Monday 3 May 2010

आज कहाँ कहाँ के भयो ?

राष्ट्रिय मानवअधिकार आयोगको वक्तव्यको अंश- आयोगको केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरूबाट खटिएका १५ ओटा टोलीहरूले प्राप्त गरेका तथ्यहरू निम्न छन्

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी तथा दुध बोक्ने ट्यांकर, एम्बुलेन्स, मानवअधिकार आयोग, मानवअधिकार अनुगमनकर्ता, सञ्चारकर्मी रेडक्रस, कुटनीतिक नियोग, फोहोर सङ्कलनका सवारी साधनहरू सुचारु पाइएको। प्रदर्शनस्थल हुँदै जानै अत्यावश्यक सेवाका सवारी साधनहरुलाई प्रदर्शनकारीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न लगाएको। कतिपय सवारीसाधनहरूमा सामान्य सोधपुछ गरिएको।
दिउँसो १ः३० बजे पोखरा नागढुँगास्थित सिसुवा मेडिकल हलमा स्लाइन पानी दिन ल्याएका तीन बर्षीय बालक सन्देश पौडेलको उपचार हुँदाहुँदै ४५/५० को सङ्ख्यामा आएका प्रदर्शनकारीले उक्त मेडिकल हलमा तोडफोड गरेको। आक्रमणमा बच्चाको टाउकोमा चोट लाग्नुका साथै मेडिकल सञ्चालक टीकाराम शर्मा समेत घाइते भएका।
प्रदर्शनकारीहरुले कीर्तिपुरमा एउटा मोटरसाइकल, बुटवलमा राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ गार्मेन्टमा क्षति पुर्‍याएका।
रुपन्देही देवदह खैरेनीमा ना १४ प १६४४ र बा १४ प ५३२६ नम्बरको मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेको। मोटरसाइकलमा आगजनी गरेको आरोपमा रुपन्देहीमा प्रहरीले ११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको। उनीहरूलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलमा राखिएको।
पोखरा, धनगढी लगायतका स्थानमा प्रदर्शनका क्रममा बालबालिकाको प्रयोग भएको पाइएको।
काठमाडौं उपत्यकामा केही प्रदर्शनकारीहरू बिरामी परेको पाइएको ।

No comments:

Post a Comment

Free counter and web stats