Friday 17 September 2010

कांग्रेस महाधिवेशन उद्‌घाटन समारोहमा




सुशील कोइराला
- मलाई आज गौरवको अनुभूति भएको छ ।
- कांग्रेसले कहिल्यै घुंडा टेकेन अझै पनि टेक्नेवाला छैन ।
- हामी पनि कसैको पनि डर धाकमा बस्न चाहन्नौं ।
- ७, १७, ४६ मा सहादत भोग्यो तर आत्मसर्मपण गर्‍यो । राजालाई संविधानमा बांध्यो । आजका राजाले तानाशाही लाद्न खोजे उनलाई पनि ठेगान लगायो ।- वाईसीएल भंग गरुन्, हतियार छाडून् प्रचण्डजी प्रधानमन्त्री भए पनि आपत्ति मान्दैन ।
- बल माओवादीको कोर्टमा छ ।
शेरबहादुर देउवा
- प्रचण्डलाई शान्ति प्रक्रियामा घिसारेको भनेको छैन । उहांहरु आउनुभएको भनेको हुँ ।
- जसरी यसअघिका आन्दोलनमा जसरी नेतृत्व लियो अब पनि शान्ति प्रक्रियालाई पूर्णता दिन नेतृत्व लिन्छ ।
- कसैलाई पनि काखा पाखा गरेर मुलुक समृद्ध हुन सक्दैन । अब कांग्रेसलाई सवैभन्दा ठूलो पार्टी बनाएर छाड्नेछौं ।- युवापुस्ताको नयाँ नेपाल बनाउनेछौं । लोकतन्त्रलाई कसैले खोस्न र मास्न नसक्ने बनाउनेछौं ।रामचन्द्र पौडेल
- शान्ति र संविधान सम्पन्न गर्न सहमतिको आवश्यकता छ । कांग्रेस यसमा विमुख भएको छैन ।
- नेपालको राजनीति गतिरोधमा अडि्कएको छ । सहमति आवश्यक छ । सहमति गर्नुपर्छ । प्रधानमन्त्रीको चयनको कुरा हो, त्यसमा कम्प्िलस सहमति भन्नु नौलो विषय हो । सहमतिबाट प्रधानमन्त्री चयन अपवादमा हुन्छ । यो अपवादमा कति दिन झुन्ड्याउने हो ।
- प्रचण्डजीले छाडे भन्नुभयो, अब कहां टुंगिन्छ । यसको पनि परीक्षा गर्नु छ ।
- एमाले र माओवादीबीच भएको सहमतिले मुलुकलाई कहां पुर्याउंछ यो हेर्नुछ ।
- प्रचण्डले हतियार र हिंसाको राजनीति छाडिदिनुहोस् म यो प्रधानमन्त्रीको उम्मेदवारी त्याग्न तयार छु ।
माधवकुमार नेपाल
- प्रतिगामी दाउपेचहरु र अतिवादीहरु प्रति सचेत हुन जरुरी छ । महाधिवेशले यी विषयमा छलफल गरोस् ।
- राजनीतिक शक्तिबीच गहिरो अविश्वास छ । राजनीति मतभिन्नतालाई टाढा राख्नुपर्ने अवस्था छ ।
- एमालेको आग्रहमा माओवादीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकाले सहमतिका लागि अग्रसरता देखाउन कांग्रेसलाई आग्रह गर्दछु ।
पुष्पकमल दाहालः
- म वीपी र गिरिजावावुको लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई सम्झन चाहन्छु ।
- गिरिजाप्रसाद कोइराला
- गिरिजाप्रसाद कोइरालाले मलाई शान्ति प्रक्रियामा ल्याएको होइन । गिरिजाप्रसाद कोइराला र मैले मिलेर शान्ति प्रक्रिया सुरु गरेका हौं ।
- गिरिजावावु र प्रचण्डबीच जसरी अन्तरंग सम्बन्ध किन बिग्रियो भन्ने तपाईंका नेताहरुलाई सोध्नुहोस् ।
- शान्ति प्रक्रिया र संविधान लेखनलाई पूर्णता दिन प्रधानमन्त्रीको रेस छाडिदिए अब म छैन हाम्रो पार्टीले यो रेस छाड्न आग्रह गर्‍यो । तपाईहरुले यसलाई कसरी लिनुहुन्छ । यसको समीक्षा गर्ने तपाईको महाधिवेशनलाई यो छलफलका लागि जिम्मेवारी छाड्छु । यसलाई राम्रो कदम ठान्नुहुन्छ वा कमजोरीकारुपमा लिनुहुन्छ ।
- माओवादी ठूलो दल भएकै कारण यो समस्या आएको छ भने यो लोकतन्त्र हो ?
- माओवादीलाई निषेध गरेर यो देशको लोकतन्त्र घातक हुन्छ । र कांग्रेस र एमालेलाई माइनस गरेर पनि लोकतन्त्र सफल हुन सक्दैन ।
- भारतीय नेताहरु पनि आउनुभको छ । नेपालको शान्ति संविधान र समृद्धिको शुभकामना दिनुभयो । म उहांहरुलाई के ध्यानाकर्षण गराउन चाहन्छु । मेरो के आग्रह छ भने नेपाली मिडियाले रियल जुसमा खरावी छ भन्दा हस्तक्षेप भएको र नेपाली सभासद्हरुलाई स्वतन्त्र निर्णय गर्न हस्तक्षेप भयो भन्ने गुनासो छ ।
एमाले अध्यक्ष झलनाथ खनालः
- कांग्रेस र कम्युनिष्टहरुको एकताले विभिन्न सपलता प्राप्त भएका छन् ।
- दक्षिण एसीयामा नै पहिलो पटक संसद पुनर्स्थापना भयो । राजतन्त्र उन्मुलन गर्‍यौं ।
- साना ठूला पार्टीहरु एक भए भने सम्पूर्ण गतिरोधको समाधान हुन्छ ।
- संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले नेपाली काँग्रेसका सामु सहमति, सहकार्य र एकताका लागि चुनौती छ । त्यो गिरिजाप्रसाद कोइराला प्रतिको श्रद्धाञ्जली त्यही हो ।
- गणतन्त्र घोषणा गर्‍यौ, धर्म निरपेक्षता घोषणा गर्‍यौ, तर, अझै शान्ति र संविधानलाई संस्थागत गर्न सकिएको छैन । यस महाधिवेशनबाट काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने छ ।
- व्यक्तिभन्दा पार्टी ठूलो हो । पार्टी भन्दा मुलुक र जनता ठूलो हो । यसलाई मनन गर्न सक्यौं भने मात्र हामीले सगरमाथा छिचोल्न सक्छौं । सहमति, सहकार्य र एकताको विकल्प छैन ।
- ठूला दलप्रति अविश्वास राख्दै विजयकुमार गच्छदारले ठूला नेता कुर्सीको मोहमा लागेका बताए । उनले माओवादी, एमाले र कांग्रेसलाई व्यङ्य गर्दै शान्ति र वर्तमान अवस्थाको निकास ठूला दलले दिन नसक्ने भए साना दललाई जिम्मेवारी सुम्पिन आग्रह गरे ।
- भारतका प्रमुख दलका नेताहरुले पनि कांग्रेस महाधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
समारोहका आकर्सण एक युबक

No comments:

Post a Comment

Free counter and web stats