Thursday 2 September 2010

शिव सेनाको सदस्यता लिने की?



केही दिन यता हिमानी शाहको दोलखा भ्रमण र पारस शाहको धनगढी भ्रमणले नेपाली मेडियामा खुबै चर्चा पायो। यो भन्दाअगी ज्ञानेन्द्र शाहको बीभिन्न मठ मन्दिरमा भ्रमण र भेटघाटले सहानुभुती पाएकै हो। सगरमाथा टिभीलाई पारस शाहले दिएको इन्टर्भ्यू सुन्दा त राजसस्था हितपरक पो सुनिन्छ नेपाली जनताको राजमोह;पारास शाहले मागेको माफि र शिवसेनाको पारस मोहले कुनै बेला गोङबु र रिङ् रोडमा पारस गुन्डा रुखमा झुन्डा लगाएको नारा त मैले नी बिर्से।सन्सारमा हिन्दू धर्मालम्बीहरु काम छन्, क्रिस्तिअनहरुले नेपालमा र अन्य गरीब मुलुकहरुमा पैसा खुवाएर धर्म प्रचार गर्छन्, मुस्लिमहरु बन्द्याकरण गर्दैनन र सन्तानको संख्या ब्रिदी गर्छन्,एक्छिनको लागि म कम्युनिष्ट हुँ भन्ने चटक्क बिर्सदा हिन्दू धर्मको बिछटै माया लाग्छ र खासगरी यो धर्मको नाजुकता र आधुनिक नेपाली पुस्ताको बिदेशी धर्म अनुसरण देख्दा नेपालमा हिन्दूहरुको संख्या बर्सेनी घट्दै गएर लोप हुने त होईन भन्ने डर लाग्छ। ल यो त भयो कालन्तरको कुरा तर नेपालको राजनैतीक बर्तमान झन राजाबिहिन भएपछी भद्रगोल बनेको सर्बबिदितै छ। पारस शाहको इन्टर्भ्यूले पनि बिदेशी शक्तिलाई धिक्कारेको छ,बरु बारम्बार नेपालीहरुनै एक्जुट हुनुपर्ने कुरा मात्र भन्छ। नेताहरुको नालयेकिपन र कुनै बेला देशका युबराजले आफ्नो गल्ती स्वीकार गर्दै स्पेस दिये देशमै बसेर देश्कै लागि सबैलाई एकजुट गरि नयाँ नेपाल निर्माण गर्छु भनेको सुन्दा कतै तपाइँलाई नी शिवसेनाको सदस्यता लिन त मन लाग्ने होइन?

No comments:

Post a Comment

Free counter and web stats