 2010

आज कहाँ के के भयो? :राष्ट्रिय मानवअधिकार आयोग

-भक्तपुरको न्यातपोल मन्दिर अगाडि एकिकृत नेकपा (माओवादी) का कार्यकर्ता जम्मा भएको थाहा पाएर गल्लीबाट निस्कँदै गरेका नेकपा (एमाले) निकट युवासंघ कार्यकर्तालाई एकिकृत (माओवादी) का कार्यकर्ताले लखेटेको। यस क्रममा भाग्दै गरेका युवासंघका कार्यकर्ताले प्रहार भएको गोली स्थानीय एक व्यक्तिको घरको छतमा लागी भुईमा खसेको। त्यसपछि गोली प्रहार गर्ने व्यक्ति ४ ओटा गोली र १ थान म्यागजिन भुईमा फाली भागेको। एकिकृत (माओवादी) कार्यकर्ताहरूले उक्त वस्तुहरू सङ्कलन गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको।
- चौथो दिनसम्मको बन्द तथा हड्तालले गर्दा दुर्गम पहाडी जिल्लाहरू बाजुरा, अछाम, बझाङ र दार्चुलामा खाद्यान्न र आवश्यक औषधी ढुवानी हुन नसक्दा सङ्कट बढेको र औषधी अभाव चुलिदै गएको पाइएको। यसले खाद्यान्न र औषधी अभावको कारणले दुर्गम जिल्लाहरूमा रोग फैलन सक्ने देखिएको।
-आमजनताको आधारभूत आश्यकताका वस्तु खाद्यान्न, तरकारी, दूध ढुवानीमा समेत अवरोध उत्पन्न भएको। दैनिक काम गरेर गुजारा चलाउनु पर्ने न्युनआय भएको वर्गको दैनिक जीवनचर्या अत्यन्तै जटिल बनेको।
- हिजो बिहान काठमाडौं चुच्चेपाटीस्थित नेसनल टेलिभिजन सम्बद्ध कर्मचारी राम थापालाई केहि प्रदर्शनकारीले आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याएको। हिजै बेलुका ५ बजे कैलाली जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारीहरूले एकजना अपरिचित व्यक्तिलाई कार्यक्रम बिथोल्न आएको भन्दै कुटपिट गरेको।
- काठमाडौं उपत्यका, धनगढी लगायतका स्थानमा आज भएको प्रदर्शनमा बालबालिकाहरूको प्रयोग भएको पाइएको।
- काठमाडौंमा शान्तिसुक्षाका लागि खटिएका आधा दर्जनजति प्रहरीलाई प्रदर्शनकारीले घाइते बनाएको।
-नेपालका सीमावर्ती सहरहरूमा भारत तथा अन्य स्थानबाट आएका यात्रुहरू साथै, हवाइ तथा स्थल मार्ग हुँदै आन्तरिक आवागमन गर्ने यात्रुहरू अलपत्र परेका। कतिपय बिरामीहरू उपचारका लागि स्वास्थ्य केन्द्र वा अस्पत्ताल सम्म जान सक्ने अवस्था नरहेको। सुत्केरी लगायत अस्पत्तालबाट डिस्चार्ज भएका बिरामी समेत घर फर्कन नपाएको।
-भक्तपुर, धनुषा, रुपन्देही, बारालगायतका जिल्लाहरूमा युवासंघ, मधेसी जनअधिकार फोरम
(लोकतान्त्रिक), केही राजनीतिक दलहरू तथा किसानहरूले आमहड्तालको विरोधमा नाराजुलुस लगायतका गतिविधि गरेका।
by Salokya at 5/5/2010 8:42:34 PM9:42 PM

No comments:

Post a Comment

Free counter and web stats