Wednesday 26 May 2010

लचकताको अपमान नगरौँ

-रमेश,ताप्लेजुङ
माओवादीले सत्य बुझेको छ, अत्यधिक लचकता देखाएको छ । तर सरकार र सत्तारुढ दलहरूले भने माओवादीलाई 'साइज'मा ल्याउने निहुँमा उसको वास्तविक उचाइ नै छोट्याइदिने अनर्थक चेष्टा गरिरहेका छन् । हच्केको विरोधीलाई सम्मानजनक स्थानमा राखी मुलुकलाई त्राण दिन खोज्नेभन्दा ढोका थुनेर चुट्ने प्रयासमा छन् सत्तासीनहरू । सबैभन्दा ठूलो दल हो र अहिलेसम्मका सबै उपलब्धिहरूको एकमात्र बाहकलाई कांग्रेस-एमालेको अवसरवादी गठबन्धनले माओवादीलाई थुच्रुक्क बसाल्ने हदको व्यवहार गरिरहेको छ । 'तेस्रो जनआन्दोलन'का बेला माओवादीलाई जनताले समर्थन नगरेको कुरालाई उनीहरूले गलत तरिकाले अथ्र्याएका छन् । सत्तासीनहरू माओवादीप्रति जनताको विरक्ति प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस, एमाले र अन्य सत्तासीनहरूप्रतिको समर्थन हो भन्ने गलत बुझाइमा छन् ।

No comments:

Post a Comment

Free counter and web stats