Saturday 25 September 2010

आठौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि मधेसी मोर्चा तटस्थ

काठमाडौ, आश्विन ९ - आठौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि संयुक्त मधेसी मोर्चाले तटस्थ बस्ने निर्णय गरेको छ । शनिबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा मोर्चाले तटस्थ बस्ने निर्णय गरेको हो । मोर्चाका नेताहरुद्वारा जारी संयक्त विज्ञप्तिमा शान्ति प्रक्रिया र संविधान निर्माणका लागि पूर्व सहमतिहरु यथार्थमा कार्यान्वयन नआउंदासम्म सांचो अर्थमा राष्ट्रिय सहमति बन्न नसक्ने भनि उल्लेख गरेका छन् । उनीहरुले मधेसी विनाको सहमति राष्ट्रि सहमति बन्न नसक्ने बताएका छन् । भारतीय लगानीका जल विद्युत परियोजनाहरु माओवादीले लागु हुन नदिने भनाइप्रति मोर्चाले आपत्ति प्रकट गरेको छ । केही दिन अघि माओवादीले भारतीय लगानीका जलविधुत परियोजना सुचारु गर्न नदिने बताएको थियो । बैठकले तस्बिरसतिहको मतदाता परिचयपत्रको पनि विरोध गरेको छ । तर विरोधको कारण भने खुलाएको छैन । मोर्चाको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको उपस्थिति रहेको थिएन ।

No comments:

Post a Comment

Free counter and web stats