Monday 31 May 2010

माओवादी)को स्थायी समितिको प्रेस-वक्तव्य

प्रेस-वक्तव्य
हाम्रो पार्टी एकीकृत नेकपा(माओवादी)को स्थायी समितिको आज मिति २०६७ जेष्ठ १७ गते बिहान बसेको वैठकले गरेका निम्न निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ :-
१. तीन राजनीतिक दलबीच जेष्ठ १४ गते सहमतीय प्रणाली, संविधानसभाको म्याद थप र प्रधानमन्त्रीको राजिनामाबारे भएको सहमति महत्त्वपूर्ण घडीमा गरिएको महत्त्वपूर्ण निर्णय भएको निष्कर्ष वैठकले निकालेको छ ।

२. उपर्युक्त सहमतिमा प्रधानमन्त्रीले पाँच दिनभित्र राजिनामा दिएर सहमतिको वातावरण सुनिश्चित गर्ने र बाँकी विषयहरू छलफल गर्दै समाधान गर्ने भन्ने आन्तरिक सहमति भएको थियो । तर, तीनबुँदे सहमतिको मसी सुक्न नपाउँदै नेपाली कांग्रेस, एमालेलगायतका सत्तारूढ दलले उक्त सहमति तोडेको सन्देश दिने खालका आपत्तिजनक सार्वजनिक अभिव्यक्ति दिएकोले हाम्रो पार्टी गम्भीर र चिन्तित भएको छ । सहमतिको वातावरणमा खलल पार्ने खालका आपत्तिजनक वक्तव्यबाजी गरेर असहमति र अविश्वास पैदा नगर्न साथै सहमतिप्रति इमानदार बन्न प्रधानमन्त्रीसमेत सम्बन्धित दलहरूलाई अनुरोध गर्ने निर्णय पनि वैठकले गरेको छ ।
१७ जेष्ठ, २०६७
दीनानाथ शर्मा
प्रवक्ता

No comments:

Post a Comment

Free counter and web stats