Sunday 5 September 2010

खाडी नजाउ चेली- तीजको सन्देश

तीज घर दैलोमै आइपुग्दा लेबनानमा यो बर्ष नेपाली चेलीहरुमाथी परेको बज्रपातको याद आयो।काठ्माण्डौमा पड्दा म एउटा सानो होटेलमा खाना खान्थे। सधैंजसो लोग्नेले रक्सी खाएर बबाल मचाईरहने ती होटेलकी साउनी दिदी कनीकुथी अङ्रेजी लेख्न बोल्न सिक्दै थिईन खाडीतिर हुइकिन। उनी सधैं एकजना आफ्नो बिदेशिएकी बाल्सखी र टाडाकी एकजना नातेदारले खाडिमा गरेको प्रगतिको मात्र कुरा गर्थिन्। यसरी ठुलो सपना बोकेर खाडी छिर्ने महिलाहरुको असली पाटो भने कति मार्मिक छ योतिर उनले कैले जान्नै चाहिनन्।भगवान नगरोस मलाई खाना पकाएर खुवाउने ती सोझी गुरुङ्सेनी दिदी लेबनानको एक अध्यारो बन्द कोठामा आफ्नो अस्मिता बचाउन चिचाइरहेकी हुन्,वा असैय पिडाले मानसिक सन्तुलन गुमाउन्,एउटी नेपाली नारी भएर सामजमा बाँच्न सक्ने सबै ढोकाहरु बन्द देखेर आत्महत्या गर्न बिबस अथवा सामुहिक बलत्कारको सिकार बनि गर्ब बोकेर बिझिप्त अवस्थामा भौतारिंदै। घरेलु काममा लेबनान गएका १५ नेपाली महिलाले एक वर्षमा घरमालिकको यातना सहन नसकी आत्महत्या गरेका छन् । उनीहरू २० देखि ३० वर्षका छन् ।
आर्थिक, मानसिक, शारीरिक र यौन दुव्र्यवहार सहन नसकी आत्महत्या गर्नेहरू बढिरहेका छन्,' लेबनानस्थित नेपाली काउन्सिलका स्वयंसेवी दीपेन्द्र उपे्रतीले भने, 'करिब एक वर्षमा मात्रै १५ नेपाली महिलाले ज्यान फालेका छन् ।'
गत माघयता मात्रै दोलखा-काटाकुटीकी सुस्मिता मोक्तान, हेटांैडा-कमानेकी अस्मिता लामा, मेघा कल्पना, उदयपुरकी शान्ती परियार, काभ्रे-सपिङकी मिसा परियार र म्यादी पोखरापानीकी लीला आचार्यले आत्महत्या गरेका छन् । आर्चायले लेबनान पुगेको एक महिनापछि नै आत्महत्या गरेकी हुन् ।

माघअघि त्रिभुवनबस्ती-६, कञ्चनपुरकी मीना रोकया, बन्दीपोखरी-५ पाल्पाकी राधा गोदार, पोखरा-१६ की सीता गुरुङ, पदमपोखरी-१ मकवानपुरकी सुनिता भोलन, चुरियामाई-२ मकवानपुरकी सिर्जना घले, दाङकी विमला रावत, तातोपानी- सिन्धुपाल्चोककी फुदुगी शेर्पा, ललितपुर लेलेटारकी निरु तामाङ लगायतले आत्महत्या गरेका थिए ।

'प्रहरी अध्ययनअनुसार उनीहरू आफैंले गोली हानेर, झुन्डिएर र हामफालेर आत्महत्या गरेका हुन्,' काठमाडौं आइपुगेका उप्रेतीले भने, 'घटना भएका बेला हामीलाई खबर नहुने हुँदा वास्तविकता नजिक पुग्न सकिएको छैन ।'

परराष्ट्र मन्त्रालयले पनि ती घटनाबारे सोधखोज नगर्ने र क्षतिपूर्तिका लागि नेपाली कन्सुलरलाई पत्र नलेख्ने भएकाले यथार्थ पत्ता लगाउन कठिन भएको उप्रेतीले जनाए ।

लेबनानमा सम्झौताअनुसार तलब, सुविधा नपाएको, अत्यधिक काममा लगाएको र चरम यातना दिने गरेका घटना अहिले अवैतनिक दूतसमक्ष पुग्ने गरेका छन् । घरेलु कामदार -हाउसमेड) असुरक्षित भएपछि सरकारले गत माघदेखि त्यहाँ जान रोक लगाएको छ । तैपनि एजेन्सीहरूले त्रिभुवन विमानस्थलबाट दैनिक २० भन्दा बढी युवतीहरू 'सेटिङ' मिलाएर लेबनान उडाइरहेका छन् ।

लेबनानस्थित ह्युमन राइट वाचका अनुसार २००७ जनवरीदेखि २००८ अक्टोबरसम्म मात्रै ९५ विदेशी हाउसमेडले त्यहाँ आत्महत्या गरेका छन् । '२००९ सम्मको तथ्यांकअनुसार प्रत्येक साता एक विदेशी हाउसमेडले आत्महत्या गरेका छन्,' लेबनानमा कार्यरत पत्रकार जिफ क्याउफिल्डले कान्तिपुरलाई भने, 'यसले स्थिति निकै गम्भीर देखाइरहेको छ ।'

लेबनानमा १८ हजारभन्दा बढी नेपाली कामदार छन् । तीमध्ये ९५ प्रतिशत महिला हुन् । त्यहाँस्थित गैरआवासीय नेपाली समन्वय समितिका अनुसार ४ सय जना पुरुष कामदार मात्रै सम्पर्कमा छन् ।

उप्रेतीका अनुसार एक हाउसमेड ललितपुरकी तामाङले मात्रै मालिकबाट तीन हजार अमेरिकी डलर क्षतिपूर्ति पाएकी छन् । अरू पीडित परिवारले पाएका छैनन् ।

पाँच चेली बच्चासहित फर्के

लेबनानी घरमालिकको दबाबमा शारीरिक सम्पर्क राख्न बाध्य पाँच चेली बच्चासहित स्वदेश फिरेका छन् । 'गएको तीन/चार महिनामा साना बच्चासहित महिलाहरूलाई उद्धार गर्‍यौं,' उनले भने, 'अहिले एक महिला बच्चासहित अस्पतालमा छिन् ।'

लेबनानी घरमालिकले बाथरुममा नुहाउँदै गरेको भिडियो खिचेरसमेत शारीरिक सम्पर्क राख्न बाध्य पारेको पडितहरूलाई उद्धृत गर्दै उनले जनाए । पीडित चेली नेपाली कन्सुलरको सम्पर्कमा रहेको थाहा पाएपछि घरमालिकले निकालेको उनले जनाए ।

No comments:

Post a Comment

Free counter and web stats