Saturday 4 September 2010

माओबादी बदनाम गराउन भारतको खेल

नेपालीहरुलाई, हत्याउने, लत्याउने र नंग्याउने अर्को सुद रेजिमेन्टको धाराबाहिक प्रदर्सनी – झेल, कपट दुराचार भित्रको कपोकल्पित र अति नै हास्यास्पद मनगणन्ते नाटकको पराकाष्ठा!!!,यो लेखेर र पुर्ब तयारि गरेर गरेको कन्भारसेसन हो,एउटा बिसाल पार्टी को बिदेस बिभाग प्रमुख को अंग्रेजी सब्द यस्तो हुन्छा होला????दैनिक कयौ बिदेसी हरु संग डिल गर्नु पर्ने र बिदेसी लाइ कुरा बुझाउनु पर्ने मान्छे अंग्रेजी बोल्न नसक्ने वा यस्तै टुटे फुटे को;अहिले सारा नेपाल र नेपाली ले भारतीय दुतावास बिरुद्ध प्रेस स्वतन्त्रता नारा लागिरहेको बेलामा त्यहि प्रेस स्वतन्त्रता को नाजायज फाइदा उठाएर भारतले नेपाल र नेपाली माथि गरेको प्रहार हो यो .. यो कुरालाई माओवादी विरुद्ध कुनै बिपक्षी दल अथवा नेताले नाजायज फाइदाको लागि प्रयोग गर्नु हुन्न किन भने यो माओवादी विरुद्ध भन्दा पनि नेपाल र नेपाली प्रेस विरुद्ध गरिएको सड्यन्त्र हो ।


प्रस्तुत अडियो नक्कलि हुने आधारहरू पनि केही छन्:
१) अडियो रेकर्ड गर्दा महराको बोलि पछि कसैले सिकाएको प्रस्ट सुनिन्छ । उदाहरणको लागि पहिलो अडियोको १ मि. ५६ से.मा महराले Second thing some of the money also needed भनेपछि नेपथ्यमा रहेको व्यक्तिले ‘यो ठीक छ, यो ठीक छ ।’ भनेको प्रस्ट सुनिन्छ । यसबाट के शङ्का गर्न सकिन्छ भने महराको बोली बोल्न जान्ने कलाकारलाइ पछाडिबाट कसैले गाइड गरिरहेको छ ।
२) कथित चिनिया अधिकारीको टोन नेटिभ चाइनिजको जस्तो अलिक छैन कि !उसले महराले बोलेको प्रस्ट बुझेको छ र अलिक चिनी टोनमा उत्कृष्ट अङ्रेजी बोलेको छ।
३) महराको अँग्रेजी एकदम कमजोर देखिएको छ, तर कतै कतै प्रयुक्त शब्द र वाक्य प्रोफेसनल अँग्रजी जस्तो पनि छ । त्यसैले अँग्रजी जान्ने व्यक्तिले महराको भूमिका खेलेको हुनसक्छ ।
४) नेपालमा प्रधानमन्त्री चुनावमा विशेष खेल खेलिरहेको भारतको लागि दुइ दिन अघिमात्र दुइवटा मधेशवादी दलले आगामि प्रधानमन्त्री निर्वाचनमा मावोवादीलाइ समर्थन गर्ने समाचार भारतको लागि अपच्य हुनु स्वभाविक हो । मावोवादीलाइ जसै गरेर पनि सरकारमा आउन नदिन र पतन गराउन अनि दीर्घकालिन रूपमा नेपालमा समस्यै समस्या मात्र बाँकि राख्न तल्लिन भारतले यो टेप नाटकलाइ अस्त्र को रूपमा प्रयोग गरेको हुन सक्छ । विगतको चुनावमा पनि फोरमका साँसदले फ्लोर क्रस गरेपछि मावोवादी साँसदलाइ भारतीय दुतावासका अधिकारीले धम्क्याएको समाचार सबैसामु छर्लङ्ग छ ।
५) बरू, भरखरै एमाले नेता के.पि.वोलीको भारत भ्रमणको परिणाम पनि हुनसक्छ यो टेप प्रकरण ।

मैले त खाली शङ्का मात्र व्यक्त गरेको हुँ । यो टेप नक्कली भए पनि सक्कलि भए पनि दुइवटै अवस्था हामी नेपाली र
नेपालको लागि दुर्भाग्यपूर्ण कुरा हो ।

प्रेस वक्तव्य

आज मिति २०६७।५।१८ गते साँझ नेपाली भाषाको टेलिभिजन च्यानल नेपाल-१ को एक्सक्लुसिभ न्युज नामको प्रस्तुतिले मलाई स्तब्ध बनाएको छ । उक्त कार्यक्रममा मेरो नाम जोडेर सुनाईएको सभासद खरिद बिक्री गर्ने उद्देश्यले चिनियाँ अधिकारीहरुसँग कुराकानी गरेको तथाकथित कृत्रिम अडियो टेप बिल्कुलै निराधारपूर्ण भ्रामक र कपोलकल्पित भएको स्पष्ट गर्दछु।
उक्त समाचार मेरो व्यक्तिगत चरित्र हत्या गर्ने र वर्तमान राजनैतिक निकासको लागि पार्टीले गरिरहेको सकरात्मक प्रयासलाई ध्वंश गर्ने सुनियोजित षडयन्त्रको रुपमा आएको एउटा झुटको खेति हो । म सबैलाई उक्त झुटको भ्रममा नपर्न अपिल गर्दछु ।
२०६७।०५।१८
कृष्णबहादुर महरा
प्रमुख
अन्तर्राष्ट्रिय ब्युरो, एकीकृत नेकपा माओवादी

No comments:

Post a Comment

Free counter and web stats