Sunday 5 September 2010

खै भएको प्रधानमन्त्री ?



छैटौं चुनावबाट प्रधानमन्त्री चयन हुन नसकेपछि संविधानसभा भवनबाट बाहिरिँदै प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्विरः विजय राई
छैटौं चरणको चुनाव पनि प्रधानमन्त्री चयन गर्न असफल भएपछि प्रधानमन्त्री माधवकुमार नेपालले विगतमा प्रधानमन्त्रीको राजिनामा दिए दुई घण्टामै निकास निस्कन्छ भन्नेहरु यो अवस्था बारे जवाफ दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री चुनावपछि मिडियाकर्मीसँग कुरा गर्दै उनले देशलाई बेहाल बनाउनमा आफ्नो राजिनामा माग्नेहरु जिम्मेवार रहेको आरोप लगाए।

पटक पटक भएको प्रधानमन्त्री निर्वाचनबाट कुनै परिणाम आउन नसकेकाले अब यसबारे एमालेले कसरत थाल्ने बताएका छन्।
पहिले सत्ता साझेदारी र सहमतिका कुरामा टुङ्गोमा पुगेर निर्वाचनमा आउनुपर्नेमा त्यसो नगर्दा अहिलेको अवस्था उनको भनाइ थियो।
एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको केन्द्रीय समिति र स्थायी समितिको बैठकको निर्णयमा एमालेले कुनै पुनर्विचार नगर्ने र सहमतिको लागि तटस्थ बस्ने भनाइ दोहोर्‍याएका छन्।

नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा जित्ने बताउँदै कांग्रेसको महाविधेशन अगाडि अर्को पटकको निर्वाचन नहोस् भन्ने आफूहरूको धारणा रहेको बताए।

मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर धेरै दिनसम्म मुलुकलाई राजनैतिक अन्यौलमा राख्न नहुने बताएका छन्। उनले अबको निर्वाचनमा मत दिनका लागि पार्टीहरूलाई दबाब दिन तटस्थताको क्रमभङ्ग गर्न आ-आफ्नो पार्टीले बहिस्कार गर्ने निर्णय लिएको उल्लेख गरे।

No comments:

Post a Comment

Free counter and web stats