Sunday 19 September 2010

राजनितिका बहादुरहरु

उसो त हामी नेपाली हरु बहादुरनै हौं। बेलायती साम्राज्यबादसँग लड्नदेखी लिएर रक्सौल र दिल्लीका मकानमा दरबान गर्ने सम्म। राजनीतिपनी बहादुरहरु देखि अछुतो छैन।जङबहादुर देखि सुर्यबहादुर अनि कान्छा बहादुर डोलबहादुरसम्म आइपुग्दा प्राय सबै बहादुरहरुहरु जनता र देशको लागि घातक सिद्द भैसकेका छन्। आउनुस् प्रमुख तीन पार्टीका तीन बहादुरहरुको समिक्षा गरौं।

खुमबहादुर खड्का( नेपाली काङ्रेस)
खड्का नेपाली राजनितिमा दुई दुई पटकसम ग्रिहमन्त्री हुन पाउने सौभाग्यसाली नेता हुन्। उनका मान्छेहरु नेपाल प्रहरी, आर्मि, निजामती जहाँसुकै छन् भनिन्छ।
।अख्तियार दुरुपयोगक अनुसन्धान आयोगले दोसी ठहर गरेको जसअनुसार उनले पटक पटक पदको दुरुपयोग गरेर २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पति आर्जन गरेको देखिन्छ । ६० सालको वैशाख १५ गते मुद्दा दायर गरेको। ३ वर्षभन्दा बढी समयपछि बल्ल फैसला भयो।
फैसला यस्तो आयो- “मिसिलमा संलग्न सबुत प्रमाणबाट प्रतिवादी खुमबहादुर खडकाले वैध आयस्रोतका अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन नआएको हुँदा निज प्रतिवादीले दाबीको कसुर गरेको नठहरी सफाइ पाउने ठहर्छ।”
फैसला सुनाउने न्यायाधीशहरुको नाम विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी र सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबरा। फैसला सुनेपछी खड्काले भनेका थिए- मैले अदालतबाट आज न्याय पाएँ।
अब उखान परिवर्तन गर्नुस्- न्याय नपाए खुमबहादुर खडकाकहाँ सल्लाहका लागि जानुस्। अनि फेरि पनि खबरदार, खुमबहादुरलाई अब भ्रष्टाचारी भन्ने हैन।


कालिबहादुर खाम'बिबिध' (माओबादि)
जनमुक्ति सेना तेश्रो डिभिजन कमाण्डर कालिबहादुर खाम 'बिबिध' कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपित हुन्। पछिल्लो समयमा जडिबुटी र हतियार तस्करको आरोप लागेर अर्धभुमिगत छन्। माओवादीले उनलाई काखी च्यापेर कहाँ सम पुराउने हो त्यो भने हेर्न बाँकी छ, जे होस् आम जनता माज उनी प्रहरीले खोजिरहेको एक तस्कर हुन र हत्याको आरोपित्।






डोल बहादुर कार्की'डी बी कार्की' (नेकपा एमाले)
एमालेमा बहादुरहरुको कमी थियो। शायद एक्जनाको उदय भएको छ। कुनै बेला आफूलाई अत्यन्त मन पर्ने यी ग्रिहजिल्ला लम्जुङका नेताको नाम यसै गरि लेख्नु पर्ला भन्ने सोचेको थिईन।बामदेव गौतम निकट मानिने यी सभासद भने माथिल्ला दुई नेता जस्तो भ्रस्ट र आरोपित होइनन। बरु बिचरा एक लाख घुस पचाउन नसक्ने अभागि नेता हुन्। उनी निकट्स्त स्रोतका अनुसार प्रहरि निरिक्षकमा लगाइदिन्छु भनि एक लाख बैना लिँदै गरेको बेला रङी हात पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने उनकै साथीहरु हुन भन्ने छ।
ल हेर्नुहोस् त यिनीहरुको अपराधिक बहादुरी। के सबै बहादुरहरु यस्तै हुन्छन्? यदि तपाईंपनि बहादुर हुनुहुन्छ भने के बहादुर हुनुहुन्छ आफ्नो नामसहित कुनै स्वछ छबीको बहादुर राजनितिज्ञको खोजी गर्दै बहादुरप्रतिको मेरो द्रिस्टिकोण बदल्नेगरी गान्धीबादी सन्देश थप्न पछि नपर्नुहोस् है।

No comments:

Post a Comment

Free counter and web stats